Author: उजुर राई

  • खोटाङका दुई पालिकाद्धारा प्रतिबद्धता जाहेर

    खोटाङका दुई पालिकाद्धारा प्रतिबद्धता जाहेर

    टेम्के सम्बाददाता । नेकपा माओबादी केन्द्रका निर्बाचित दुई पालिका अध्यक्षले आप्mना प्रतिबद्धता जाहेर गरेका छन् । आफु निर्बाचित भए पछि पत्रकार सम्मेलन गरि साकेला गाउँपालिकाका नब निर्बाचित अध्यक्ष अर्जुनकुमार खड्का (झंकार) र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नब निर्बाचित अध्यक्ष बिशन राईले प्रतिबद्धता जाहेर गर्नुभएको हो ।
    साकेलाका अध्यक्ष खड्काले यहि मंसिर ११ गते साकेला गापामा एक पत्रकार सम्मेलन गरि नेकपा माओबादी केन्द्र साकेला गापाको भाबि रणनितिहरु सार्बजानिक गर्नु भएको थियो । सम्मेलनमा अध्यक्ष खड्काले पार्टीले गरेका कमीकमजोरीहरु क्रमशः सुधार गर्दै जाने, ४० वटा रहेका टोल कमिटि मध्य तीनवटा टोलमा गठन गर्न बाँकिमा पनि गठन गर्ने, जातीय मोर्चाहरु सबै गठन गरि आबश्यक परे सेल कमिटि समेत गठन गर्ने बताउनु भयो ।

    अन्तर पार्टी बेथितीहरुलाई फरक मत जाहेर गर्दै पार्टी पंक्तिलाई सुझाव, सल्लाह दिने समेत दिने अध्यक्ष खड्काले प्रकाश सो अबसरमा प्रकास पार्नु भयो । साकेला गाउँपालिकामा अहिले सम्म ६ सय ५५ संगठीत सदस्य रहेको र ८ सय पु¥याउने लक्ष रहेको अध्यक्ष खड्काले दाबी गर्नु भयो ।
    सोहि अबसरमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अस्मिता कार्की समिताले पार्टीको कमीकमजोरीहरुलाई आत्मसात गर्दै नयाँ कार्यनितीहरु बनाउने सोचमा रहेको बताउनु भयो । हाम्रो पार्टीमा आबद्ध नेता कार्यकर्ताहरु निष्ठाको राजनिति गर्ने भएकोले खोटाङका सबै पालिकहरुमा सर्बसम्मत निर्बाचित हुनु भएको सदस्य कार्कीले बताउनु भयो । नेकपा हुदा पार्टीमा टुटफुट भएको कारण नेताहरु जनता सामु जान नसकेको र अब भने तल सम्म झरेर जनता सामू पुग्ने बताउनु भयो ।
    नेकपा माओबादी केन्द्रका नेताहरु भोटको लागि राजनिति गरेको नभई समाज, राष्ट्र परिबर्तन र जनताको समस्य समाधानको लागि गरेको नेता कार्कीले बताउनु भयो । नेता कार्कीले अहिलेको निर्वाचन प्रणालिमा तल्लो स्तरका जनतहरुले राजनिति गर्नबाट बञ्चित भएकोले यसलाई पनि सुधार्नु जरुरी रहेको बताउनु भयो । पत्रकारहरुलाई नेता कार्कीले आग्रह गर्दै भन्नु भयो अहिले सत्य कुराहरु झुट साबित हुने प्रचलन भएकोले पत्रकार मित्रहरुले हाम्रा धेरै कुरा नलेखि सत्य कुरा लेख्नुहोस ।

    बिशन राई

    दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका माओबादी केन्द्रले सदरमुकाम दिक्तेलमा छुट्टै पत्रकार सम्मेलन गरि नगर कमिटिको भाबि रणनितिहरु सार्बजानीक गरेको थियो । पत्रकार सम्मेलनमा नबनिर्बाचित अध्यक्ष बिशन राईले एक प्रेस बक्तब्य प्रकाशित पनि गर्नु भएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष राईले हालको संबिधान संकटमा रहेकोले संबिधानलाई संकट मुक्त पार्न सदर र सडकबाट खबरदारी गरिरहेको बताउनु भयो । मुलुकमा प्रतिगामी शक्ति हाबी भएकोले त्यसलाई परास्त पार्ने नगर कमिटिको प्रण रहेको अध्यक्ष राईले बताउनु भयो । अध्यक्ष राईले यो भ्रष्टचारले राजनिति क्षेत्रलाई पनि अछुतो नराखेको भन्नुहुदै यसलाई परास्त पार्न आप्mनै पार्टीबाट सुधार गरिने बताउनु भयो । गणतन्त्र प्राप्ती पछिका जननिर्बाचित जनप्रतिनिधीहरुको जीवन शैली रातारात परिबर्तन भएको देखिएकोले सम्बन्धित नीकायहरु संगको पहलमा त्यस्को भण्डाफोर गरिने अध्यक्ष राईले बताउनु भयो ।
    पत्रकार सम्मेलनमा नगर कमिटिले आउदा दिनहरुमा गर्ने ८ बुँदे कार्यहरु सार्बजानिक गरेको छ ।(२०७८ मंसिर १३ गते)

     

  • खोटाङ काँग्रेस सभापतिमा बिष्णु राईको प्यानलै बिजयी

    खोटाङ काँग्रेस सभापतिमा बिष्णु राईको प्यानलै बिजयी

    टेम्के समाचारदाता । सोमबार भएको नेपाली काँग्रेसको जिल्ला कार्य समितिको निर्बाचनमा बिष्णुकुमार राईको प्यानलै बिजयी भएको छ । बिबिध कारणले मतगणामा अबरोध भए ता पनि बिष्णुकुमारको प्यानललै बिजयी भएको हो ।
    मत गनणाको सुरुवाती चरण देखि नै राईले मत परिणाममा अग्रता लिनु भएका थिए । आप्mना प्रतिद्धान्दी सर्बधन राईलाई अन्ततः ७९ मतान्तरले बिष्णुले पराजित गर्नु भएको हो । १३ सय २२ मत खसेको मध्ये बिष्णु राईले ६ सय ६९ मत प्राप्त गर्नु भयो भने, उहाँका निकटतम प्रतिद्धान्दि सर्बधन राईले ६ सय १० मत प्राप्त गर्नु भएको थियो । निर्बाचनमा उपसभाति दुइ, सचिब दुई, सह—सचिब दुई पनि बिष्णुकै प्यानले बिजयी हाँसिल गरेका छन् । बिजयी हुनुहुनेहरुमा उपसभापतिमा ईवन राई ७ सय ५३, तीर्थराज भट्राईले ७ सय ४२ मत प्राप्त गरि बिजयी हुनु भएको छ । उपसभापति पदमा सर्बधन राई पक्षका मनोज तिमिल्सिनाले ५ सय ४३ र राजन सैजुले ३८४ मत प्राप्त गर्नु भएको थियो ।
    सचिब पदमा बिष्णु पक्षका समिर राईले ७ सय १३ र ज्ञानेन्द्र जोशीले ६ सय २० मत ल्याई बिजय हाँसिल गर्नु भयो । उहाँहरुको प्रतिद्धान्दि सर्बधन राई पक्षका रोजन राईले ५ सय ५३ र राजकुमार राई सङपाङले ५ सय ११ मत प्राप्त गर्नु भयो । त्यस्तै स—सचिब पदमा भएको निर्बाचनमा साजन राईले सबै भन्दा बढि ६ सय २४ मत प्राप्त गर्नु भयो भने, सालिकराम बन्जराले दोश्रो मत ५ सय ९३ मत ल्याई बिजयी हुनु भयो । उहाँहरुका प्रतिद्धान्दि तेश्रोमा राजकुमार राईले ५ सय ७७ र ध्यानबहादुर राईले ५ सय ६४ मत प्राप्त गर्नु भयो । (२०७८ मंसिर १० गते)

     

