Category: समाचार

  • जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पाले चुम्यो

    जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पाले चुम्यो

    जुनु परियार टेस

    सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा आज (शनिबार) भएको फाइनल खेलमा सोही नगरपालिकाको वडा नं.-११ खार्मीलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले उपाधि चुमेको हो । दर्शकका लागि निक्कै रोचक भएको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल नभएपछि ट्राइब्रेकरमार्फत प्रतियोगिताको उपाधि छिनोफानो गरिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडी सहभागी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् । प्रतियोगिताका विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्रथम, द्धतीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमलाई क्रमशः रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ नगदको साथमा ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताको अनुशासित टिममा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा तथा बेष्ट प्लेयरमा नेर्पाका सुरज राई घोषित भएका छन् । अनुशासित टिम र बेष्ट प्लेयरलाई क्रमशः नगद रु पाँच हजार ५५५ प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभरका बेष्ट किपरमा खार्मीका निशान विश्वकर्मा, बेष्ट डिफेण्डरमा खार्मीकै ध्रुव विश्वकर्मा, बेष्ट मिड फिल्डरमा नेर्पाका पारश कार्की, हाइ स्कोररमा नेर्पाकै विदेश राई, बेष्ट कोचमा नेर्पाका वीरेन गुरुङ र योङगेष्ट प्लेयरमा नेर्पाकै प्रज्वल गुरुङ घोषित भएका छन् । बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिएको क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता समापनको अवसरमा युट्युबर एवम् पत्रकार मनोज आचार्यलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गरिएको आयोजकले जनाएको छ । युट्युबर एवम् पत्रकार आचार्यले तेस्रो सँस्करणको प्रतियोगिता सफल पार्न उल्लेख्य भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको आयोजकले जनाएको छ । खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले दोस्रो सँस्करण वि.सं. २०७५ वैशाखमा सञ्चालन गरेको थियो । दोस्रो सँस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलले उचालेको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले यही फागनु-६ गते सोल्मा स्पोर्टस क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको थियो । सोल्माका स्थानीय समाजसेवी एवम् सिङ्गापुर प्रहरीका पूर्व प्रहरी निरीक्षक रुद्र राईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलो पटक आफ्नै खेलमैदान निर्माण गरेको छ । सोल्मा स्पार्टस् क्लबको खेलमैदान मध्यपहाडी लोकमार्गभन्दा करिब तीन किलोमिटर टाढा रहेको छ । प्रतियोगिता समापन कार्यक्रममा सितोरियो कराँतेका राष्ट्रिय खेलाडी विद्याकला राईलाई उहाँका ‘मावली विक्रम परिवार’ले नगद रु एक लाखसहित सम्मान गरेको छ । खेलकद्को माध्यमबाट आफ्नो जिल्ला तथा परिवारलाई विश्वमा परिचित गराएको भन्दै मावली परिवारले सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-७९ मा विद्याकलाले ५५ केजी तौल समूहमा रजत पदक हाँसिल गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा घर भएकी विद्याकलाले जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा दर्जनौँ पदक प्राप्त गर्नुभएको छ ।  २०७८ फागुन १३ गते ।

  • खार्मी र नेर्पा सेमीफाइनलमा प्रबेश

    खार्मी र नेर्पा सेमीफाइनलमा प्रबेश

    परिता तामाङ टेस

    खोटाङको सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगितामा दिक्तेल, बाक्सिला, नेर्पा र खार्मी सेमिफाइनल प्रवेश गरेका छन् । खोटाङका स्थानीय तहका वडालाई मात्र सहभागी गराइएको वडास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडीले सहभागिता जनाएका छन् । सोल्मास्थित सोल्मा स्पार्टस् क्लबको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटर फाइनल खेलमा आयोजकलाई ४-० ले हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा नेर्पाका खेलाडी जर्सी नं. १४ का सुरज राई म्यान अफ द म्याच घोषित भएका छन् । यस्तै, बिहीबार भएको क्वाटर फाइनलको अन्तिम खेलमा खोटेहाङ गाउँपालिका-६ इन्दे्रणीपोखरीलाई ३-१ ले हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा खार्मीका खेलाडी जर्सी नं. १३ का अमिन राई म्यान अफ द म्याच घोषित भएका छन् । यसअघि बुधबार भएको क्वाटर फाइनल खेलमा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडालाई ट्राइब्रेकरमा हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, बुधबार भएको क्वाटर फाइनलको दोस्रो खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङलाई २-१ ले हराउँदै केपिलासगढी गाउँपालिका-४ बाक्सिला सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनल खेल भोलि (शुक्रबार) मध्यान्ह साढे १२ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । सेमिफाइनलको पहिलो खेल दिक्तेल र नेर्पा तथा दोस्रो खेल खार्मी र बाक्सिलाबीच प्रतिस्पर्धा हुने आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धतीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ । वडास्तरीय फुटबल प्रतियोगिता समापनको अवसरमा एकजना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गर्ने क्लबले जनाएको छ । खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले ‘दिक्तेल नगरपालिका कप २०७२’ सञ्चालन गरेको थियो । प्रतियोगिताको अवसरमा आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र सोल्मा स्पोर्टस क्लब सोल्माका भेट्रान टिमबीच भएको मैत्रीपूणर् खेल बराबरीमा टुङ्गिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले यही फागनु-६ गते सोल्मा स्पोर्टस क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको हो । सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलो पटक आफ्नै खेलमैदान निर्माण गरेको छ । २०७९ फागुन ११ गते ।

