जुनु परियार÷टेम्के
खोटाङ । एकसाता देखि खोटाङबाट जारी हुने राहदानी सेवा अबरुद्ध हुदा सेवाग्राहीहरु मारमा परेका छन् ।
गृह मन्त्रालयले ईन्टरनेट सेवा वर्ललिङ्क संग गरेको र हाल वर्ललिङ्कको ईन्टरनेट अबरुद्ध हुदा सेवाग्राहीहरु मारमा परेका हुन् । अहिले राहदानी वनाउनका लागि खोटाङको सदमुकाम दिक्तेलमा देनिक जसो ५० जनाको हाराहारीमा सेवाग्राहीहरु आउने गरेका छन् तर राहदानी सेवा अबरुद्ध भएको कारण सेवाग्राही मारमा परिरहेका छन् ।
जिल्ला सदरमुकाम दिक्तेलमा जिल्लाको बराहापोखरी, जन्तेढुङ्गा, ऐसेलुखर्क, केपिलासगढी लगायतका दुर्गम गाउँपालिकाहरुबाट आएका सेवाग्राहीहरु अहिले एकसाता देखि सदरमुकाम दिक्तेलको महङ्गो होटेलहरुमा बस्न बाध्य भएका छन् ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले गृह मन्त्रालय र पराराष्ट्रमन्त्रालयमा आपूmले बारम्बार कुरा राखिरहेको भएता पनि समस्या समाधान हुन नसकेको जानकारी दिनु भयो । वर्ललिङ्का खोटाङ जिल्ला प्रतिनिधी छत्र पुरीले बुधबार देखि नेट सन्चालनमा आउने बताए पनि बुधबर नेट चलेको छैन । प्रतिनिधी पुरीले उदयपुरको रौतामा रहेको ईन्टरनेटको डिभाईस अज्ञात ब्यक्तिले बाहिर निकालेर पानी परेको समयमा भिजेकोले डिभाईसले काम नगरेको तर काठमान्डौबाट अर्को डिभाईस जडान गरी बुधबार बिहान देखि सञ्चालन हुने बताउनु भएको भएता पनि यो समाचार तयार गर्दा सम्म सञ्चालन हुन सकेको छैन ।
सेवाग्राहीहरु भने एकसाता सम्म दिक्तेल बस्दा प्रति लगभग १० हजार रुपियाँ खर्च भईसकेले यसको क्षतिपुर्ती सिडिओले की वर्ललिङ्क कसले बेहोर्ने भन्दै प्रश्न गर्न थालेका छन् । २०७९ भदाै १ गते ।
Category: समाचार
-

एकसाता देखि राहादानी सेवा अबरुद्धः सेवाग्राही मारमा
-

माओबादी केन्द्रको बैठक दिक्तेलमा सुरु
टेम्के सम्बाददाता । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको बिस्तारीत बैठक बुधबार देखि खोटाङको सदरमुकाम दिक्तेलमा सुरु भएको छ ।
समसामयिक बिषयहरुमा छलफल तथा निर्णय गर्नका लागि सुरु गरिएको जिल्ला हो । बैठकमा १ नम्बर प्रदेश खानेपानी तथा शिंचाईमन्त्री रामक्रुमार राई (पासाङ) तथा जिल्लाका दशैवटै पालिकाका पार्टी प्रतिनिधी तथा जनबर्गिय संगठनका प्रतिनिधीहरुको उपस्थिती रहेको नेकपा माओबादी जिल्ला अध्यक्ष दिपक पान्डे (आकाश)ले बताउनु भयो । बैठकमा छलफल गरिने अध्यक्ष आकासले १३ बुँदा प्रस्तुत गर्नु भएको छ । अध्यक्ष आकाशले प्रस्तुत गर्नुभएको १३ बुँदा माथि उपस्थित प्रतिनिधीहरुले आ–आप्mनो धारणाहरु राखिरहनु भएको जनाईएको छ । बैठक भोली बिहिबार सम्म हुनसक्ने जनाईएको छ । २०७९ भदौ १ गते । -