  • कासको कुटाईले बालिका घाईते

    कासको कुटाईले बालिका घाईते

    टेम्के समाचारदाता । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक बिद्यालयमा कार्यालय सहयोगीले बालिकालाई पिट्दा बालिका घाईते भएको छ । दिक्तेल बजारको श्री सरस्वती आधारभुत बिद्यालय पोखरीका कार्यालय सहयोगी सुनिल बजिमयले सोहि विद्यालयकी ११ बर्षिया बालिकालाई बिहिबार कुटपिट गरि घाईते बनाएको हो ।
    बालिकालाई बिद्यालयमा कक्षाकोठा बाहिर निस्किएको निहुमा कास बजिमयले देब्रे खुट्टाको पासुलामा पोलेथिनको पाईपले पिट्दा बालिका घाईते भएको छ । बालकको देब्रे पासुलामा पाईपको निलडाम बसेको अबिभाबक सर्मिला बिकले बताउनु भयो । बालिकाले पिटेको बिषयमा बिद्यालयलका शिक्षक र अबिभाबकहरुको बिहिबार छलफल गरिएता पनि शिक्षकहरुको तर्फबाट सम्बन्धित नीकायमा कुरा राखिदिने सहमती भएको प्रअ मिनबहादुर भट्टराईले बताउनु भयो । तर सो सहमति नभई अफुहरुलाई टालटुल गरि पन्छाउने मेलो गरेको अबिभाबकहरुले गुणासो गरेका छन् । (२०७८ मंसिर १० गते)

  • पाँच वडामा माओबादी केन्द्रको वडा अधिशन आज सम्पन्न

    पाँच वडामा माओबादी केन्द्रको वडा अधिशन आज सम्पन्न

    टेम्के समाचारदाता । नेकपा माओबादी केन्द्र खोटाङ जिल्लाको बिभिन्न स्थानमा मंसिर ४ गते बिबिध कारणले हुन नसकेको वडा अधिबेशन बिहिबार सम्पन्न भएको छ ।
    सम्पन्न भएको वडा अधिबेसनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ मा तुलसी आचार्य अध्यक्ष, बीरबहादुर बि. क.उपाध्यक्ष, गुन्जमान मजिमय सचिब, नानिराम रिजाल स—सचिब, राधिका आचार्य कोषध्यक्षमा सर्वसम्मत निर्बाचित हुनु भएको छ ।
    त्यस्तै, वडा नं. २ स्वल्मामा सप्तमणी राई, गोकुलमान राई, भुपेन्द्र राई, राजकुमार राई, डिकु शेर्पा, क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब र कोषध्यक्ष सर्बसहमत चुनिनु भएको छ ।
    वडा नं. ३ मा अनिल राई, कमलबहादुर थापा, रोजिना (कार्की) थापा, मनकुमार हिङ्माङ्, मनिषा हिङ्माङ् क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब, र कोषाध्यक्षमा सर्बसहमत चुनिनु भएको छ ।
    त्यसैगरि, रावाबेसी गाउँपालिकको वडा नं. १ कुबिन्डेमा सुमन राई, चन्द्रबहादुर नेपाली रोजन राई, कोपिला राई, दानबहादुर श्रेष्ठ क्रमशः क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब, र कोषाध्यक्षमा सर्बसहमत चुनिनु भएको छ । सोहि पालिकको वडा नं. ६ हौचुरमा मौहन राई, गंगाराम भुजेल, प्रेमधन राई, सन्जिब राई र बविता बि. क. सर्वसहमत चुनिनु भएको छ ।(२०७८ मंसिर ८ गते)