  • प्रजातान्त्रिक योद्धा राईको शालिकसहितको पार्क स्थापना

    प्रजातान्त्रिक योद्धा राईको शालिकसहितको पार्क स्थापना

    जुनु परियार

    खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा तथा क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश सरकार, १ नं. प्रदेशको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको स्मृति पार्क तथा पूणर्कदको शालिक आज (सोमबार) उद्घाटन एवम् अनावरण गरिएको हो । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडीखेललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ शालिकसहितको स्मृति पार्क निर्माण गरिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो । “ऐतिहासिकस्थल टुँडीखेलमा जननायक रामप्रसाद राईको शालिक, बगैँचा, घेराबारा लगायत संरचना निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “क्रान्ति नायक रामप्रसाद राईको नाममा स्मृति पार्क तथा उहाँको शालिक आफ्नो गाउँपालिकामा स्थापना गर्न पाउँदा हर्षित भएका छौँ ।” फाइवरबाट निर्माण गरिएको जननायक राईको शालिक नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन तथा अनावरण गर्नुभएको हो । स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणा राई ‘दीक्षा’, खोटेहाङ गाउँपालिका उपप्रमुख रुपेश राई, साकेला गाउँपालिका उपप्रमुख बिर्सिका राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । खोटाङको पुरानो सदरमुकाम (वि.सं. २०२० सालसम्म जिल्लाका सम्पूणर् प्रशासनिक कार्यालयहरु रहेको) खोटाङबजारमा स्थानीय युवाले फुटबल खेल्न प्रयोग गर्दै आएका टुँडिखेलमा तत्कालीन गाउँपालिका प्रमुख प्रदीप राईको पालामा गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेर क्रान्ति नायक राईको स्मृति पार्क निर्माणको काम अघि बढाएको थियो । पर्खाल, प्रतीक्षालय लगायतका संरचनाहरु यसअघि नै निर्माण गरिएको टुँडिखेलमा वर्तमान जनप्रतिनिधि निर्वाचित भएर आएपछि आवश्यक बजेट व्यवस्था गरेर क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्कलाई पूणर्ता दिएर सञ्चालनमा ल्याएको हो । ब्रिटिस सेना (बेलायती सेना)को जागिर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालीन राणा सरकारले क्रान्ति नायक राईको कमाण्ड (नेतृत्व)मा खोटाङबजारमा सेना खटाएको थियो । सो टुँडिखेलमा क्रान्ति नायक राईले वि.सं. २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माविको प्राङ्गणमा करवीर फूल रोप्नुभएको प्रधानाध्यापक कुमार पराजुलीले बताउनुभयो । क्रान्ति नायक राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोप्नुभएको जनाइएको छ । क्रान्ति नायक राई राणाविरोधी सशस्त्र सङ्घर्षमा पूर्वी नेपालमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर रहनुभएको थियो । वि.सं. २००७ सालमा क्रान्ति नायक राईकै कमान्डमा भोजपुर अड्डा कब्जा भएको इतिहासमा उल्लेख छ । नेपाल सरकारले वि.सं. २०७५ पुस- १५ क्रान्ति नायक राईको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरिसकेको छ । जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बन्नुभएका राईले खोटाङबजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि शुरू गर्नुभएको थियो । खोटाङबजार छाड्नुअघि क्रान्ति नायक राई ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन् । क्रान्ति नायक राई छिमेकी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिका-७ बासिखोरामा बाबु धोजवीर राई र आमा रत्नमायाँ राईको कोखबाट वि. सं. १९६५ फागुन-१८ गते जन्मनुभएको थियो । प्रजातन्त्र स्थापनापछि वि. सं. २००८ साल अन्तरिम प्रधानमन्त्री मोहनशमशेर राणाको निर्देशनमा पक्राउ पर्नुभएका क्रान्ति नायक राई हालसम्म बेपत्ता हुनुहुन्छ । २०७९ फागुन ९ गते ।

