Author: उजुर राई

  • ब्यक्तिगत सम्पति पार्टीको नाममा

    ब्यक्तिगत सम्पति पार्टीको नाममा

    ०७४ सालको स्थानीय चुनावमा हलेसी तुवाचुङ नगरपालिकाका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवारी दिएका हलेसी तुवाचुङ नगरपालिका, वडा नं ७ का हरिश्चन्द्र गिरिको राजनीतिक यात्रा निकै लामो र ऐतिहासिक छ । आफ्नो राजनीतिक जीवनको पृष्ठभुमितिर फर्केर हेर्दा कहिलेकही खुसी र दुखी उत्तिकै मान्ने गीरी हाल कम्युनिस्ट राजनीति गरिरहेका गिरी मष्तिस्कमा आफुले भोगेका पञ्चायत र बहुदलको राजनीतिक छाप अझै अमिट रहेको बताउनु हुन्छ । २०२८ साल देखि श्री चम्पावती मावीमा विधार्थी छ्दै नेकपा चोम(चौथो महाधिवेशन) को भुमिगत भातृसङ्गठन अनेरास्ववियु (छैठौं) को सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका गिरि २०३० सम्म एक निष्ठावान सदस्य रहेर काम गर्नुभएको थियो । ३०÷३१ साल ताका पार्टीलाई वैधानिक बनाउन र दर्ता गर्न मोहनविक्रम सिंहले नेतृत्व गरेका मोटो मसाल,रुपलाल बिश्वकर्माको सर्वहारा श्रमिक सङठन,र पातलो मसाल,नेकपा चोम एकीकृत भइ सिङ्गो संयुक्त जनमोर्चा पार्टी नेपाल बन्यो संयुक्त जनमोर्चा पार्टी बैधानिक भए देखी गिरि ६२ सालसम्म निरन्तर पार्टीको केन्द्रिय सदस्य भइ दत्तचित्त भएर पार्टीले दिएको जिम्मेवारी वहन गरिेरहनु भयो । द्वन्दकालको समयमा आफ्नो नाममा रहेको धेरै जग्गा जमिन बेचेर पार्टीको कार्यक्रम,महाधिवेशन र कलाकार सदस्य मित्रहरूलाई खाना खुवाउने जस्ता काममा लगानी गर्नु भएको थियोे “चरित्र सङगको छोटो चिया गफ ।

