खेल स्थगित गर्न सिडियो कार्यालयमा निबेदन

टेम्के खवर सम्बाददाता । नेपाल आदिवासि जनजाति महासंघ जिल्ला समन्वय समिति खोटाङले आप्mना टिमलाई प्रतियोगिताबाट आयोजकले प्रतिबन्ध लगाएको भन्दै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई खेल स्थतिगर्ने सम्बन्धि निबेदन पेस गरेको हो ।
यहि १५ गते देखि खोटाङको सदरमुकाम दिक्तेलको माटिकोरे खेल मैलानमा सञ्चालन भईरहेको अन्तर संघसंस्था भेट्रन्स फुटबल प्रतियोगितामा सहभागी भएका नेपाल आदिबासि जनजाति महासंघ जिल्ला समन्वय समिति खोटाङका तर्फबाट सहभागी टिमलाई आयोजकले खेलमा प्रतिबन्ध लगाएको कारण ज्ञापनपत्र बुझाएको हो ।
यहि १७ गते भएको प्रतियोगितामा सहभागी हुन पुगेका महासंघले सालपा बिकास बैंकलाई ३–२ ले पराजित गरेपछि सालपा बिकास बैंकले महासंघका खेलाडी रेमन राई बिरुद्द छानविन गर्नको लागि आयोजमा निबेदन दिएका थियो । आयोजकले छानविनकोक्रममा खेलाडि राईलाई विगतमा लिगखेलहरुमा भाग लिएको अभियोगमा प्रतिबन्ध लगाएको थियो ।
यस बिवादको समाधान गर्नको लागि जिल्ला प्रशासन कार्यालय खोटाङमा दुवै पक्ष बीच छलफल भईरहेकोछ । २०७९ साउन २० गते ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *