× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / पहिचानको बारेमा शर्माको ब्यक्तिगत धारणा

पहिचानको बारेमा शर्माको ब्यक्तिगत धारणा

टेस
दिक्तेल– नेपाली जनताको लागि अहिलेको गठबन्धन फलिफाप नभएको नेपाली काँग्रेसका नेता डा. शुनिल शर्माले बताउनु भएको छ । डा. शर्माले बिहिबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो व्यक्तिगत धारणा राख्नुहुदै उक्त अभिव्यक्ति दिनु भएको हो ।
प्रेस युनियन खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. शर्माले पुष्पकमल दाहाल प्रचन्डले गिरिजा प्रसाद कोइराला, सेरबहादुर देउवालाई ठगेको कारण यो गठबन्धन फलिफाप नभएको तर्क दिनु भएको हो । पत्रकारहरुको प्रश्नको उत्तरमा डा. शर्माले अहिले कोशी प्रदेशमा खड्कीएको पहिचानको समस्याको समाधान गरिनु पने धारणा राख्नु भयो । दुई नम्बर प्रदेशलाई मघेस प्रदेश नामाकरण गर्नु हुने एक नम्बर प्रदेशको नाम कोशी किरात राख्न किन नहुने उहाँको तर्क थियो । यो समस्या समाधान गर्न नेपाली काँग्रेस जिम्मेवार रहेको धारणा समेत डा. शर्माको थियो ।
अर्का नेपाली काँग्रेसका भोजपुर जिल्ला सभापती तथा प्रदेश संस्सद विनोद बान्तावा राईले भने पहिचानको बिषयमा पार्टीको धारणा राख्नु हुदै नेपाली काँग्रेस पूर्णरुपमा पहिचानको पक्षमा रहेको र आफु पनि पहिचानवादी भएको बताउनु भयो । तर कोशी प्रदेशमा भने अंक गणितीय हिसावले पहिचानको नामाकरण गर्नु सम्भावना नरहेको बिचार व्यक्त गर्नुहुदै यो किरात कोशी नामाकरणको लागि एमाले र माओबादीले बैमान गरेको समेत आरोप लगाउनु भयो ।
सोहि कार्याक्रममा खोटाङमा क्रियाशिल पत्रकारहरुलाई काठमान्डौ मेडिकल कलेजमा उपचार गराउदा लाग्ने खर्चको ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । तर उपचार गराउनको लागि प्रेस युनियन खोटाङको सिफारिस लिएर जानु पर्ने बाध्यता रहेको छ । २०८० माघ १८ गते ।

प्रतिक्रिया दिनुहोस्