    १. ७४ सालको स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरको उम्मेदवारी दिनुभएको तपाईं हाल पार्टीको शन्दर्भमा अलि तटस्थ र सकृय रुपमा लागेको देखिन्न नि ?
    ड्ड प्रथमतः मलाई नेकपा माओवादी केन्द्रले एमाले पार्टी सङग एकता गरेको विषयमा चित्त नबुझेकै हो । किनभने मेरो विचारमा एमाले जस्तो दक्षिणपन्थी पार्टी सङग एकता गर्नु हुँदैन थियो भन्ने मेरो व्यक्तिगत विचार र मान्यता थियो।तर पनि एकता भइसकेपछी म अलि मौन भएकै हो,थप अर्को कुरा भन्नुपर्दा चुनावताका आफ्नै पार्टीका केही साथीहरू बाट अन्तर्घात भएको कुरा बुझेपछी थोरै मन दुखेकै हो।तर पनि तपाईंले भनेजस्तै केही कोहिको दृष्टिकोणमा तटस्थ र निष्क्रिय जस्तो देखिएकै हुँला,तर भित्री रुपमा भने म अझै सकृय नै छु भन्छु।
    २. आफू सम्बद्ध दल पार्टी सङग तपाईं धेरै गुनासो गर्नुहुन्छ ?
    ड्ड गुनासो या दुख जे भन्दा पनि भो।म माओवादी पार्टीमा रहँदा जिल्लाको सह–इन्चार्ज भएँ,उता अखिल नेपाल किसान संघको केन्द्रिय सदस्य अनि किराँत राज्यको संयोजक समेत भएर सक्रिय राजनीति गरिरहेको मान्छे,तर केही समयपछी जील्ला सल्लाहकारमा राखियो त्यसमा मलाई चित्त बुझेन,त्यति मात्र नभएर म अझै जिल्लाभरी काम गर्न सक्छु,सङगठन विस्तार गर्न सक्छु,सकृय भएर लाग्छु भनेर मैले जिल्ला कमिटीको मिटिङमा कुरा राख्दा मेरो कुरा सुनुवाइ नभएकै हो।बरु मलाइ चित्त नबुझ्दा नबुझ्दै प्रदेश सल्लाहकारमा पु¥याइयो।यहि कुराहरु चित्त नबुझेकोले मैले सधैं सबै साथीहरू सङग यहि कुरा राख्ने गरेको छु।अब यसलाई के भनेर बुझ्ने भन्ने कुरा स्वतन्त्र छ।
    ३. तपाईंको राजनैतिक पृष्ठभुमि सुन्दा कम्युनिस्ट राजनैतिक इतिहास त तपाईंको धेरै लामो र त्यागी देखिन्छ तर तपाईंलाई चाहिँ म आफू कम्युनिस्ट हुँ भन्ने कहिले देखी लाग्यो?
    ड्ड यस्तो छ कम्युनिस्ट,मार्क्सवादको सैद्धान्तिक,वैचारिक कुराहरू भलै मैले अलि ढिलै बुझेको हुँला,यसमा दुइमत छैन।तर ऐले सम्झँदा म राजनीति सुरुवात गर्नुभन्दा पैलादेखी नै कम्युनिस्ट थिएछु।वास्तविक कुरा भन्नुपर्दा मैले आफ्नै कुल परिवार देखि नै विद्रोह सुरुवात गरेको हुँ।तर आफू कम्युनिस्ट हुँ भन्ने महसुस चाहिँ जब राजनीतिक प्रशिक्षण,पार्टीको एजेन्डाहरु बुझ्दै गइयो,जब समाजमा निरङकुस,शोषक र सामन्तीहरुको बिरुद्ध लड्दै निरङकुसता र सामन्तहरुको जन्जिरमा बाँधिएका केही नेपाली मध्यम वर्गिय श्रमजीवी सर्वहारा वर्गहरुलाई हदसम्म न्याय दिलाउदै चित्त बुझाउदै अगाडि बढ्न थालियो त्यसै बखत देखि नै म कम्युनिस्ट हुँ र मैले सधैं सर्वहारा वर्गहरुको निम्ति लडिरहनुपर्छ भन्ने महसुस हुन थाल्यो ।
    ४.कुनै समयमा तपाईंले आफ्नो व्यक्तिगत सम्पत्ति लगायत जग्गा बारी समेत बेचेर पार्टीमा लगानी गर्नुभएको थियो ? पार्टिको कुन कुन क्षेत्रमा त्यो सम्पत्ति रुपैयाँँ लगानी गर्नुभयो?
    ड्ड एकदमै सहि कुरा हो।मैले त्यो समयमा अथवा भनौ म जनमोर्चाको केन्द्रिय सदस्य रहँदै गर्दा मेरो नाममा रहेको २५÷३० वटा घडेरी बारीहरु बेचेको थिएँ।त्यसबेला जग्गाहरुको भाउ ऐलेको जस्तो अमुल्य थिएन।तर जे होस मैले आफ्नो जग्गाहरु बेचेको जति पनि रुपैयाँले विभिन्न ठाउँमा सङगठन निर्माण गर्न,विविध कार्यक्रमहरु गर्दा पार्टीका सदस्यहरुलाई खाना खुवाउने,र जुनसुकै कार्यक्रम हुँदा पनि मैले आफ्नो व्यक्तिगत खर्च गरिदिन्थे।त्यतिमात्र नभएर महाधिवेशन हुँदा समेत सहयोग गरेको थिएँ ।समग्रमा यसो भन्दा पनि अनुपयुक्त नहोला,मैले जति पनि घडेरी बारी बेचेर जे जति रुपैयाँ प्राप्त गरेको थिएँ ती सबै पार्टी बचाउन र पार्टीको उत्थान गर्नमै लगानी गरे।
    ५. वर्तमानमा त्यतिबेला गर्नुभएको पार्टी प्रतिको त्याग र आफुले लगानी गरेको सम्पत्ति के सहि ठाउँमा सदुपयोग गरेछु भन्ने लाग्छ?
    ड्ड त्यो सबै उपलब्धि विहीन भयो।जतिबेला मलाई लागेको थियो मैले यति सहयोग गर्दा सारा जनताको हित हुन्छ भने मैले किन नगर्ने।भोलि यस्तै सहयोगहरु बाट जनताहरुले खोजेको वास्तविक समाजवाद आउँछ भन्ने सोचेको थिएँ।तर जब पछि परिस्थिति बद्लिदै गयो,मेरो त के कसैको केही मुल्यांकन भएन र देशमा हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ कोहि कसैको सपना पूरा भएन।त्यसैले पार्टी प्रतिको त्याग पनि एक ठाउँमा होला तर आफुले गरेको त्यत्रो संघर्ष,लगानी सम्झँदा चाहिँ ऐले आएर सदुपयोग भन्दा पनि कैल्यकाही हिनताबोध बढी हुन्छ।
    ६. आफू सम्बद्ध नेकपा माओवादी सङग चाहिँ तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
    ड्ड मेरो व्यक्तिगत धारणा भन्नुपर्दा नेकपा माओवादीले पनि आफ्नो वैचारिक सैद्धान्तिक पक्ष सुदृढीकरण गर्न सकेन भने धेरै जोखिम देख्छु म।किनकी वर्तमान परिप्रेक्षमा पार्टी संसदीय भासमा भासिदै गइरहेको स्थिति देख्छु।तलका देखि माथी केन्द्रका सबै व्यक्तिगत स्वार्थ,पद र प्रतिष्ठा भित्रको आन्तरिक दलदलमा फस्दै गइरहेको भन्छु म।त्यसैले मेरो व्यक्तिगत धारणा भनेको पार्टीको नेतृत्व पंतिले वैचारिक सैद्धान्तिक पक्षलाई अझ दरिलो बनाउँदै व्यक्तिगत स्वार्थ भन्दा सामुहिक हितका लागि राजनीति गर्नुपर्दछ।अर्को कुरा पद प्रतिष्ठाको मोहलाई चटक्कै भुलेर कार्यकर्ताहरुको सहि मुल्यांकन गरि असल लाई प्रोत्साहन गर्दै अगाडि लैजाने र खराबलाई कार्बाही गर्दै अगाडि बढ्न सकेमा पार्टी सुदृढीकरण हुन धेरै समय लाग्दैन।हैन भने संसदीय पक्ष कमजोर बन्न जान्छ।अनि सहि मानिस जनताको अगाडि उभिएर नेतृत्व गर्न सक्दैन।खाली पुजिपती,ठेकेदार र ठुला ठुला नेताहरूको आसेपासे मात्रै नेतृत्व
    मा पुग्छन।जसले जनताको भलाइ गर्न सक्दैन । त्यसैले यो किसिमको व्यवस्था बिल्कुलै गलत छ।अन्तमा केही गरि हुँदैन भने विकल्पको आधारमा जनमतसंग्रह तिर पनि जानुपर्दछ भन्ने मेरो ठम्याइ छ।

  • वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई

    वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई

    खोटाङ, असोज १४– जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले समाजवाद प्राप्तीका लागि आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको बताएका छन् । जनता समाजवादी पार्टीले बिहिबार दिक्तेस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले पछिल्लो समय अधिकांश दलले समाजवादलाई अवलम्बन गरिरहेको उल्लेख गर्दै जसपा वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने बताएका हुन् । ‘समाजवाद प्राप्तीका लागि वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने चेष्टा गरिरहेका छौँ । तर, यो हाम्रो चाहनाले मात्र पुरा हुने कुरा होईन । अन्य पार्टीको चाहना र आवश्यकता के हो ? कस्तो नीति र व्यवहार अवलम्बन गर्छन्, त्यही हिसावले हामी अघि बढ्नु पर्ने हुन्छ,’ राईले भने, ‘सम्भवतः राष्ट्रव्यापी रुपमा ध्रुवीकरण सुरु भएको छ । केही पुरानो पार्टीले आफुलाई एक्लै अघि बढाउन कोसिस गर्लान् वा उनीहरुको पक्षमा गएर गठबन्धन गर्न अरु पार्टी तयार नहोलान् । त्यस्तो बेलामा अहिले रहेको वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्ने देखिन्छ ।’
    केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले वाम लोकतान्त्रिक ध्रुवीकरणका लागि अनौपचारिक रुपमा वार्ता, सम्वाद र छलफल अघि बढिरहेको जानकारी दिए । २०७८ असोज १६ गते । (यो समाचार पत्रकार दमन राईको सहयोगमा तयार पारिएको हो)