  • पत्रकार महासंघले भन्यो – पार्टीको चुनाव लड्नेलाई कारवाही गर्छौ

    पत्रकार महासंघले भन्यो – पार्टीको चुनाव लड्नेलाई कारवाही गर्छौ

    काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका आफ्ना सदस्यहरुलाई विधानबमोजिम कारवाही हुने जनाएको छ ।
    महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै राजनीतिक दलका विभिन्न समितिमा पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी तथा सदस्यसमेत उम्मेदवार बन्नु महासंघको विधान विपरीत रहेको भन्दै ध्यानाकर्षण गरेका हुन् ।
    पत्रकारहरु विभिन्न दलको उम्मेदवार बनेको विषयमा प्राप्त आलोचना र टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै विधान उल्लघंन भएमा कारवाही हुनेतर्फ सचेत गराएको छ ।
    ‘राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्नसक्ने तर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।
    राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्र पर्ने महासंघले स्मरण गराएको छ । महासंघले केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा उच्च नैतिकता प्रस्तुत गर्न आग्रह समेत गरेको छ ।
    विज्ञप्तीमा महासंघको विधान, कार्ययोजना र पत्रकार आचारसंहिताविपरीत काम गर्नेलाई कारवाही गर्न महासंघ प्रतिवद्ध रहेको समेत उल्लेख छ ।(२०७८ मंसिर ५ गते)
    यो समाचार नेपाल प्रेस डटकमबाट साभार गरिएको हो

  • उषाकला राईको केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा खोटाङबाट

    उषाकला राईको केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा खोटाङबाट

    टेम्के सम्बाददाता । पुर्व मन्त्री उषाकला राईले आसन्न नेकपा एमालेको १० औ राष्ट्रिय महाधिबेषणमा केन्द्रिय सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।
    राईले खोटाङको सदरमुकाम दिक्तेलमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारको घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा राईले आपूm समाबेसी या खुल्ला तर्फ उम्मेदवार हुने भन्ने बारेमा भने बोल्नु भएन ।
    सोहि अबसरमा केहि दिन अघि हलेसी तुवाचुङ नगरपालिकामा प्रहरीद्धारा स्थानीय मदिरा बरामद गरि नस्ट गरिएको बिषयलाई घोर भत्र्सना गर्नु हुदै भन्नु भयो यो गरिवले एकछाक खानको लागि, बच्चाहरुलाई एकसरो कपडा लगाईदिनको लागि उत्पादन गरेको घरेलु मदिरा राज्यले निरंकुश शैलीमा जफत गरि नस्ट गरिनु भनेको गरिव जनता बिपरित कार्य भएको बताउनु भयो । सम्मेलनमा नेतृ राईले सरकारले त गरिव जनताको हितमा काम गर्नु पर्ने हो तर यो कार्य गरिव जनताको हित बिपरित गरियो । राज्यले गरिव जनताहरुको सपना पुरा गर्नु पर्छ भन्नु हुदै यो गरिव मारा काम मात्र नभएर यो संस्कार र संस्कृति माथिको आक्रमण हो नेतृ राईको कथन थियो । (२०७८ कातिक ३०)

  • राजधानीमा बिप्लबको प्रदर्शन

    राजधानीमा बिप्लबको प्रदर्शन

    विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ ।
    पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिलगायतको विरोध र खारेज तथा भ्रष्टाचारलगायतको विरोधमा विप्लवले मंगलबार नेपाल बन्दको आह्वान गरेको हो ।
    राजधानी बाहिर भने बन्दको प्रभाब सामान्य परेको छ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा भने बन्दको दिन बिहान सुनसान भए पनि दिउसो भने पसलहरु फाटफुट खुलेको थियो । यातायातको साधनहरुमा मोटरसाईकल फाटफुट चलेको थियो भने ठूला सवारी साधनहरु ठप्प भएको थियो ।

  • काँग्रेस जिल्ला सभापतिमा चारको उम्मेदवारी

    काँग्रेस जिल्ला सभापतिमा चारको उम्मेदवारी

    टेम्के सम्बाददाता । आउदो नेपाली काँग्रेसको खोटाङ जिल्ला चुनावमा सभापतिको लागि चारको प्रतिश्पर्धा हुने देखिएको छ । काँग्रेस जिल्ला नेतृत्वलागि चारले सभापतिमा उम्मेद्वारी दिएसँगै जिल्ला चारजनाको प्रतिस्पर्धा हुने पक्का भएको हो ।
    आउदो मंसिर ६ गते हुने जिल्ला सातौँ जिल्ला अधिवेशनमा जिल्ला तहको नेतृत्वका लागि कांग्रेसका पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको समूह नै धोषणा भएको भईसकेको छ । रााईको समूहबाट हलेसी तुवाचुङ नगरपालिकाका मेयर उपसभापतिमा ईवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको जनाईको छ भने सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारालाई उम्मेद्वार बनाइएको जनाईको छ ।
    चुनाबमा पुर्व राज्यमन्त्री सर्वधन राईले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वार रहेको सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्नु भएको राईको समुहमा उम्मेद्वार भन्ने टुङ्गो नलागेपनि उपसभापतीमा मनोज तिमिल्सीना र सचिवमा रोजन राईले आफ्नो उम्मेद्वार रहेको बुझिएको छ ।
    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले पनि सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ, उहाँले औपचारीक कार्यक्रममै उम्मेद्वार घोषणा गर्नु भएको हो । निर्बाचनमा राईको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई रहनु भएका छन् भने अरु उम्मेदवारहरुको भन्ने टुंगो लागेका छैनन् ।
    अर्का नेपाली कांग्रेसका महासमिति सदस्य रबिप्रकाश राईले सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । (२०७८ कातिक ३० गते)

