Category: समाचार

  • दिप्रुङ गापाले ३३ लाखको योजना संसोधन ग¥यो

    दिप्रुङ गापाले ३३ लाखको योजना संसोधन ग¥यो

    खोटाङ ÷ खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नौ योजनालाई संशोधन गर्दै रकमान्तर गरेको छ । सोमबार सम्पन्न १० औं हिउँदे गाउँसभामार्फत गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने निर्णय गरेको हो ।

    दिप्रुङ गाउँपालिका–१ याम्खास्थित साना जुत्ता तथा चप्पल उद्योगका लागि विनियोजित ३ लाखमध्ये चुलिपहरा याम्खा सडक योजनाका लागि २ लाख ५० हजार र देउराली राईटोल हुँदै इश्वर विष्टको घरसम्म सडक निर्माणका लागि ५० हजार विनियोजन गरिएको गाउँसभा सदस्य अमृत गिरीले जानकारी दिए ।

    यस्तै, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँस्थित वासमाला कोप्चे खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख बजेटमध्ये नाली भीमसेनथान मन्दिर निर्माणमा १ लाख, बोडिङ मुहान भइ ओख्रेबजार खानेपानी योजनाका लागि ५० हजार र वारङ खानेपानी योजनाका लागि ५० हजार विनियोजन गरिएको छ ।

    गाउँसभाले डाँडागाउँकै गेरीबारी खानेपानी योजनाका लागि विनियोजन गरिएको १ लाख ५० हजारको सट्टा मझौं सडक सोलिङ तथा वाल निर्माणको काम गर्ने निर्णय गरेको छ । डाँडागाउँस्थित नालिटार खानेपानी योजनाका लागि विनियोजित २ लाखबाट पञ्चकन्य आधारभुत विद्यालय शौचालय निर्माणका लागि १ लाख ५० हजार र नालीडाँडा घर धारा मर्मतका लागि ५० हजार खर्च गरिने भएको छ ।

    यस्तै, दिप्रुङ गाउँपालिका–३ छोरम्बुस्थित खरुवा खोला रोभोलुङ राजकुलोका लागि विनियोजन गरिएको १५ लाखमध्ये सिस्ने खानेपानी मर्मत रोभोलुङका लागि ५ लाख, रोभोलुङ आहालडाँडा रातमाटा सडकका लागि ५ लाख, बुल्कुखोला मुहान भइ वारिपुच्छरसम्म आउने कुलोका लागि १ लाख, कोटालेडाँडा जाने सडकका लागि २ लाख र याङसोला वरडाँडा सडकका लागि २ लाख विनियोजन गरिएको छ । छोरम्बुकै एकछाँगे कुलो मर्मतका लागि बिनियोजन गरिएको ४ लाखले सापातेल खेलमैदान प्याराफिट निर्माणको काम गर्ने निर्णय गरिएको गाउँसभा सदस्य गिरीले बताए ।

    दिप्रुङ गाउँपालिका–४ बतासेस्थित बालाचौंर खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख र पिपलकुवा मर्मतका लागि विनियोजन गरिएको १ लाखबाट बाचाचौंर खाल्ले सडक निर्माण गरिने भएको छ ।

    दिप्रुङ गाउँपालिका–५ सछितापोखरीस्थित दाहाल प्रतिष्ठान कुलपुजा मन्दिर निर्माणका लागि विनियोजन गरिएको ३ लाखबाट दाहाल प्रतिष्ठानमा वाल निर्माण गर्नेगरी रकमान्तर गरिएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्ष खर्च हुन नसकेर सञ्चित कोषमा जम्मा भएका ४९ लाख बजेट २५ वटा नयाँ योजनामा विनियोजन गरिएको छ ।(यो समाचार खोटाङ खबर डटकमबाट सहयोग लिईएको हो)

  • माओवादी केन्द्रको १ प्रदेश कमिटी उपाध्यक्षमा किराती विजयी

    माओवादी केन्द्रको १ प्रदेश कमिटी उपाध्यक्षमा किराती विजयी

    टेम्के सम्बाददाता । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटी उपाध्यक्षमा खाेटाङका पृथ्वी किराती (देवान चाम्लिङ) विजयी हुन भएकाे छ । बिहीबार बिराटनगरमा निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार किरातीले तीन उपाध्यक्ष मध्येमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनु भएकाे हाे ।

