Category: समाचार

  • हलेसी रक्सी कान्ड कस्ले के के भने

    हलेसी रक्सी कान्ड कस्ले के के भने

    ईलाका प्रहरी कार्यालय हलेसीले २०७८ कातिक १५ गते एउटा अभियान चलायो । ईलाका प्रहरी कार्यालय हलेसीले नगरपालिकाको केहि स्थानहरुबाट स्थानीयहरुको घरबाटै जाँड, रक्सि बरामत गरि नष्ट गर्ने अभियान सायद सम्पुर्ण राई समुदायको लागि असह्य भएर नै होला सामाजिक सञ्जालमा ब्यपक बनेर सामाजिक सञ्जालहरुमा अभियान सकिन साथ नकारात्मक भनाईहरु छ्यापछ्याप्ती भायो । यी भनाईहरुलाईलाई यहा जस्ताको तस्तै राखिएको छ । प्रहरी प्रशासनले त हाईकमान्डको आदेश मानेहोलान् तर सोहि नगरपालिकाका एक निर्वाचित वडा अध्यक्ष समेत बोतल, घ्याम्पाबाट जाँड रक्सि जफत गर्नमा सहभागी भएकाले पनि यो बिषय अलि पेचिलो बन्न गएको महसुस गरियो ।
    मैले मेरो फेसबुक आईडिमा आबद्द मित्रहरुले सार्वजानिक गरेका भनाईहरु यहा उल्लेख गरेको छु ।
    १) यूवा नेता रविन खम्बु “अब खोटाङमा कोदोको रक्सी (आराखा) को गुणस्तरमा लागौ बहुराष्ट्रिक्ष् कम्पनीको उत्पादनले गाउको पैसा सबै लगिसक्यो । यसलाई सबै राक्न सकिदैन तर हामी सबै लाग्ने हो भने क गर्न सकिन्छ । कम्सेकम खोटाङ बाहिर जिल्लाको मान्छे आउदा खोटाङविशेष कोदोको रक्सी खानै पर्छ भन्ने मान्यता स्थापित गरौ । हामीमा पनि बैमानी छ । कोदोको भनेर चामलको रक्सी बेच्ने गर्छौ । खानेले पनि कोदोको रक्सी खोज्छौ । १०० रुपियाँ पनि १ बोतलको महंगो भयो भन्छौ । । हामीमा पनि तालमेल हुन आवश्क छ । अहिले कोदो नै महँगो छ । १ सय रुपियाँमा कोदोको रक्सी बनाएर बेच्न सक्दैन । हामी बहुराष्ट्रिय कमपनीको रक्सीलाइै बोतलको १ हजार रुपियाँ तिर्न तयार हुन्छौ भने कोदोको रक्सीलाइै बोतलको २ देखि २ सय ५० सम्म तिर्न कन्जुस्याई तर्नु हुदैन । अब याजनाबद्द भएर कोदोको रक्सी गुणस्तरमा लागौ । कसैले हस्तक्षेप गरे सामूहिक प्रतिकार गरौ । कोदोको रक्सी बनाउन पाउने कानुन बनाउन दवाव दिन सबै क्षेत्रबाट लागौ । अब खोटाङमा हाम्रो अगुवाईमा गणस्तरीय कोदोको रक्सी बनायनृ काममा लाग्ने छौ” ।
    २) शिक्षक तथा समाजसेवी हेम नाछिरिङले भने वडाध्यक्ष चईन्द्र राईलाई लक्षित गर्नुहुदै भन्नु भयो “तपाई गज्जवले फस्नुभयो अध्यक्षज्यू, तपाईको यो हाँसो गलत ठाउँमा भयो । जुन कानुन गलत छ त्यसलाई लागु गर्नु त गलत नै हो । जसले यो कार्य गराउन प्रोत्सोहान ग¥यो उ यतिबेला गज्जबले हास्दै होला” ।
    ३) महिला अभियानकर्मी हरी तिलुङनी “होइनौ यो जाँड रक्सी बरामतगरेको पोष्टले त तहल्कै मच्यायो । हेरेर पढेर बस्दै दिन बित्यो । ब्याण्ड होईन ब्राण्डेड बनाउनु पर्छ, यो आम गरिव महिला तथा परिवारको बाध्यता हो, किराती संस्कारहो । हो सबैले हो ÷होस भन्नेनै हो । तर के हो, के हो भन्ने लहैलहैमा सबैले भेडा बन्ने ? नकारात्मक टिप्पणी मात्रै गर्ने ? के सहि हो त ? बहस गर्ने बुद्दी कसैको नआउने ? यसलाई ब्राण्डेड बनाउने पनि प्रकृया होला त्यता ध्यान कसैको नजाने ? जनप्रतिनिधी जो कोहि, जनुसुकै आस्थाका होउन् ती अस्थायी हुन् हाम्रा बिचार र जनमुखी सोंच स्थायी बनाऔ” ।
    ४) किसान चन्द्र राई “ब्यण्ड होईन ब्राण्ड बनाऔ बहस भईरहेको बेला यो आजको कृयाकलाप कति सहि ? यसबारे जिम्मेवार नीकायले गम्भिर भएर सोचोस ।
    ५) साहित्यकार श्रीराम राई “म जाँड रक्सी खादिन तर जाँड रक्सी भन्ने बितिकै म मेरो प्यारो गाउँधर, आमाबाबा र आफन्तहरु सम्झिन्छु । घर , मावलो र ससुराली सम्झन्छु । यहाँ हामी जन्मिनु अघि थेप्रै अबिभाबकको छत्रछाँयामा हुर्कियौ । न्वारान, छेवर र बिहे हुदै निरन्तर जीवन यात्रमा छौ जुन धरातल टेकेर हामी आयौ त्यही धरातल हामीलाइै रमाइैलो लाग्छ । हामीले पाएको सिडिओ, एलडिओ मात्रै होईन सिंगो जीवन नै अस्थायी छ । त्यहि पाएको पद र सम्मानको उपयोग गर्दै अगाडी बढ्न हामी सबैका लागि भलो हुने ।
    एकजना पात्रले नयाँ ठिमीको एउटा डिस्टिलरी पसलमा यसको मूल्य कति भन्दै सोधेछ । पसलेले सहजै जवापष्m दिएछ, यो ठाँउबाट आएको यसको क्याँस २७ हजार पर्छ । उता उसकै गाउँ चाडपर्वको मुखैमा बनाएको जाँडरक्सी पाईदै थियो । सयौ मनहरु रुदै थिए । फेसबुकभरी असन्तुष्टि गुणासो र विरोध हुदै थियो । महासय गरिवले चाहि बाँच्नु पर्दैन याहाँ ? देशको मूख्य ठाँउमा खुलेआम पेयपदार्थ बेच्दा किन सधैभरि गाउँमा थरहरी ?