  • वडास्तरीय फुटबल प्रतियोगितामा नेर्पाको विजयी शुरुवात

    वडास्तरीय फुटबल प्रतियोगितामा नेर्पाको विजयी शुरुवात

    जुनु परियार

    सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेल मैदानमा शुरु भएको खेलको उद्घाटन कार्यक्रममा शुभम् फाउण्डेशनका विद्यार्थीले साँस्कृतिक कार्यक्रम तथा तेक्वान्दो खेलको डेमोस्ट्रेशन प्रर्दशन गरेका थिए । प्रतियोगिताको शुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र सोल्मा स्पोर्टस क्लब सोल्माका भेट्रान टिमबीच भएको मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ ।
    निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेललाई पछि निर्णय गर्ने गरी टुङ्ग्याइएको आयोजकले जनाएको छ । मैत्रीपूर्ण खेलको पुरस्कार राशि नगद रु दश हजार राखिएको आयोजक सोल्मा स्पोर्टस् क्लबका सल्लाहकार समिति सदस्य गङ्गाबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
    उद्घाटन खेलपछि सोल्मा स्पोर्टस क्लब सोल्माले युवा समाजसेवी हटमिलन राईलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सोल्मामा हुने गरेका सबैखाले सामाजिक कामहरुमा अग्रभाग रहेर आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएकोमा उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
    प्रतियोगिताको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र वडा नं. १४ बुइपाबीच भएको थियो । खेलको मध्यान्तरसम्म कुनै पनि गोल नभएको खेलको मध्यान्तरपछि भने, नेर्पा स्पोर्टस क्लबले लगातार तीन गोल गरेको छ ।
    नेर्पाका लागि १० नं. जर्सीका मिङ्मार तामाङ, ९ नं. जर्सीका विदेश राई र ८ नं. जर्सीका विशाल पाण्डेले गोल गर्दा बुइपा स्पोर्टस क्लब पराजित भयो । प्रतियोगितामा नेर्पाका ४ नं. जर्सीका आशिष राई म्यान अफ दि म्याच घोषित भएका छन् ।
    प्रतियोगिताको दोस्रो खेल भोलि (आइतबार) खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरबीच हुने भएको छ । जम्मा तीनवटा खेलमध्ये दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र वडा नं. ४ खाल्ले साथै अन्तिम खेल वडा नं. १० पाथेका र वडा नं. ३ बाम्राङबीच हुने आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम, द्धतीय र सेमीफाइनलिष्ट हुने दुईवटा टोलीले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ ।
    खोटाङभित्रका स्थानीय तहका वडालाई मात्र सहभागी गराइएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १८ वटा टिम सहभागी छन् । वडास्तरीय फुटबल प्रतियोगिताको अवसरमा एक जना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गर्ने क्लबले जनाएको छ ।
    खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले ‘दिक्तेल नगरपालिका कप २०७२’ सञ्चालन गरेको थियो । पाँच वर्षअघि सञ्चालन गरिएको प्रतियोगितामा वडा नं. १ दिक्तेलले उपाधि चुमेको थियो  । २०७९ फागुन ७ गते।

     

  • नेराकस (निजामती) को अध्यक्षमा सुवेदी

    नेराकस (निजामती) को अध्यक्षमा सुवेदी

    परिता तामाङ टेस
    नेकपा (माओवादी केन्द्र) निकट कर्मचारीहरुको सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी चयन हुनुभएको छ । सङ्गठनको शनिबार दिक्तेलमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा सविना मगर र कल्पना तोलाङ्गे, सचिवमा पङ्कज आचार्य, सहसचिवमा करुना श्रेष्ठ र कोषाध्यक्षमा युवराज कालीकोटे चयन हुनुभएको छ । समितिको सदस्यहरुमा काँशीराज कार्की, विष्णु श्रेष्ठ, सयन्द्र राई, विवश राई, सम्झना माझी, दीपक राई, प्रदीप पोखरेल, कमला विश्वकर्मा, रामबहादुर नेपाली र विष्णु अधिकारी रहनुभएको छ ।
    सदरमुकाम दिक्तेलको जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले १७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा धर्मराज आचार्य, मोहन महासेट, दीपकचन्द्र आचार्य, मनकुमार राई, विमलकुमार देव, मीना राई, कृष्णप्रसाद बास्तोला, ध्यानबहादुर राई, तुलसी गुरागाईँ, मोहन मगर, सुनिल पन्थी, तेजप्रकाश देवकोटा, कान्ती श्रेष्ठ, रामसागर मण्डल र नीरकुमार बस्नेत रहनुभएको छ ।
    यस्तै, सङ्गठनको प्रदेश प्रतिनिधिमा उत्तम आचार्य, बाबुराम बस्नेत, युवराज कालीकोटे, प्रेमकुमार राई, धनकुमार खत्री, सुजन राई, तोसल भट्टराई र प्रविणा तोलाङ्गे छनौट हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा राजकुमार राई, सुजन भण्डारी, तीर्थ विश्वकर्मा र होमनाथ ढकाल चयन हुनुभएको छ ।