    नेकपा माओवादी केन्द्र खोटाङको पार्टी संयोजक समेत रहनु भएका किरातीले १२० मत पाउनु भएकाे  १ न‌‍‍ प्रदेश निर्बाचन समितिले जनाएकाे छ ।  किरातीसँगै सुनसरीका शिवकुमार डांगी र झापाका मणिकुमार साम्पाङ उपाध्यक्षमा विजयी हुनुभएका छन्। डांगीले ११३ मत र साम्पाङले १११ मत ल्याउनु भएका थिए।  सचिवमा मोरङका गणेश उप्रती , सह–सचिवमा मोरङकै कुमारी राई , धनकुटाका ऋषीराम ढुंगाना र सोलुखुम्बुका सागर किराँती  तथा कोषाध्यक्षमा झापाका रेवतराज पुरी विजयी हुनु भएकाे छ ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटी अध्यक्षमा पाँचथरका हर्क बहादुर नेम्वाङ विजयी हुनु भएका छन्। अध्यक्षका प्रत्यासी सुनसरीका मुकेश लिम्बुलाई १०५ मतान्तरले पछि पार्दै नेम्वाङ अध्यक्षमा निर्वाचित हुनु भएका छन् ।

    नेम्वाङले १६९ मत प्राप्त गर्दा लिम्बुले भने ६४ मत प्राप्त गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले जानकारी दिनुभयो। प्रदेश कमिटी पदाधिकारी चयनका लागि बुधबार निर्वाचन भएको थियो। २०७८ पुस ९ गते

  • खोटाङ काँग्रेस सभापतिमा बिष्णु राईको प्यानलै बिजयी

    खोटाङ काँग्रेस सभापतिमा बिष्णु राईको प्यानलै बिजयी

    टेम्के समाचारदाता । सोमबार भएको नेपाली काँग्रेसको जिल्ला कार्य समितिको निर्बाचनमा बिष्णुकुमार राईको प्यानलै बिजयी भएको छ । बिबिध कारणले मतगणामा अबरोध भए ता पनि बिष्णुकुमारको प्यानललै बिजयी भएको हो ।
    मत गनणाको सुरुवाती चरण देखि नै राईले मत परिणाममा अग्रता लिनु भएका थिए । आप्mना प्रतिद्धान्दी सर्बधन राईलाई अन्ततः ७९ मतान्तरले बिष्णुले पराजित गर्नु भएको हो । १३ सय २२ मत खसेको मध्ये बिष्णु राईले ६ सय ६९ मत प्राप्त गर्नु भयो भने, उहाँका निकटतम प्रतिद्धान्दि सर्बधन राईले ६ सय १० मत प्राप्त गर्नु भएको थियो । निर्बाचनमा उपसभाति दुइ, सचिब दुई, सह—सचिब दुई पनि बिष्णुकै प्यानले बिजयी हाँसिल गरेका छन् । बिजयी हुनुहुनेहरुमा उपसभापतिमा ईवन राई ७ सय ५३, तीर्थराज भट्राईले ७ सय ४२ मत प्राप्त गरि बिजयी हुनु भएको छ । उपसभापति पदमा सर्बधन राई पक्षका मनोज तिमिल्सिनाले ५ सय ४३ र राजन सैजुले ३८४ मत प्राप्त गर्नु भएको थियो ।
    सचिब पदमा बिष्णु पक्षका समिर राईले ७ सय १३ र ज्ञानेन्द्र जोशीले ६ सय २० मत ल्याई बिजय हाँसिल गर्नु भयो । उहाँहरुको प्रतिद्धान्दि सर्बधन राई पक्षका रोजन राईले ५ सय ५३ र राजकुमार राई सङपाङले ५ सय ११ मत प्राप्त गर्नु भयो । त्यस्तै स—सचिब पदमा भएको निर्बाचनमा साजन राईले सबै भन्दा बढि ६ सय २४ मत प्राप्त गर्नु भयो भने, सालिकराम बन्जराले दोश्रो मत ५ सय ९३ मत ल्याई बिजयी हुनु भयो । उहाँहरुका प्रतिद्धान्दि तेश्रोमा राजकुमार राईले ५ सय ७७ र ध्यानबहादुर राईले ५ सय ६४ मत प्राप्त गर्नु भयो । (२०७८ मंसिर १० गते)

     

