× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खोटाङ जनता समाजवादीमा तीनजनाले मात्र पार्टी छाडेका हुन्: जसपा

खोटाङ जनता समाजवादीमा तीनजनाले मात्र पार्टी छाडेका हुन्: जसपा

जुनु परियार (टेम्के सम्बाददाता)
जनता समाजवादी पार्टी परित्याग गर्ने तीन जना नेताहरु मात्र भएको जसपा खोटाङका उपाध्यक्ष पिके खम्बुले बताउनु भएको छ । जिल्ला सदरमुकाम दिक्तेलमा मंगलबार जसपा नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो खम्बुले यस्तो बताउनु भएको हो ।
जसपा खोटाङले जिल्ला कमिटिका अध्यक्ष सहित ३९ जना नेता कार्यकताले ३० गते सोमबार पार्टी परित्याग गरेको पत्रकार सम्मेलन मार्फत दिएको जानकारी गलत भएको विज्ञप्तीमा दावि समेत गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष भनिएको टंकबहादुर थापा, देवकुमार राई र दिपक तामाङ बाहेक अन्यले पार्टी नछोडेको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा जसपा नेपालको १५१ सदस्य मध्ये पूर्व नयाशक्ति पार्टीबाट आएका पहिल्यै सम्पर्क नरहेको दावी गरिएको छ । बाबुराम पक्ष नेताहरु पहिल्यै निस्कृय रहेको उल्लेख गरिएको छ ।
तर हाल सम्म कसैलाई पनि कारवाही नगरिएको जसपा नेपालका उपाध्याक्ष पिके खम्बुले बताउनु भयो । पार्टी छाडेर जानेहरु फर्किन समेत सक्ने भएकाले कसैलाई कारबाही भन्ने शब्द नराखी माथिल्लो कमिटिमा सिफारिस भने गरिएको उहाँको भनाई रहेको छ ।
जसपा नेपालका प्रदेश सदस्य नविन राईले पार्टी संगठनको विधानले जिल्ला समन्वय समितिले कुनै कारबाही गर्न नसक्ने प्रावधान नभएको बताउँदै रिर्पोटिङका रुपमा माथिल्लो कमिटिमा लेखेर पठाएको जानकारी दिए । २०७९ साउन ३१ गते ।

प्रतिक्रिया दिनुहोस्