खोटाङ जनता समाजवादीमा तीनजनाले मात्र पार्टी छाडेका हुन्: जसपा
जुनु परियार (टेम्के सम्बाददाता)
जनता समाजवादी पार्टी परित्याग गर्ने तीन जना नेताहरु मात्र भएको जसपा खोटाङका उपाध्यक्ष पिके खम्बुले बताउनु भएको छ । जिल्ला सदरमुकाम दिक्तेलमा मंगलबार जसपा नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो खम्बुले यस्तो बताउनु भएको हो ।
जसपा खोटाङले जिल्ला कमिटिका अध्यक्ष सहित ३९ जना नेता कार्यकताले ३० गते सोमबार पार्टी परित्याग गरेको पत्रकार सम्मेलन मार्फत दिएको जानकारी गलत भएको विज्ञप्तीमा दावि समेत गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष भनिएको टंकबहादुर थापा, देवकुमार राई र दिपक तामाङ बाहेक अन्यले पार्टी नछोडेको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा जसपा नेपालको १५१ सदस्य मध्ये पूर्व नयाशक्ति पार्टीबाट आएका पहिल्यै सम्पर्क नरहेको दावी गरिएको छ । बाबुराम पक्ष नेताहरु पहिल्यै निस्कृय रहेको उल्लेख गरिएको छ ।
तर हाल सम्म कसैलाई पनि कारवाही नगरिएको जसपा नेपालका उपाध्याक्ष पिके खम्बुले बताउनु भयो । पार्टी छाडेर जानेहरु फर्किन समेत सक्ने भएकाले कसैलाई कारबाही भन्ने शब्द नराखी माथिल्लो कमिटिमा सिफारिस भने गरिएको उहाँको भनाई रहेको छ ।
जसपा नेपालका प्रदेश सदस्य नविन राईले पार्टी संगठनको विधानले जिल्ला समन्वय समितिले कुनै कारबाही गर्न नसक्ने प्रावधान नभएको बताउँदै रिर्पोटिङका रुपमा माथिल्लो कमिटिमा लेखेर पठाएको जानकारी दिए । २०७९ साउन ३१ गते । -

खेल स्थगित गर्न सिडियो कार्यालयमा निबेदन
टेम्के खवर सम्बाददाता । नेपाल आदिवासि जनजाति महासंघ जिल्ला समन्वय समिति खोटाङले आप्mना टिमलाई प्रतियोगिताबाट आयोजकले प्रतिबन्ध लगाएको भन्दै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई खेल स्थतिगर्ने सम्बन्धि निबेदन पेस गरेको हो ।
यहि १५ गते देखि खोटाङको सदरमुकाम दिक्तेलको माटिकोरे खेल मैलानमा सञ्चालन भईरहेको अन्तर संघसंस्था भेट्रन्स फुटबल प्रतियोगितामा सहभागी भएका नेपाल आदिबासि जनजाति महासंघ जिल्ला समन्वय समिति खोटाङका तर्फबाट सहभागी टिमलाई आयोजकले खेलमा प्रतिबन्ध लगाएको कारण ज्ञापनपत्र बुझाएको हो ।
यहि १७ गते भएको प्रतियोगितामा सहभागी हुन पुगेका महासंघले सालपा बिकास बैंकलाई ३–२ ले पराजित गरेपछि सालपा बिकास बैंकले महासंघका खेलाडी रेमन राई बिरुद्द छानविन गर्नको लागि आयोजमा निबेदन दिएका थियो । आयोजकले छानविनकोक्रममा खेलाडि राईलाई विगतमा लिगखेलहरुमा भाग लिएको अभियोगमा प्रतिबन्ध लगाएको थियो ।
यस बिवादको समाधान गर्नको लागि जिल्ला प्रशासन कार्यालय खोटाङमा दुवै पक्ष बीच छलफल भईरहेकोछ । २०७९ साउन २० गते । -

