× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / साकेलाका स्वास्थ्यकर्मीलाई स्मार्टफोन

साकेलाका स्वास्थ्यकर्मीलाई स्मार्टफोन

टेस
साकेला- स्वास्थ्य सेवालाई प्रभावकारी बनाई बनाउनका लागि साकेलाका स्वास्थकर्मीहरुलाई सिमकार्ड सहित स्मार्टफोन प्रदान गरिएको छ । सर्वसाधरणलाई सहज सुविधा पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पोष्पेड सिमकार्ड सहित स्मार्ट फोन उपलब्ध गराईएको हो ।
गाउँपालिका प्रमुख रवि प्रकाश राईको निर्देशन अनुसार एक वटा आधारभूत अस्पताल सहित तीन वटा स्वास्थ्यचैकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई एक समारोहमा सिम र फोनसेट उपलब्ध गराईएको हो । आवश्यक परेको बेला सम्पर्क गर्नको लागि उक्त फोन उपयोगी हुने गाउँपालिका प्रमुख राईले बताउनुभयो । वितरण गरिएको फोन स्‍वास्थ्य इञ्चार्ज र इञ्चार्ज नभएको अवस्थामा निमित्तको जिम्मेवारी पाएका स्वास्थ्यकर्मीसँग रहने छ ।
गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर रास्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको स्मार्ट फोन हस्तान्तरण गर्नुभएको छ । २०८० माघ १० गते ।

प्रतिक्रिया दिनुहोस्