    सङ्गठनको जिल्ला अधिवेशन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै १ नं. प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका पासाङले कर्मचारीले सत्य, निष्ठा र विश्वसनीयताका आधारमा काम गर्नुपर्ने बताउनुभयो ।
    कर्मचारी जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका व्यक्ति भएकाले राष्ट्रसेवक कर्मचारीहरुसँग जनताले धेरै आशा राख्ने गरेको उहाँले बताउनुभयो । नेपाली जनताको लामो त्याग, तपश्या र बलिदानबाट प्राप्त वर्तमान व्यवस्थालाई थप प्रभावकारी बनाउन राष्ट्रसेवक कर्मचारीको सबैभन्दा ठूलो दायित्व रहेको पनि उहाँले बताउनुभयो ।
    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले जनतासँग रातदिन सँगै काम गर्ने कर्मचारी र नेताहरुको बीचको सम्बन्ध समधुर रहनु पर्ने बताउनुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीहरुको सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीमा आवद्ध कर्मचारीहरुले पार्टीले हाँकेर ल्याएका आन्दोलनको उपलब्धीको रक्षार्थ उभिनुपर्ने बताउनुभयो ।
    नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश समिति सदस्य टंक थापा, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)का केन्द्रीय उपाध्याक्ष अम्बादत्त भट्ट लगायत पार्टीका नेता तथा कार्यकर्ता पार्टी निकट जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको रहेको थियो ।
    उद्घाटन कार्यक्रममा सङ्गठनका पूर्वकेन्द्रीय उपाध्याक्ष विनोद थापामगरलाई दोसल्ला ओडाएर सम्मान गरिएको सङ्गठनका निवर्तमान अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा सहयात्री सङ्गठनका प्रतिनिधीहरु निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुव कार्की, नेपाल निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष रेखा राई, नेपाल निजामती कर्मचारी युनियन खोटाङका जिल्ला सचिव शम्भु तामाङ लगायतको उपस्थिति रहेको थियो  । २०७९ फागुन ६ गते सनिबार ।

  • भोली देखि सोल्मामा फुटबल धमाका

    भोली देखि सोल्मामा फुटबल धमाका

    परिता तामाङ(टेस)
    भोली सनिबार देखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मामा फुटबलको धमाका हुदैछ । सोल्ला स्पोर्टस क्लवको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुनेछ ।
    वडा स्तरमा खेलाईने उक्त प्रतियोगितामा १२ बिधामा पुरस्कारहरु प्रदान गरिने क्लवका अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष ध्रुवबिक्रम राईले बताउनु भयो । उक्त खेलमा प्रथम र द्धतिया हुने टिमलाई क्रमश १ लाख ११ हजार १११ रुपियाँ, ६६ हजार ६६६ रुपियाँ प्रदान गरिने छ ।
    उक्त प्रतियोगितामा १८ टिमको सहभागिता रहेके र खेल तालिका समेत सार्बजानिक गरिसकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेर्पा, बुईपा, लप्mयाङ, नुनथला, सोल्मा आयोजक, सोल्मा, बाहुनीडाँडा, दिक्तेल, खाल्ले, पाथेका, बाम्राङ, रतन्छा, बाक्सिला, खार्मी, हलेसी, ईन्द्रेणीपोखरी, सावाकटहरे, सप्तेश्वरले सहभागीता जनाएको छ ।
    जिल्ला भित्रका टाढा÷टाढा गाउँपालिकाका टिमहरु पनि उत्साहजनक सहभागिता रहेकोले निकै रोमान्चक खेल हुने आयोजकको दावी रहेको छ । खेलमा सहभागी टिममा सम्बन्धित वडाका बाहेक तीनजना बाह्य खेलाडीहरु पनि सहभागी गराउन पाउने भएकोले बाह्य खेलाडीहरुको खेल खेल्ने शिप र जाँगर स्थानीय खेलाडीहरुले सिको गरि खोटाङका खेलाडीहरुको खेल कौशलमा बृद्धि हुने आशा गरिएको अध्यक्ष ध्रुबबिक्रम बताउनु भयो ।
    खेलमा सेमिफाईनललिष्ट दुईटिमलाई ३३ हजार ३३३ रुपियाँ, अनुशासित, बेष्ट ल्पेयरलाई ५ हजार ५५५ रुपियाँ, बेष्ट किपर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, हाई ईस्कोरर, बेष्ट कोच र योङ्ग एप्ट ल्पेयरलाई ३ हजार ३३३ रुपियाँ प्रदान गरिने छ ।

    एकसाता सम्म सोल्मा खेलमैदानमा सञ्चालनहुने उक्त प्रतियोगितामा संघीय सांसद तथा नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार राई पासाङको प्रमुख आतिथ्य रहने आयोजकले जनाएको छ । २०७९ फागुन ०५ गते ।