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा कारागार चलान
टेम्के खबर सम्बाददाता । हिमाली जिल्ला असोलुखुम्बुमा आप्mनै श्रीमतीलाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक पुरुष करागार चलान भएका छन् । श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी २६ बर्षीय अनुज खड्का भनिने विजयराज छिनाललाई मंगलबार पुर्पपक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले
जनाएको छ ।
आफ्नै श्रीमतीलाई पटक पटक यातना दिएको र बलात्कार गरेको श्रीमतीकै उजुरीका आधारमा पक्राउ परेको छिनाललाई कारागार चलान गरिएको हो । २०७९ साउन ४ गते ।
-

बालक हराएको पाचदिन पछि मृत फेला
टेम्के सम्बाददाता । हराएको पाँचदिन पछि खोटाङमा एक बालक मृत फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ खार्मीका १५ बर्षिय रविन दाहाल घर नजिकैको खोलाको दहमा आईतबार मृत अबस्थामा भेटिएको हो ।
मृतकका भेनाजु पवन थापाका अनुसार असार ८ गते बिहान नजिकैको बिद्यालय गएका दाहाल बेलुकी घर नफकेको कारण गाउघरमा खोजतलास गर्दा कहि नभेटिएको र आईतबार घर नजिकैको अखम खोलाको दहमा तैरिरहेको अबस्थामा फेला परेको थियो भने उनको कपडा र किताव खोला किनारामा नग्न अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दाहाल बिद्यालय छुट्टि भएपछि साथीहरु संगै विद्यालयबाट हिडेको तर केहि पर पुगेपछि साथीहरु संग म तल्लो बाटो जान्छु भनि छुटेको मृतकका भेनाजुले थापाले बताउनु भयो । मतकको शब जिल्ला अस्पतालमा पोष्टमार्टम गरि आफन्तलाई आईतबार नै बुझाईएको प्रहरीले जनाएको छ । २०७९ असार १३ गते -

बालेन शाहले दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति
नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले हिमालय टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार दिउँसो १ः०० बजे टेकुस्थित वातावरण विभाग पुगेका टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अष्भिट लामालाई साहले बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि पत्रकारद्वय त्यहाँ पुगेका थिए । स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ । २०७९/ असार १ गते । साभार राताेपाटी
-

खोटाङ जिल्ला समन्वयमा गठबन्धन प्यानल बिजयी
टेम्के सम्वाददाता । खोटाङ जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । सोमबार भएको समन्वय समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार साकेला गाउँपालिका रतन्छाका सनबहादुर राई निर्वाचित हुनु भएको छ ।
समितिमा उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका खार्मीका सुरेशकुमार तामाङ विजयी हुनु भएकाे छ । तमाङले एमालेका उमेदवार सन्ताेष राइलाइ पराजित गनु भएकाे हाे । सदस्यहरुमा दिरुम नपाका दुर्गाप्रसाद धिमिरे (नेका), जन्तेढुङ्गाका मोहन सुप्तिहाङ (नेका), हलेसी तुवाचुङ नगरपालिकाका ज्ञानेन्द्र राई (नेका) बिजयी हुनु भएको छ । त्यसैगरी महिला सदस्यहरुमा बिष्णुकला राई दिप्रुֿ (नेकपा माओबादी केन्द्र), दिप्रङ कला राई (नेका), केपिलासगढी दिलकुमारी राई (नेकपा एस), अल्पसंख्यकबाट एसेलुखर्क गापाका चमेली विश्वकर्मा (माओबादी) बिजयी हुनु भएको छ ।
प्रमुख निर्वाचन आयोग खोटाङका अनुसार दस पालिका रहेको यस जिल्लामा २० भोट रहेकोमा गठबन्धका उम्मेदवारहरुले १६÷१६ मत प्राप्त गर्नुभएको थियो भने बिपक्षि नेकपा एमालेका उम्मेदवारले चार भोट प्राप्त गर्नु भएको थियो । हलेसी तुवाचुङ नगरपालिकाका एमालेका किशोर श्रेष्ठले प्रमूख पदको लागि उम्मेदवारी दिनुभएकोमा उहाले चार मत पाउनु भएका थियो । नेकपा एमालेले प्रमुख पदमा मात्र उम्मेदवारी दिनु भएको थियो ।
निर्वाचित प्रमुख, उप्रमुख र अन्य सदस्यहरुले आजै सपथग्रहण गररि पदभार सम्हालेका छन् । २०७९ जेठ ३० गते । -

