× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / साकेलाको प्रबक्तामा जिबन

साकेलाको प्रबक्तामा जिबन

(टेस) साकेला- साकेला गाउँपालिकाको प्रवक्तामा जिबन खत्री नियुक्ति भएका छन् । गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको वैठकले  जीवन खत्रीलाई प्रवक्ता तोकेको हो । खत्री वडा नम्बर ५ का वडा अध्यक्ष समेत हुन् ।

गाउँपालिकाबाट सम्पादन भएका गतिविधि र महत्वपूर्ण वैठकका निर्णयहरु आधिकारिकरुपमा जनतामा विश्वसनीय तवरबाट छिटो र छरितो पुर्याउने उद्देश्यकाले खत्रीलाई प्रवक्ता तोकिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । पालिकाको तर्फबाट प्रवक्ता नियुक्ति गरिएको भए पनि थप सेवा तथा सेवा सुविधा भने प्रवक्तालाई उपलब्ध नगराउने अध्यक्ष राईले बताउनुभयो ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३५ बमोजिम कार्यालयको काम कार्वाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन पालिकाले प्रवक्ता तोकेको हो । २०८० भदौ १९ गते ।

प्रतिक्रिया दिनुहोस्