  • खोटाङ निर्माणको लागि सबै एकै ढिक्का हुनु पर्छ– सांसद राई

    खोटाङ निर्माणको लागि सबै एकै ढिक्का हुनु पर्छ– सांसद राई

    जुनु परियार(टेस)
    खोटाङका सांसद रामकुमार राई (पासाङ)ले निर्वाचनको बेला हामी खोटाङे जनताहरु बैचारीक हिसावले फरक÷फरक तरिकाले लागेता पनि अब खोटाङ निर्माणको लागि एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भएको छ ।
    उक्त कुरा सांसद राईले बिहिबार प्रेस सेन्टर खोटाङले जिल्लाको सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बताउनु भएको हो । सांसद राईले आपूmले खोटाङ जिल्लामा निर्माणाधिन अबस्थामा रहेका अधुरा योजनाहरु पुरा गर्नकोलागि लागिपरिरहेको जानकारी गराउनु भयो । जिल्लामा निर्माणधिन अबस्थामा रहेका मध्ये पहडी लोकमार्ग अन्तर्गत सेखुवा—चखेवा मन्ञ्याङ सडक, रसुवाघाट—पान्धारे सडक, सावाखोला मोटरेवल पुल, बंसिलाघाट पुल र अन्य धेरै बिकास निर्माणका कामहरु तिव्र गतिमा भईरहेको समेत पत्रकारहरुलाई जानकारी दिनुभयो ।
    सांसद राईले आफु प्रदेश सिंचाई तथा उर्जामन्त्री हुदा खोटाङ
    जिल्लामा मत्रै ८४ वटा सानाठूला योजानहरु पार्न सफल भएको बताउनु भयो ।
    मुलुकमा अहिले बाह्य हस्तक्षेप र बिगतका राजनिति घटनाक्रमलाई हेर्दा राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनु पर्ने अबस्था आएको समेत सांसद राईले बताउनुभयो । सांसद राईले अहिले सभामुखसमक्ष ४६ वटा बिद्येयक थन्किएर रहेको बताउनु हुदै उक्त बिद्येयक पारित भएमा मुलुक सहजरुपमा अगाडी बढ्ने दावा गनुृ भयो ।
    हाल बहालीमा रहेका सांसदहरुले नै संबिधान बिपरित अभिब्यक्ति दिईरहेको कारण प्रधानमन्त्रीले त्यस्ता अभिव्यक्तिलाई रोकथाम गर्नु भएको सांसद राईले बताउनु हुदै राष्ट्र यो मुलुकमा राजतन्त्र कहिले नर्फकने बताउनु हुदै यो अभिव्यक्तिलाई भनेको निभ्ने बेलाको बत्तिको संज्ञा दिनु भयो ।
    कार्यक्रम दिक्तेलको भवनगैराको श्रेष्ठ होटलको सभाहलमा प्रेस सेन्टरका केन्द्रिय सदस्य उजुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । २०७९ फागुन ४ गते

  • बाम्राङ समाजको दुईलाख ९० हजार सहयोग

    बाम्राङ समाजको दुईलाख ९० हजार सहयोग

    परिता तामाङ (टेस)
    बाम्राङ परिवार हङकङले आगलागि पिडीतहरुलाई २ लाख ९० हजार ८१३ रुपियाँ नगद सहयोग गरेको छ । गत पुस नौ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङको झिसेपु नेवारगाउँमा आगलागि हुदा तीन घर जलेर नष्ट भएको थियो ।
    बाम्राङबाट कर्मथलो बनाई हङकङ ब
    स्दै आएका २० जना ब्यक्तिहरुले उक्त रकम दैवी प्रकृति प्रकोप खोटाङ र वडा कार्यालय मार्फत आगलागि पिडीतहरुलाई बुधबार एक कार्यक्रम गरि पिडीतहरुलाई उपलब्ध गराएको हो ।
    सहयोग गर्नेहरुमा हङकङबासी किन्दर राई सामातुङ काभ्रेटोल १२ हजार ११०, किन्दर राई सामातुङ सुविदारटोल १७ हजार ३००, गम्भिर राई खाल्ले ८६ हजार ५००, मेनुका राई सामातुङ ८ हजार ६५०, कमला राई ८ हजार ६५०, सरला राई चुप्ला १० हजार ३९७, पिताम्बर राई सामातुङ काभे्रटोल ८ हजार ७७१,१७ हजार ३००, कबिता राई समातुङ ८ हजार ६५०, लिला राई सामातुङ ८ हजार ६५०, सन्जय राई सामातुङ ८ हजार ६५०, किसान राई सामातुङ ८ हजार ६५०,रुपियाँ रहनु भएका छन् ।
    त्यस्तै अन्य सहयोगीहरुमा हृदय राई चुप्ला १७ हजार ३००, माला राई सामातुङ ८ हजार ६५०, लोकनारायण जोशी झिेसेपु नबिन राई कट्टी, ८ हजार ६५० दिलकुमार राई संखु ८ हजार ६५०, योगेस राई काहुले ८ हजार ६५०, मनोज राई सिरिसे ८ हजार ६५० र बिकि राई संखु ८ हजार ६६७ रहेका छन् । हङकङबाट उठाईएको सहयोग रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप—प्रमुख बिसन राईले हस्तान्तरण गर्नुभएको थियो ।
    सोहि अबसरमा दिक्तेलको भवनगैराका बिभिन्न ब्यक्तिहरुबाट उठेको सहयोग रकम भबनगैराका केशब श्रेष्ठद्धयले पिडीत परिवारहरुलाई ३२ हजार ६० रुपियाँ हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै काठमान्डौबाट बिभिन्न ब्यक्तिहरुबाट पठाईएको सहयोग रकम ५१ हजार ५ रुपियाँ समेत हस्तान्तरण गर्नु भएको थियो ।
    पिडीत परिवारहरुलाई रकम हस्तान्तरण कार्यक्रममा उप–प्रमुख राईले पिडीत परिवारहरुलाई सान्त्वना तथा सहयोगीहरुलाई धन्यबाद प्रदान गर्नुभएको थियो । २०७९ पुस २७ गते ।