  • मुख्यमन्त्रीमा राई नियुक्ती

    मुख्यमन्त्रीमा राई नियुक्ती

    प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ ।

    सोमबार निबर्तमान मुख्यमन्त्री भिम आचार्यले पदबाट राजिनामा दिएपछि मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गर्नुभएको हो ।
    प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गर्नुभए बमोजिम नेकपा समाजबादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा बहुमत सहित दावी गर्नु भएको थियो ।
    नबनियुक्त मन्त्री राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो । आचार्य गत भदौ महिनामा नेकपा एमालेको तर्फबाट प्रदेश १ को मुख्य मन्त्रीमा नियुक्ती हुनु भएको थियो । (२०७८ कातिक १६ गते)

  • तीन नम्बर वडामा शुभकामना

    तीन नम्बर वडामा शुभकामना

    टेम्के सम्बाददाता । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ३ बाम्राङले सोमबार शुभकामना आदनप्रदान तथा झन्डा पूजा गरेको छ ।
    बडा दशै २०७८ सालको पावन अबसर पारेर वडा कार्यालयले सो कार्यक्रमको आयोजना गरेको हो । आयोजित कार्यक्रममा नगरपालिकाका प्रमूख दिपनारायण रिजाल र उपप्रमुख बीनादेबी राईले नेपालको राष्ट्रिय झन्डाको पूजा गरि वडा कार्यालय परिसरमा रहेको नयाँ झन्डा परिबर्तन गर्नुभएको थियो ।
    सोहि अबसरमा नगरपालिकाद्धारा खरिद गरिएको नौमती बाजा नगरप्रमुख रिजाल, उपमेयर राई र वडाध्यक्ष ललितकुमार राईले संयुक्तरुपमा समुहका अध्यक्ष मनकुमार हिङमाङलाई प्रदान गरेका थिए । शुभ कार्यहरुमा बजाईने नौमति बाजाहरु लोप हुने अबस्था भएको कारण नौमती बाजा प्रबर्धनकै लागि पनि पालिकाले हस्तान्तरण गरेको वडाध्यक्ष राईले बताउनु भयो । (२०७८ असोज २५ गते)

  • वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई

    वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई

    खोटाङ, असोज १४– जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले समाजवाद प्राप्तीका लागि आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको बताएका छन् । जनता समाजवादी पार्टीले बिहिबार दिक्तेस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले पछिल्लो समय अधिकांश दलले समाजवादलाई अवलम्बन गरिरहेको उल्लेख गर्दै जसपा वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने बताएका हुन् । ‘समाजवाद प्राप्तीका लागि वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने चेष्टा गरिरहेका छौँ । तर, यो हाम्रो चाहनाले मात्र पुरा हुने कुरा होईन । अन्य पार्टीको चाहना र आवश्यकता के हो ? कस्तो नीति र व्यवहार अवलम्बन गर्छन्, त्यही हिसावले हामी अघि बढ्नु पर्ने हुन्छ,’ राईले भने, ‘सम्भवतः राष्ट्रव्यापी रुपमा ध्रुवीकरण सुरु भएको छ । केही पुरानो पार्टीले आफुलाई एक्लै अघि बढाउन कोसिस गर्लान् वा उनीहरुको पक्षमा गएर गठबन्धन गर्न अरु पार्टी तयार नहोलान् । त्यस्तो बेलामा अहिले रहेको वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्ने देखिन्छ ।’
    केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले वाम लोकतान्त्रिक ध्रुवीकरणका लागि अनौपचारिक रुपमा वार्ता, सम्वाद र छलफल अघि बढिरहेको जानकारी दिए । २०७८ असोज १६ गते । (यो समाचार पत्रकार दमन राईको सहयोगमा तयार पारिएको हो)

  • जेष्ठ नागरिकहरुले मनाए दिवस

    जेष्ठ नागरिकहरुले मनाए दिवस

    टेम्के खबर सम्बाददाता । जेष्ठ नागरिक संघ खोटाङले ३१ औं जेष्ठ नागरिक दिवस सुक्रबार मनाएको छ । जेष्ठ नागरिककोहरुको दिवसको अबसरमा खोटाङको सदरमुकाम दिक्तेल बजारमा बिभिन्न एक ¥याली प्रदर्शण गरि दिवस मनाएको हो ।
    जेष्ठ नागरिकहरुले दिक्तेलको जिल्ला प्रशासन कार्यालयडाँडा देखि त्रिबेणी चोक सम्म ¥याली प्रदर्शन गरेको थिए । सबै उमेरका लागि बिद्युतीय प्रबिधिको समान्ता भन्ने मुल नाराका साथ सहभागीहरुले जेष्ठ नागरिकहरुको माग गरेका थिए । (२०७८ असोज १६ गते)

  • दिक्तेल लफ्याङ ग्राभेल सुरु

    दिक्तेल लफ्याङ ग्राभेल सुरु

    टेम्के खबर सम्बाददाता । दिक्तेलको हस्पिटल चोक देखि लप्mयाङ सडक बिहिबार देखि ग्राभेल गर्ने कार्य सुरु भएको छ ।
    हस्पिटल चोक देखि साँढे सात किलोमिटर ग्राभेल हुने उक्त सडकको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले एक समारोहका बीच उद्घाटन गर्नु भएको थियो । साँढे सात मिटर चौडाई रहने उक्त ग्राभेल सडक निर्माण भए पछि खोटाङको दक्षिणी क्षेत्रका जनताहरुलाईलाई यातायात सुबिधा हुने नगर प्रमुख दिपनारायण रिजालले बताउनु भयो । सडक ग्राभेल गर्नको लागि साँढे सात करोड खर्च हुने नगर प्रमुख रिजालले बताउनु भयो ।
    उक्त सडक ग्राभेल नभएका कारण खोटाङको दक्षिणी क्षेत्रका साकेला दिपु्रङ चुईचम्मा, खोटेहाङ, बराहापोखरी र जन्तेढुङ्गा गाउँपालिका संग बर्षाको समयमा यातायात आवतजावत गर्न कठिनाई हुने गरेको थियो । उक्त सडकमा बर्षाको समय, बैसाख देखि असोज सम्म ठूला यातायातको साधन आवतजावत ठप्प नै हुने गरेको थियो भने साना मोटरसाईकल ट्याक्टर भने जोखिम मोलेर सञ्चालन हुने गरेका थिए । (असोज १३ गते बुधबार)