  • जेष्ठ नागरिकहरुले मनाए दिवस

    जेष्ठ नागरिकहरुले मनाए दिवस

    टेम्के खबर सम्बाददाता । जेष्ठ नागरिक संघ खोटाङले ३१ औं जेष्ठ नागरिक दिवस सुक्रबार मनाएको छ । जेष्ठ नागरिककोहरुको दिवसको अबसरमा खोटाङको सदरमुकाम दिक्तेल बजारमा बिभिन्न एक ¥याली प्रदर्शण गरि दिवस मनाएको हो ।
    जेष्ठ नागरिकहरुले दिक्तेलको जिल्ला प्रशासन कार्यालयडाँडा देखि त्रिबेणी चोक सम्म ¥याली प्रदर्शन गरेको थिए । सबै उमेरका लागि बिद्युतीय प्रबिधिको समान्ता भन्ने मुल नाराका साथ सहभागीहरुले जेष्ठ नागरिकहरुको माग गरेका थिए । (२०७८ असोज १६ गते)

  • गम्भीर धोका भयो, यथास्थितिमा हामी एमाले छैनौँ : प्रभु साह

    गम्भीर धोका भयो, यथास्थितिमा हामी एमाले छैनौँ : प्रभु साह

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिहान १० बजे पार्टीका केन्द्रीय सदस्य प्रभु साहलाई आफ्नै निवास बालकोटमा बोलाए । असोज १५ देखि गोदावरीमा हुने विधान अधिवेशन ‘बहिस्कार’ गर्ने बताइरहेका साहलाई फकाउन ओलीले बालकोट बोलाएका हुन् ।
    पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा मिसिएका पूर्वमाओवादी नेता प्रभु साहले आफू अझै एमाले हुन नसकेको बताउँदै आएका छन् । पछिल्लो समय उनले एमाले केन्द्रीय कमिटीको बैठकसमेत बहिस्कार गर्दै आएका छन् । केपी ओलीको क्याबिनेटका मन्त्रीसमेत रहेका साहले अध्यक्ष ओलीसँग विभिन्न ८ वटा माग राखेका छन् । यी माग पूरा नभए विधान महाधिवेशनमा सहभागी नहुने साहको अडान यथावत छ ।
    विहीबार बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले साहका मागप्रति सकारात्मक रहेको भन्दै महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए । तर, साहले मौखिक आश्वासनले मात्रै नहुने भन्दै आफ्ना मागबारे एमालेले औपचारिकरुपमै निर्णय नगरेसम्म महाधिवेशनमा भाग लिन नसक्ने जवाफ ओलीलाई दिएका छन् ।
    बालकोटमा अध्यक्ष ओलीसँग वार्ता सकेपछि रातोपाटीसँग कुरा गर्दै साहले भने, ‘अध्यक्षसँग सकारात्मक कुरा भएको छ । उहाँले विधान अधिवेशन र बैठकमा आउनुपर्यो भन्नुभयो, मैले त्यसरी सहभागी हुने–नहुने तपाईंको हातमा छ भनें । हामीले उठाएका सकारात्मक कुराहरु सम्बोधन गर्नुहुन्छ भने आउने वातावरण बन्छ भनें । यदि त्यो स्वीकार्नुहुन्न र असहमत हुनुहुन्छ भने सायद म आउदिनँ भनेको छु । उहाँले म सहमत छु, मिलाउँछु भन्नुभएको छ । पार्टीको स्पष्ट धारणा आएन भने महाधिवेशनमा जान सकिँदैन ।’