सम्पति सार्वजानिक
टेम्के सम्बाददाता । निवाचित जनप्रतिनिधी मध्ये खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले पहिलो पटक आप्mनो व्यक्तिगत सम्पत्ती सार्वजनिक गर्नुभएको छ । गत बैसाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवार बन्नु भएका नगरप्रमुख निर्वाचित भएका भट्टराईले आईतबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनमा सम्पत्ती सार्वजनिक गर्नुभएको हो ।
प्रमुख भट्टाराईले स्वेत पत्रमा सम्पन्ती सार्वजनिक गरे अनुसार आप्mनो नाममा दिरुमनपा ७ दोर्पामा पैतृक जग्गा १६ रोपनी २ आना ३ पैसा, दिक्तेलमा साढे ६ आना जग्गामा ८ कोठे २ तले काठको घर रहेको जनाईएको छ । त्यस्तै साझेदारीमै काठमाडौको डिल्लीबजारमा हलो हलेसी अफसेट प्रेस तथा साझेदारीमै दिक्तेलमा थुप्पा उधोग रहेको छ । नगरप्रमुख भट्टराईले थुप्पा उधोग सन्चालनका लागि एनआईसि एशिया बैंकबाट ७ लाख ५० हजार ऋण लिनु भएको जनाईएको छ ।
नगरप्रमुख भट्टराईका आमा पद्म कुमारी भट्टराईको नाममा सोहि वडामा ३ रोपनी ४ दाम १ पैसा, भक्तपुरमा श्रीमतीको नाममा ९ आना २ पैसा, श्रीमतीकै नाममा उदयपुरको रामपुरमा साढे २ कट्टा जग्गा रहेको छ । गहना साढे ७ तोला, चाँदी १६ तोला र श्रीमतीको नाममा बैंक खातामा ८० हजार नगद रहेको स्वेत पत्रमा उल्लेख गरिएकोछ ।
नगरप्रमुख भट्टराईले प्रमुखको टिकट पाएपछि चुनवी सभाहरुमा आफु निर्वाचित भएमा १५ दिनमा घोषणा गर्नु भएको थियो । सोहि कार्यक्रममा आप्mनो कार्यकाल पछि पनि सम्पत्ती सार्वजिन गर्ने सोहि कार्यक्रममा प्रतिबद्धता जनाउनु भयो । निर्वाचित जनप्रतिनिधीहरुले यसरी आप्mनो सम्पति सार्वजानिक गरेको भने यो पहिलो पटक हो । सार्वजानिक पदधारण गरेका व्यक्तिहरुले आप्mनो सम्पम्ति लिखितरुपमा गोप्य तरिका अपनाएर सम्पति सुद्धिकरण बिभागमा पेस गर्ने प्राबधान रहेको छ तर गरप्रमुख भट्टराईले भने पत्रकार सम्मेलन नै गरी स्वेतपत्र जारी गर्दै सम्पति सार्वजानिक गर्नुभएको हो । २०७९ जेठ २४ गते मङ्लबार । -
धकेलेर लडाउदा फुपाजुको मृत्यु
टेम्के सम्बाददाता । सामान्य वादविवादकोक्रममा धकेलेर लडाउदा खोटाङमा एक बृद्धको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ बर्षीय मन कुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउदा सोही ठाउँका ६९ बर्र्षीय हरीप्रसाद राईको मृत्यु भएको हो ।
यहि १९ गते राती ११ बजे एकआपसमा बिवाद हुँदा मनकुमार राईले धकेलेर लडाउदा हरीप्रसाद घाइते हुनु भएको थियो । उहाँको न्युरो अस्पताल काठमाण्डौमा उपचारकोक्रममा आईतबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिनुभयो । घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो । मृतक हरीप्रसाद र मन कुमार साईनोले फुपाजु भदै हुन् । २०७९ जेठ २३ गते ।