  • आयोजकलाई हराउदै नेर्पाले जित्यो ‘अनुप स्मृति गोल्डकप

    आयोजकलाई हराउदै नेर्पाले जित्यो ‘अनुप स्मृति गोल्डकप

    जुनु परियार(टेस)
    आयोजक टिम खोटाङ फुटवल क्लवलाई हराउदै ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले जितेको छ ।
    एकसाता अघि देखि दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो ।
    यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले नै जितेको थियो । खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल खेलको मध्यान्ह पछि गर्न सफल भयो ।
    विजेता टिम नेर्पालाई नगद २ लाख ५१ हजार रुपियाँको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका उपविजेता डिएफसीलाई नगद रु एक लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
    विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले पुरस्कार हस्तान्तरण गरेका थिए । सेमिफाइनलिस्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस् क्लब ओखलढुंगाले नगद रु २५÷२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
    खेलको विद्यागततर्फ डिएफसीका तर्फबाट उत्कृष्ट गोलरक्षक सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्स टेकेन रानामगर, उत्कृष्ट मिडफिल्डर विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेस्ट प्लेअर अफ द टुर्नामेन्ट दिक्तेलका भूषण ताम्राकार खेलभरिकै उत्कृष्ट खेलाडी मनीष लिम्बू, घोषित भएका छन् भने, अनुशासित टिमको उपाधि (डिएफसी)लाई प्रदान गरिएको छ ।
    यस्तै, खेल अबधिभर सर्वाधिक गोलकर्ता नेर्पाका बिकी राई, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङलाई प्रदान गरिएको छ । विद्यागत उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र टिमले जनही नगद रु पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
    माउण्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा भएको प्रतियोगितामा खोटाङका विभिन्न सातवटा क्लब तथा ओखलढुंगा, सुनसरी र इलाम जिल्लाका खेलाडीको सहभागिता थियो ।
    माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोकनजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थी अनुपको सम्झनामा माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको छ । प्रथम संस्करणमा रु एक लाख ११ हजार १११ र दोस्रो संस्करणमा रु एक लाख ५१ हजार १११ पुरस्कार राशि राखिएको थियो। यसअघिका दुई संस्करण गोल्डकपकोरूपमा सञ्चालन भएको अनुप स्मृति अनुप स्मृति गोल्डकपको तेस्रो संस्करण गत वर्षहरूको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छख । २०७९ पुस २४ गते