  • धर्म परिवर्तन गराएको आरोपमा ४ कोरियन नागरिक पक्राउ

    जिल्ला अदालत कास्कीले विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट पक्राउ परेका चार कोरियालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आर्थिक अवस्था कमजोर भएका पोखरेलीलाई प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट गत भदौ २९ मा पक्राउ परेका चार जना कोरियाली नागरिकलाई अदालत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
    प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको आरोप लागेका पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले ४ जना कसूरदार होइनन् भनी भन्ने आधार नभेटिएको जनाउँदै कारागार पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि उनीहरुलाई कसूरदार होइनन् भनी भन्न नमिल्ने भएकाले कारागार पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।
    स्थानीयवासीले कोरियाली नागरिकहरुले गेस्ट हाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजन कीर्तन गर्ने, आर्थिक सहयोग, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने र चर्चमा लगेर धर्म परिवर्तन गराउने जस्ता कार्य गरेको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेका थिए ।
    स्थानीयको उजुरीपछि प्रहरीले उनीहरु बसेको गेष्ट हाउसबाट येशुको प्रार्थना लेखेको चिट समेत बरामद गरेको थियो । बालबालिकालाई ट्युसन पढाउँदा पनि क्रिश्चियन धर्मसम्बन्धी काम गराउने बाइबलका श्लोक र भजन गाउन लगाउने जस्ता कार्य गरेको स्थानीयको आरोप छ ।
    शनिबारको दिन बच्चाहरुलाई अनिवार्य चर्च जानुपर्ने नियम राखेर क्रिश्चियन धर्मसम्बन्धी प्रचार गर्ने गरेको स्थानीयको दाबी छ । अदालतसमक्ष कोरियन नागरिकहरुले आफूहरु धर्म परिवर्तन गराउन नआएको दाबी गरेका थिए ।

  • दिक्तेल लफ्याङ ग्राभेल सुरु

    दिक्तेल लफ्याङ ग्राभेल सुरु

    टेम्के खबर सम्बाददाता । दिक्तेलको हस्पिटल चोक देखि लप्mयाङ सडक बिहिबार देखि ग्राभेल गर्ने कार्य सुरु भएको छ ।
    हस्पिटल चोक देखि साँढे सात किलोमिटर ग्राभेल हुने उक्त सडकको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले एक समारोहका बीच उद्घाटन गर्नु भएको थियो । साँढे सात मिटर चौडाई रहने उक्त ग्राभेल सडक निर्माण भए पछि खोटाङको दक्षिणी क्षेत्रका जनताहरुलाईलाई यातायात सुबिधा हुने नगर प्रमुख दिपनारायण रिजालले बताउनु भयो । सडक ग्राभेल गर्नको लागि साँढे सात करोड खर्च हुने नगर प्रमुख रिजालले बताउनु भयो ।
    उक्त सडक ग्राभेल नभएका कारण खोटाङको दक्षिणी क्षेत्रका साकेला दिपु्रङ चुईचम्मा, खोटेहाङ, बराहापोखरी र जन्तेढुङ्गा गाउँपालिका संग बर्षाको समयमा यातायात आवतजावत गर्न कठिनाई हुने गरेको थियो । उक्त सडकमा बर्षाको समय, बैसाख देखि असोज सम्म ठूला यातायातको साधन आवतजावत ठप्प नै हुने गरेको थियो भने साना मोटरसाईकल ट्याक्टर भने जोखिम मोलेर सञ्चालन हुने गरेका थिए । (असोज १३ गते बुधबार)