  • हलेसी रक्सी कान्ड कस्ले के के भने

    हलेसी रक्सी कान्ड कस्ले के के भने

    ईलाका प्रहरी कार्यालय हलेसीले २०७८ कातिक १५ गते एउटा अभियान चलायो । ईलाका प्रहरी कार्यालय हलेसीले नगरपालिकाको केहि स्थानहरुबाट स्थानीयहरुको घरबाटै जाँड, रक्सि बरामत गरि नष्ट गर्ने अभियान सायद सम्पुर्ण राई समुदायको लागि असह्य भएर नै होला सामाजिक सञ्जालमा ब्यपक बनेर सामाजिक सञ्जालहरुमा अभियान सकिन साथ नकारात्मक भनाईहरु छ्यापछ्याप्ती भायो । यी भनाईहरुलाईलाई यहा जस्ताको तस्तै राखिएको छ । प्रहरी प्रशासनले त हाईकमान्डको आदेश मानेहोलान् तर सोहि नगरपालिकाका एक निर्वाचित वडा अध्यक्ष समेत बोतल, घ्याम्पाबाट जाँड रक्सि जफत गर्नमा सहभागी भएकाले पनि यो बिषय अलि पेचिलो बन्न गएको महसुस गरियो ।
    मैले मेरो फेसबुक आईडिमा आबद्द मित्रहरुले सार्वजानिक गरेका भनाईहरु यहा उल्लेख गरेको छु ।
    १) यूवा नेता रविन खम्बु “अब खोटाङमा कोदोको रक्सी (आराखा) को गुणस्तरमा लागौ बहुराष्ट्रिक्ष् कम्पनीको उत्पादनले गाउको पैसा सबै लगिसक्यो । यसलाई सबै राक्न सकिदैन तर हामी सबै लाग्ने हो भने क गर्न सकिन्छ । कम्सेकम खोटाङ बाहिर जिल्लाको मान्छे आउदा खोटाङविशेष कोदोको रक्सी खानै पर्छ भन्ने मान्यता स्थापित गरौ । हामीमा पनि बैमानी छ । कोदोको भनेर चामलको रक्सी बेच्ने गर्छौ । खानेले पनि कोदोको रक्सी खोज्छौ । १०० रुपियाँ पनि १ बोतलको महंगो भयो भन्छौ । । हामीमा पनि तालमेल हुन आवश्क छ । अहिले कोदो नै महँगो छ । १ सय रुपियाँमा कोदोको रक्सी बनाएर बेच्न सक्दैन । हामी बहुराष्ट्रिय कमपनीको रक्सीलाइै बोतलको १ हजार रुपियाँ तिर्न तयार हुन्छौ भने कोदोको रक्सीलाइै बोतलको २ देखि २ सय ५० सम्म तिर्न कन्जुस्याई तर्नु हुदैन । अब याजनाबद्द भएर कोदोको रक्सी गुणस्तरमा लागौ । कसैले हस्तक्षेप गरे सामूहिक प्रतिकार गरौ । कोदोको रक्सी बनाउन पाउने कानुन बनाउन दवाव दिन सबै क्षेत्रबाट लागौ । अब खोटाङमा हाम्रो अगुवाईमा गणस्तरीय कोदोको रक्सी बनायनृ काममा लाग्ने छौ” ।