  • कासको कुटाईले बालिका घाईते

    कासको कुटाईले बालिका घाईते

    टेम्के समाचारदाता । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक बिद्यालयमा कार्यालय सहयोगीले बालिकालाई पिट्दा बालिका घाईते भएको छ । दिक्तेल बजारको श्री सरस्वती आधारभुत बिद्यालय पोखरीका कार्यालय सहयोगी सुनिल बजिमयले सोहि विद्यालयकी ११ बर्षिया बालिकालाई बिहिबार कुटपिट गरि घाईते बनाएको हो ।
    बालिकालाई बिद्यालयमा कक्षाकोठा बाहिर निस्किएको निहुमा कास बजिमयले देब्रे खुट्टाको पासुलामा पोलेथिनको पाईपले पिट्दा बालिका घाईते भएको छ । बालकको देब्रे पासुलामा पाईपको निलडाम बसेको अबिभाबक सर्मिला बिकले बताउनु भयो । बालिकाले पिटेको बिषयमा बिद्यालयलका शिक्षक र अबिभाबकहरुको बिहिबार छलफल गरिएता पनि शिक्षकहरुको तर्फबाट सम्बन्धित नीकायमा कुरा राखिदिने सहमती भएको प्रअ मिनबहादुर भट्टराईले बताउनु भयो । तर सो सहमति नभई अफुहरुलाई टालटुल गरि पन्छाउने मेलो गरेको अबिभाबकहरुले गुणासो गरेका छन् । (२०७८ मंसिर १० गते)

  • पाँच वडामा माओबादी केन्द्रको वडा अधिशन आज सम्पन्न

    पाँच वडामा माओबादी केन्द्रको वडा अधिशन आज सम्पन्न

    टेम्के समाचारदाता । नेकपा माओबादी केन्द्र खोटाङ जिल्लाको बिभिन्न स्थानमा मंसिर ४ गते बिबिध कारणले हुन नसकेको वडा अधिबेशन बिहिबार सम्पन्न भएको छ ।
    सम्पन्न भएको वडा अधिबेसनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ मा तुलसी आचार्य अध्यक्ष, बीरबहादुर बि. क.उपाध्यक्ष, गुन्जमान मजिमय सचिब, नानिराम रिजाल स—सचिब, राधिका आचार्य कोषध्यक्षमा सर्वसम्मत निर्बाचित हुनु भएको छ ।
    त्यस्तै, वडा नं. २ स्वल्मामा सप्तमणी राई, गोकुलमान राई, भुपेन्द्र राई, राजकुमार राई, डिकु शेर्पा, क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब र कोषध्यक्ष सर्बसहमत चुनिनु भएको छ ।
    वडा नं. ३ मा अनिल राई, कमलबहादुर थापा, रोजिना (कार्की) थापा, मनकुमार हिङ्माङ्, मनिषा हिङ्माङ् क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब, र कोषाध्यक्षमा सर्बसहमत चुनिनु भएको छ ।
    त्यसैगरि, रावाबेसी गाउँपालिकको वडा नं. १ कुबिन्डेमा सुमन राई, चन्द्रबहादुर नेपाली रोजन राई, कोपिला राई, दानबहादुर श्रेष्ठ क्रमशः क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब, र कोषाध्यक्षमा सर्बसहमत चुनिनु भएको छ । सोहि पालिकको वडा नं. ६ हौचुरमा मौहन राई, गंगाराम भुजेल, प्रेमधन राई, सन्जिब राई र बविता बि. क. सर्वसहमत चुनिनु भएको छ ।(२०७८ मंसिर ८ गते)

  • पत्रकार महासंघले भन्यो – पार्टीको चुनाव लड्नेलाई कारवाही गर्छौ

    पत्रकार महासंघले भन्यो – पार्टीको चुनाव लड्नेलाई कारवाही गर्छौ

    काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका आफ्ना सदस्यहरुलाई विधानबमोजिम कारवाही हुने जनाएको छ ।
    महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै राजनीतिक दलका विभिन्न समितिमा पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी तथा सदस्यसमेत उम्मेदवार बन्नु महासंघको विधान विपरीत रहेको भन्दै ध्यानाकर्षण गरेका हुन् ।
    पत्रकारहरु विभिन्न दलको उम्मेदवार बनेको विषयमा प्राप्त आलोचना र टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै विधान उल्लघंन भएमा कारवाही हुनेतर्फ सचेत गराएको छ ।
    ‘राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्नसक्ने तर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।
    राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्र पर्ने महासंघले स्मरण गराएको छ । महासंघले केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा उच्च नैतिकता प्रस्तुत गर्न आग्रह समेत गरेको छ ।
    विज्ञप्तीमा महासंघको विधान, कार्ययोजना र पत्रकार आचारसंहिताविपरीत काम गर्नेलाई कारवाही गर्न महासंघ प्रतिवद्ध रहेको समेत उल्लेख छ ।(२०७८ मंसिर ५ गते)
    यो समाचार नेपाल प्रेस डटकमबाट साभार गरिएको हो