  • दिक्तेल लफ्याङ ग्राभेल सुरु

    दिक्तेल लफ्याङ ग्राभेल सुरु

  • साकेला गाउँपालिकाका अशक्तहरुलाई घरमै नागरिक्ता

    साकेला गाउँपालिकाका अशक्तहरुलाई घरमै नागरिक्ता

    टेम्के खबर सम्बाददाता । साकेला गाउँपालिकाका तीन अशक्तहरुलाई घरघरमै गई नेपाली नगरिक्ताको प्रममाण पत्र प्रदान गरिएको छ ।
    साकेला गाउँपालिका बिभिन्न वडाका तीनजना अशक्तहरुलाई बुधबार घरमै पुगेर सो पालिकाका अध्यक्ष अर्जुनकुमार खड्काको पहलमा उहाँलेनै प्रदान गर्नु भएको हो । शारिरिक अशक्त भई सदरमुकाम जान नसकेका कारण नेपाली नागरिक्ता प्रमाण पत्र पाउनबाट बन्चित भएका सो पालिकाका वडा नं. ४ का २० बर्षिय खनिन दर्जी, वडा नं. ३ खिदिमा बोराकी २५ बर्षिया कृष्णकुमारी खत्री र सोहि वडाकी २५ बर्षिया रामकुमारी राईलाई उहाहरुको घरमै पुगेर अध्यक्ष खड्काले नागरिक्ता प्रदान गर्नुभएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताउनु भयो ।
    नागरिक्ता पाउने उमेर पुगेर पनि नागरिक्ता प्राप्त गर्नबाट बन्चित उनिहरुले राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने बाटो खुलेको सामाजिक शुरक्षा तथा पञ्जिकरण प्रमुख डिएम चामलिङले बताउनु भयो । नागरिक्ता प्रदान जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी दिनेश आचार्य, पञ्जिकरण प्रमुख डिएम चामलिङ तीन नम्बर वडा अध्यक्ष शिबकला राई लगायत उपस्थित हुनुहन्थ्यो । (असोज १३ गते)

  • खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने, को–को बन्दैछन् मन्त्री ?

    \माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो ।

    नेकपा (एकीकृत समाजवादी)का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ । जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएका हुन् ।

    त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि ‘एडजस्ट’ गर्नुपर्ने भन्दै नेता नेपालले सात मन्त्री मागेको बुझिएको छ । एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिएका छन् । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो । गठबन्धनबीच बिहीबारसम्म सरकारलाई पूर्णता दिने सहमति भएको बुझिएको छ ।  (यो समाचार रातेपाटीबाट लिइएको हो)

  • भोली नौ गते काँग्रेसको पालिका अधिबेशन

    भोली नौ गते काँग्रेसको पालिका अधिबेशन

    नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लाकमा पालिका अधिवेशन गर्ने भएको हो। बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि  जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको बताउनु भया ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठक ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

    चाडै केन्द्रीय समितिले महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने  उनले बताउनु भये । काँग्रेसले पार्टीका कार्यकर्तालाई उत्साहका साथ सहभागी हुने आग्रह गरेको छ । १३ जिल्लाका क्रियाशील सदस्यको चाडै सार्वजनिक हुने  शर्माले बताउनु भये । असोज ८ गते ।  (यो समाचार रातोपाटीबाट लिईएको हो ।)

  • राप्रपा नगरमा रामचन्द्र

    राप्रपा नगरमा रामचन्द्र

    टेम्के खबर सम्बाददाता । राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अध्यक्षमा रामचन्द्र भट्टराई निर्बिरोध निर्बाचित हुनु भएको छ । बिहिबार राप्रपाको सम्पन्न दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको अबिधेशनबाट भट्टराई निर्बिरोध निर्बाचित हुनु भएको हो ।
    खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न अधिबेशनले १५ सदस्यिय नगर समिति निर्माण गरेको राप्रपा नेता ललितकुमार राईले बताउनु भयो । राप्रपाको जिल्ला निर्बाचन अब छिटै हुने नेता राईले टेम्के खबरलाई बताउनु भयो । असोज ८ गते ।

  • राप्रपा नगरमा रामचन्द्र

    टेम्के खबर सम्बाददाता । राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अध्यक्षमा रामचन्द्र भट्टराई निर्बिरोध निर्बाचित हुनु भएको छ । बिहिबार राप्रपाको सम्पन्न दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको अबिधेशनबाट भट्टराई निर्बिरोध निर्बाचित हुनु भएको हो ।
    खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न अधिबेशनले १५ सदस्यिय नगर समिति निर्माण गरेको राप्रपा नेता ललितकुमार राईले बताउनु भयो । राप्रपाको जिल्ला निर्बाचन अब छिटै हुने नेता राईले टेम्के खबरलाई बताउनु भयो । असोज ८ गते ।