  • दुईलाख एकउन्न हजारको लागि नेर्पा र दिक्तेलको भिडन्त

    दुईलाख एकउन्न हजारको लागि नेर्पा र दिक्तेलको भिडन्त

    परिता तामाङ (टेस)
    दिक्तेलमा भइरहेको तेस्रो संस्करणको ‘अनुप स्मृति आमन्त्रित गोडकप’का लागि उपाधिका लागि नेर्पा स्पोर्टस क्लब र दिक्तेल फुटबल क्लब (डिएफसी) बीच भिडन्त हुने भएको छ ।
    गत बिहीबार देखि माटिकोरे खेलमैदानमा सुरु भएको सेमिफाइनलमा खेलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पाले हराएको थियो भने मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई डिएफसीले हराएर दुइ टिम फाइनलमा पुगेका थिए ।
    बिहिबार भएको सेमि फाइनल खेलमा नेर्पाले इलामलाई ६-२ गोलान्तरले र डिएफसीले ओखलढुंगालाई पेनाल्टी सुटआउटमा ५-४ को गोलान्तरले पराजित गरेको थियो । नेर्पाकातर्फबाट साइमन लिम्बू र बिकी राईले दुई/दुई तथा सुदीप श्रेष्ठ र बिजु भुजेलले एक-एक गोल गरे । इलामकोतर्फबाट सञ्जय रम्तेलले दुई गोल गरे ।
    अर्को सेमिफाइनलमा निर्धारित समयमा दुवैतर्फबाट एक-एक गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । डिएफसीका मनिष लिम्बू र ओखलढुंगाका मनकृष्ण राईले गोल गरे । थपिएको समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो ।
    नेर्पा र डिएफसीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेबाट सुरु हुने खेल संयोजक युधीर शाक्यले जानकारी दिए । नेर्पा डिफेन्डिङ च्याम्पियन हो ।
    माउन्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह-आयोजनामा भइरहेको गोल्डकपका विजेताले नगद दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक सागर जोशीले जानकारी दिए । प्रतियोगिताका उपविजेताले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र दिक्तेल भिड्ने
    दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) भिड्ने भएका छन् ।
    माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पा र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई हराउँदै डिएफसी फाइनलमा पुगेका हुन् ।
    नेर्पाले इलामलाई ६-२ तथा डिएफसीले ओखलढुंगालाई पेनाल्टी सुटआउटमा हरायो । नेर्पाकातर्फबाट साइमन लिम्बू र बिकी राईले दुई-दुई तथा सुदीप श्रेष्ठ र बिजु भुजेलले एक-एक गोल गरे । इलामकोतर्फबाट सञ्जय रम्तेलले दुई गोल गरे ।
    अर्को सेमिफाइनलमा निर्धारित समयमा दुवैतर्फबाट एक-एक गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित समयमा डिएफसीका मनिष लिम्बू र ओखलढुंगाका मनकृष्ण राईले गोल गरी खेल बराबरी भएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो ।
    नेर्पा र डिएफसीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेबाट सुरु हुने खेल संयोजक युधीर शाक्यले जानकारी दिए । नेर्पा डिफेन्डिङ च्याम्पियन हो ।
    माउन्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह-आयोजनामा भइरहेको गोल्डकपका विजेताले नगद दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक सागर जोशीले जानकारी दिए । प्रतियोगिताका उपविजेताले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
    खेल सम्पन्न गर्नको लागि बिभिन्न संघसंस्था, नगरपालिका, वडाकार्यालयहरु र ब्यक्तिगत आर्थिक तथा नैतिक सहयोग गरेको थिए । २०७९ पुस २२ गते ।

  • माओवादीबाट मन्त्रीका सम्भावित दाबेदार को को छन् ?

    माओवादीबाट मन्त्रीका सम्भावित दाबेदार को को छन् ?

     

    नेकपा माओवादी केन्द्रबाट कुल ७ देखि ९ मन्त्रालय बनाउने तयारी गरिएको छ । संविधानले २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था छ । नेकपा एमाले,

    माओवादी केन्द्र सहित सात दल र स्वतन्त्र सांसदले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका छन् । अहिलेसम्म ८ मन्त्रीले शपथ लिइसकेका छन् । अब १७ मन्त्री मात्रै बनाउन सक्ने अवस्था छ ।

    माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रीको शपथ लिइसकेका छन् । अब माओवादीबाट बढीमा ८ मन्त्री बन्न सक्ने प्रधानमन्त्रीकी एक स्वकीय सचिवले गंगा दाहालले बताइन् । ‘अहिले गठबन्धनको सरकार भएकाले सबैलाई चित्त बुझाउनुपर्ने छ । सबैको चित्त बुझाएपछि हामीले लिने अवस्था छ,’ दाहालले भनिन् ,‘त्यसो हुँदा अब बढीमा ८ मन्त्री पार्टीबाट बन्ने अवस्था छ ।’ प्रधानमन्त्री प्रचण्डले अब सबै दलसँग छलफल गरेर प्याकेजमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    माओवादीबाट अब हुने मन्त्रीमा वर्षमान पुन पहिलो दाबेदार हुन् । अहिलेका नयाँ गठबन्धनका सूत्रधार भएकाले मन्त्री पदमा पुनको स्वाभाविक दाबेदारी रहेको छ । तर रवि लामिछाने उपप्रधानमन्त्री सहित गृहमन्त्री भइकेकाले उनी भन्दा तल्लो  वरियतामा बसेर मन्त्री नहुने सम्भावना पनि छ । पार्टीबाट उपप्रधानमन्त्रीमा श्रेष्ठ भइसकेकाले अर्को उपप्रधानमन्त्री थपिने अवस्था छैन । त्यसो हुँदा पुन मन्त्री नहुने प्रबल सम्भावना छ । तर, पुनका स्वकीय सचिव सन्तोष पुनले सरकारमा जाने वा नजाने विषयमा फाइनल भई नसकेको बताए । अहिले सरकारमा जाने विषयमा छलफल भइरहेकाले केही भन्न नसकिने पुनले बताए । पुन यसअघि तीन पटक मन्त्री भई सकेका छन् । यस्तै अर्का पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेत मन्त्री हुने सम्भावना भएका नेता हुन् । लगातार चार पटक सांसद र तीन पटक मन्त्री भएका बस्नेत चौथो पटक मन्त्री हुन लागेका छन् । तर पुन जस्तै बस्नेत पनि वरियतामा रविभन्दा तल रहेर मन्त्रिपरिषद्मा सहभागी हुने कि नहुने भन्नेमा अन्योलमा छन् ।