    २) शिक्षक तथा समाजसेवी हेम नाछिरिङले भने वडाध्यक्ष चईन्द्र राईलाई लक्षित गर्नुहुदै भन्नु भयो “तपाई गज्जवले फस्नुभयो अध्यक्षज्यू, तपाईको यो हाँसो गलत ठाउँमा भयो । जुन कानुन गलत छ त्यसलाई लागु गर्नु त गलत नै हो । जसले यो कार्य गराउन प्रोत्सोहान ग¥यो उ यतिबेला गज्जबले हास्दै होला” ।
    ३) महिला अभियानकर्मी हरी तिलुङनी “होइनौ यो जाँड रक्सी बरामतगरेको पोष्टले त तहल्कै मच्यायो । हेरेर पढेर बस्दै दिन बित्यो । ब्याण्ड होईन ब्राण्डेड बनाउनु पर्छ, यो आम गरिव महिला तथा परिवारको बाध्यता हो, किराती संस्कारहो । हो सबैले हो ÷होस भन्नेनै हो । तर के हो, के हो भन्ने लहैलहैमा सबैले भेडा बन्ने ? नकारात्मक टिप्पणी मात्रै गर्ने ? के सहि हो त ? बहस गर्ने बुद्दी कसैको नआउने ? यसलाई ब्राण्डेड बनाउने पनि प्रकृया होला त्यता ध्यान कसैको नजाने ? जनप्रतिनिधी जो कोहि, जनुसुकै आस्थाका होउन् ती अस्थायी हुन् हाम्रा बिचार र जनमुखी सोंच स्थायी बनाऔ” ।
    ४) किसान चन्द्र राई “ब्यण्ड होईन ब्राण्ड बनाऔ बहस भईरहेको बेला यो आजको कृयाकलाप कति सहि ? यसबारे जिम्मेवार नीकायले गम्भिर भएर सोचोस ।
    ५) साहित्यकार श्रीराम राई “म जाँड रक्सी खादिन तर जाँड रक्सी भन्ने बितिकै म मेरो प्यारो गाउँधर, आमाबाबा र आफन्तहरु सम्झिन्छु । घर , मावलो र ससुराली सम्झन्छु । यहाँ हामी जन्मिनु अघि थेप्रै अबिभाबकको छत्रछाँयामा हुर्कियौ । न्वारान, छेवर र बिहे हुदै निरन्तर जीवन यात्रमा छौ जुन धरातल टेकेर हामी आयौ त्यही धरातल हामीलाइै रमाइैलो लाग्छ । हामीले पाएको सिडिओ, एलडिओ मात्रै होईन सिंगो जीवन नै अस्थायी छ । त्यहि पाएको पद र सम्मानको उपयोग गर्दै अगाडी बढ्न हामी सबैका लागि भलो हुने ।
    एकजना पात्रले नयाँ ठिमीको एउटा डिस्टिलरी पसलमा यसको मूल्य कति भन्दै सोधेछ । पसलेले सहजै जवापष्m दिएछ, यो ठाँउबाट आएको यसको क्याँस २७ हजार पर्छ । उता उसकै गाउँ चाडपर्वको मुखैमा बनाएको जाँडरक्सी पाईदै थियो । सयौ मनहरु रुदै थिए । फेसबुकभरी असन्तुष्टि गुणासो र विरोध हुदै थियो । महासय गरिवले चाहि बाँच्नु पर्दैन याहाँ ? देशको मूख्य ठाँउमा खुलेआम पेयपदार्थ बेच्दा किन सधैभरि गाउँमा थरहरी ?