  • साकेला गाउँपालिकाका अशक्तहरुलाई घरमै नागरिक्ता

    साकेला गाउँपालिकाका अशक्तहरुलाई घरमै नागरिक्ता

    टेम्के खबर सम्बाददाता । साकेला गाउँपालिकाका तीन अशक्तहरुलाई घरघरमै गई नेपाली नगरिक्ताको प्रममाण पत्र प्रदान गरिएको छ ।
    साकेला गाउँपालिका बिभिन्न वडाका तीनजना अशक्तहरुलाई बुधबार घरमै पुगेर सो पालिकाका अध्यक्ष अर्जुनकुमार खड्काको पहलमा उहाँलेनै प्रदान गर्नु भएको हो । शारिरिक अशक्त भई सदरमुकाम जान नसकेका कारण नेपाली नागरिक्ता प्रमाण पत्र पाउनबाट बन्चित भएका सो पालिकाका वडा नं. ४ का २० बर्षिय खनिन दर्जी, वडा नं. ३ खिदिमा बोराकी २५ बर्षिया कृष्णकुमारी खत्री र सोहि वडाकी २५ बर्षिया रामकुमारी राईलाई उहाहरुको घरमै पुगेर अध्यक्ष खड्काले नागरिक्ता प्रदान गर्नुभएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताउनु भयो ।
    नागरिक्ता पाउने उमेर पुगेर पनि नागरिक्ता प्राप्त गर्नबाट बन्चित उनिहरुले राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने बाटो खुलेको सामाजिक शुरक्षा तथा पञ्जिकरण प्रमुख डिएम चामलिङले बताउनु भयो । नागरिक्ता प्रदान जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी दिनेश आचार्य, पञ्जिकरण प्रमुख डिएम चामलिङ तीन नम्बर वडा अध्यक्ष शिबकला राई लगायत उपस्थित हुनुहन्थ्यो । (असोज १३ गते)

  • खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने, को–को बन्दैछन् मन्त्री ?

    \माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो ।

    नेकपा (एकीकृत समाजवादी)का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ । जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएका हुन् ।

    त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि ‘एडजस्ट’ गर्नुपर्ने भन्दै नेता नेपालले सात मन्त्री मागेको बुझिएको छ । एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिएका छन् । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो । गठबन्धनबीच बिहीबारसम्म सरकारलाई पूर्णता दिने सहमति भएको बुझिएको छ ।  (यो समाचार रातेपाटीबाट लिइएको हो)

  • इमानसिं राईको निधनले सबै क्षेत्रमा क्षति

    खोटाङका शिक्षासेवी इमानसिं राईको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको सिरिसे निवासी राईको बुधबार ९६ वर्षको उमेरमा उपचारकोक्रममा निधन भएको हो । राईको निधनले खोटाङमा शैक्षिक, सामाजिक क्षेत्रमा क्षेत्रमा क्षेत्रमा क्षति पुगेको छ ।
    बिक्रम सम्बत् १९८२ साल पुस १५ गते जन्मिएका शिक्षासेवी राईको शिक्षण अस्पताल महाराजगञ्ज काठ्माण्डौंमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । सिकिस्त बिरामी परेका राईलाई मंगलबार उपचारका लागि हेलीकोप्टरमार्फत काठ्माण्डौं लगिएको थियो ।
    व्याई भर्ति भई बेलायती सेनामा लामो समय सम्म सेवा गरि अबकास हुनु भएको थियो । अबकास पछि शिक्षक पेशामा प्रवेश गरी उमेको हदको कारण शिक्षक सेवाबाट समेत अवकाश प्राप्त व्यक्ती हुन् । बिक्रम सम्बत २०२३ सालमा बेलायती सेनाबाट घाइते पेन्सन सुबिधा लिई अवकाश हुनु भएका राईले २०४७ सालमा शिक्षकबाट अवकाश लिनु भएका थिए । सेनाबाट फर्किएपछि सरस्वती मावि दिक्तेलमा पढाउँदै र सोही विद्यालयमा कक्षा ९ मा भर्ना भएर अध्ययन सुरु गरेका राईले बिएड उत्तिर्ण गरि महेन्द्रोद्धय माबि ओख्रे डाँडागाउँ र दिक्तेल ईङ्लिस बोर्डिङ स्कुसलका संस्थापक प्रिन्सिपलको भुमीका निर्वाह गर्नु भएका थियो ।
    उक्त बिद्यालयहरुबाट पुनः अबकास भई गाउकै बिद्यालय श्री साबित्रा माध्यामिक बिद्यालयमा केहि समय प्रधानाध्यपकक भई शैक्षिक पेशामा योगदान दिनु भएको थियो । शिक्षासेवी, सामाजिक अभियान्ता लगायतका बहुआयमिक व्यक्तित्वका धनी राई २०५४ सालमा तत्कालिन बाम्राङ गाबिस अध्यक्षमा पनि निर्वाचित भएका थिए ।
    शिक्षा र समाजसेवाका माध्यमबाट आफ्नो समाज, गाउँ र ठाउँको उत्थानमा सेवा पु¥याएकोमा
    िशक्षासेवी राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७५ सालमा एक लाख राशीको ‘नगर व्यक्ती पुरस्कार’ प्रदान गरेको थियो । बिभिन्न क्षेत्रबाट समाज तथा नगरपालिकाको उत्थानकालागि बिशेष योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गर्नेगरी स्थापना गरिएको नगर वर्ष व्यक्ती प७३घढसरस्कार सो वर्ष राईलाई प्रदान गरिएको थियो । खोटाङ, असोज ६ गते । (पत्रकार दमन राईको सहयोगमा)