  • मुख्यमन्त्रीमा राई नियुक्ती

    मुख्यमन्त्रीमा राई नियुक्ती

    प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ ।

    सोमबार निबर्तमान मुख्यमन्त्री भिम आचार्यले पदबाट राजिनामा दिएपछि मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गर्नुभएको हो ।
    प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गर्नुभए बमोजिम नेकपा समाजबादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा बहुमत सहित दावी गर्नु भएको थियो ।
    नबनियुक्त मन्त्री राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो । आचार्य गत भदौ महिनामा नेकपा एमालेको तर्फबाट प्रदेश १ को मुख्य मन्त्रीमा नियुक्ती हुनु भएको थियो । (२०७८ कातिक १६ गते)

  • पत्रकार राईद्धारा क्यान्सर पिडीतलाई आर्थिक सहयोग

    पत्रकार राईद्धारा क्यान्सर पिडीतलाई आर्थिक सहयोग

    टेम्के सम्बाददाता । खोटाङ लगायत बिभिन्न स्थानमा लामो समय देखि पत्रकारीता गर्दै आउनु भएका पत्रकार उजुर राईले एक ब्लड क्यान्सर पिडीत बालकलाई आईतबार आर्थिक सहयोग गर्नु भएको छ ।
    पत्रकार राईले खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १५ बिजयखर्क निवासी ६ बर्षिय बालक पुरुषेत्तम कटुवाललाई नगद १५ हजार रुपियाँ एक समारोहका बीच बिरामीका बुवा लेखबहादुर कटुवाललाई हस्तान्तरण गर्नु भएको हो ।
    प्रेस सेन्टर नेपालले सनिबार खोटाङको सदरमुकाममा रहेको प्रेस सेन्टरको कार्यालयमा आयोजित एक कार्यक्रममा पत्रकार राईले नगद हस्तान्तरण गर्नु भएको थियो । निम्न आर्थिक अबस्था रहेका बिरामी बालक कटुवालको बिगत ५ महिना देखि रक्त क्यान्सर भई कान्ति बाल अस्पताल काठमान्डौमा उपचार गराई रहनु भएको छ ।
    बिगत २५ बर्ष देखि पत्रकारीता गरिहनु भएका राईले बालक कटुवाललाई उपचारमा आर्थिक समस्या भएको भनि सामाजिक सन्जालहरुमा देखे पछि आर्थिक सहयोग गर्ने निधो गर्नु भएको हो । आप्mनी आमा र श्रीमती बिगत ७ र ५ बर्ष अगाडी भबितब्य स्वर्गरोहन भएको कारण उपचार गर्न नपाएकोले आर्थिक अबस्था कमजोर भई बिरामी उपचार गर्न नसकेकाहरुलाई आथिक सहयोग गर्ने मनासयले आफुले आर्थिक सहयोग गरेको उक्त कार्यक्रममा पत्रकार राईले बताउनु भयो ।
    सोहि अबसरमा पुर्व संसद तथा नेकपा माओबादी केन्द्र अनुशासन बिभाग प्रमूख टंक राईले नगद रु ३ हजार प्रदान गर्नु भएको थियो । प्रमुख राईले बालकको शिध्र स्वास्थ्यलाभको कामना पनि गर्नु भएको थियो । (२०७८ कातिक १३ गते सनिबार¬)

  • तीन नम्बर वडामा शुभकामना

    तीन नम्बर वडामा शुभकामना

    टेम्के सम्बाददाता । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ३ बाम्राङले सोमबार शुभकामना आदनप्रदान तथा झन्डा पूजा गरेको छ ।
    बडा दशै २०७८ सालको पावन अबसर पारेर वडा कार्यालयले सो कार्यक्रमको आयोजना गरेको हो । आयोजित कार्यक्रममा नगरपालिकाका प्रमूख दिपनारायण रिजाल र उपप्रमुख बीनादेबी राईले नेपालको राष्ट्रिय झन्डाको पूजा गरि वडा कार्यालय परिसरमा रहेको नयाँ झन्डा परिबर्तन गर्नुभएको थियो ।
    सोहि अबसरमा नगरपालिकाद्धारा खरिद गरिएको नौमती बाजा नगरप्रमुख रिजाल, उपमेयर राई र वडाध्यक्ष ललितकुमार राईले संयुक्तरुपमा समुहका अध्यक्ष मनकुमार हिङमाङलाई प्रदान गरेका थिए । शुभ कार्यहरुमा बजाईने नौमति बाजाहरु लोप हुने अबस्था भएको कारण नौमती बाजा प्रबर्धनकै लागि पनि पालिकाले हस्तान्तरण गरेको वडाध्यक्ष राईले बताउनु भयो । (२०७८ असोज २५ गते)