  • कारागारका बन्दीकैदी रमाया आज

    खोटाङ समाचारदाता
    खोटाङ असार १६ गते । खोटाङ कारागारका कैदिबन्दीहरुले बिहिबार बिहान साँढे तीनघण्टा रमझममा बिताएका छन् । खोटाङको जिल्ला कारागारका कैदिबन्दीहरु बिहान ८ बजे देखि साँढे ११ बजे सम्म सन्देशमूलक नाटक, गित, गजल र कबिताहर सुनाएर र सुनेर रमाएका थिए ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कारागार मानब अधिकार प्रबर्दन सम्बन्धि सचेतना कर्याक्रमको अबसरमा कारागार भित्रै आयोजित कार्यक्रममा र्कायक्रमको संयोजक संस्था हङ्सबाहिनी फिल्मस् प्रोडक्सन प्रा. लि. ईटहरीका कलाकारहरुसंग बन्दिकैदीहरु साँढे तीन घन्टा रमायका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमूख दिपनारायण रिजालको प्रमूख आतिथ्यमा आयोजित कार्यक्रममा फिल्म प्रोडक्सन प्रा.लि.का कलाकारहरुले सचेतानामूलक प्रहसन, गित, गजल कबिताहरु प्रस्तुत गर्नुभएको थियो भने कैदीबन्दीहरुको तर्फबाट पनि त्यस्तै प्रकारका रचना प्रतिभाहरु प्रस्तुत गरेका थिए । कैदीबन्दीको तर्फबाट रोशन तामाङले कबिता, सान्तोष राई लगायत दजनौले गित प्रस्त्ुत गर्नुभएको थियो ।
    कारागारमा रहनु भएका कैदीहरुले कैद भुक्तान गरिसकेपछि समाजमा राम्रोसंग घुलमिल होस भन्ने मूख्य लक्षका साथ गरिएको यो कार्यक्रमको सभाध्यक्ष प्रमूख जिल्ला अधिकारी बिष्णुहरी उपाध्यय हुनुहन्थ्यो । यस कारागारमा अहिले पु्रुष ८२ महिला दुई गरि ८४ जना कैदी, थुनुवा बन्दी नौ पुरुष र एक नावालक रहेको जेलर चित्रखर आचार्यले बताउनु भयो । उजुर राई

  • उपचार खर्च तिर्न नसक्दा आत्महत्या तीन बच्चाको बिचल्लि

    उपचार खर्च तिर्न नसक्दा आत्महत्या तीन बच्चाको बिचल्लि

    श्रीमतीको खुसि र छोराछोरीको भबिश्य उज्यालो बनाउन बिदेश गएका तिलक राईले उपचार गरेको ऋण तिर्न नसक्दा आत्महत्या गरेका कारण तीन बाच्चाहरु बिचल्निमा परेका छन् ।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्वल्माका आप्mना परिवारको मीठो र सफल भबिस्यको खातिर आज भन्दा नौ बर्ष अघि बैदेशीक रोजगारको लागि कतार गए तर कतारमा कार्यरत रहेकै बेला प्यारालाईसिस भई स्वदेस फर्काइए । राई दाहिने हात खुट्टा नचल्ने अबस्थामा घर फर्किएर उपचार गर्दा लागेको खर्च तीर्न नसक्दा २०७८ असार २० गते आत्महत्या गरेका कारण श्रीमती सहित दुई छोरी र एक छोरा बिचल्लि परेका हुन् ।

    राई कतारबाट फर्कदा शौचालय जान नसक्ने अबस्थामा रहेको तर घर आए पछि उपचार गरेपछि हिडेर शौचालय सम्म जान सक्ने भएका थिए तर उनलाई साहुको ऋणको कारण आत्महत्यको बाटो रोजेको श्रीमती ……………… राईले सुनाईन् ।