    यस्तै माओवादीबाट मन्त्री हुने सम्भावना भएको नेतामा रेखा शर्मा हुन । दाङ २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर निर्वाचित भएकी थिइन । दुई पटक समानुपातिक सांसद र एक पटक प्रत्यक्ष निर्वाचित शर्मा एक पटक सामान्य प्रशासन मन्त्री भई सकेकी छन् । माओवादीबाट महिला नेतामध्येबाट शर्मा मात्रै निर्वाचित भएकाले मन्त्री हुने सम्भावना  रहेको छ । तर, शर्माले आफूलाई मन्त्री बनाउने विषयमा जानकारी नभएको बताइन । पार्टीले मन्त्री बनाएमा सरकार जाने शर्माको भनाई छ ।

    यस्तै भोजपुरबाट निर्वाचित सुदन किराती, मोरङ–४ बाट निर्वाचित अमनलाल मोदी मन्त्रीका प्रवल दाबेदार हुन । किराती ​र मोदी तीन–तीन पटक सांसद भई सकेका छन् । किराती र मोदीले मन्त्री हुने अवसर नपाएकाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने देखिएको छ । किराती र मोदीलाई प्रचण्डले समेत यसअघि मन्त्री बनाउन खोज्दा समेत हुन नसकेका थिएनन्  । प्रचण्ड प्रधानमन्त्री भएपछि किराती जनजाति कोटा र मोदी मधेसी कोटबाट समेटिन सक्ने बताएको छ । यस्तै माओवादी चुनाव चिन्ह लिएर जितेका सर्लाही २ का महिन्द्र राय यादव मन्त्री हुनेमा पक्का जस्तै छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीका नेता यादव एक्लैले मात्रै चुनाव जितेकाले मन्त्री हुने निश्चित जस्तै छ ।

    दोलखाबाट निर्वाचित गंगा कार्की, काभ्रे १ बाट निर्वाचित सूर्यमान दोङ, नुवाकोट १ बाट हितबहादुर तामाङ सम्भावना भएका सांसद हुन । कार्की पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भएपनि पार्टीको पुरानो नेता भएकाले उनी मन्त्री हुन लागि परेका छन् । दोङ यसअघि राज्य मन्त्री मात्रै भएकाले पार्टीको पुरानो नेता भएकाले यस पटक मन्त्री हुन जोडबलका साथ लागेका छन् । यस्तै तामाङ लगातार चार पटक निर्वाचित हुँदा समेत एक पटक मात्रै भएकाले मन्त्री हुन पाउनुपर्ने माग छ । राताेपाटी

  • खोटाङ दिक्त्तेलका भाकाहरु लण्डनमा अनवरत गुञ्जिँरहदा

    खोटाङ दिक्त्तेलका भाकाहरु लण्डनमा अनवरत गुञ्जिँरहदा

    भीम राई

    हाते घडीमा समय अपरान्हको ४ बजेको हुनुपर्छ । अझै तिथिमिति तोकेर ठ्याक्कै भन्ने हो भने त्यस दिन १२ नोभेम्वर २०२२ को दिन हुन आउँछ । बेलायती नोभेम्बर महिना भनेपछि मुटु ठिङ्ग्रिने जाडोको कल्पना गर्न सकिन्छ । त्यति मात्र नभएर त्यस महिनामा बेलायती आकासदिउसै अन्धकारमयदेखिन्छ । त्यसैले अपरान्हकोसमय ४ बजेको भएतापनि रात परिसकेको आभास हुन्छ । त्यस्तो हिउँदे मौसममा झरी र हुरीले लछप्पै भिज्नेअल्डरसट धन्न त्यस दिन पानी नपरेर थोरै ओबानो बनेको छ । तैपनि घरबाहिरको जाडोचाहिँ खप्पि नसक्नुको छ । त्यसैले प्रायः मानिसहरु आ-आफ्नो घरदेखि बाहिर निस्केकाकहिँ कतै देखिँदैनन् ।यदि गृष्मकालिन समय हुँदो हो त ‘मिनी नेपाल’ भनेर परिचय बनाएको अल्डरसट बजारभरि गोर्खा सिपाहीहरु र पूर्व गोर्खा सिपाहीका परिवारहरुछपक्कै देखा पर्दथे ।

    बेलायती नेपालीहरुको क्यालेण्डरमा त्यसदिन एउटा रमाईलो दिन थियो । किनभने अल्डरसटको एम्पाएर हलमा धुमधामको साथ राजेश पायल राईको ‘एकल कन्सर्ट’हुँदै थियो । जसले गर्दा भर्खरभर्खर बजारमा हल्काफुल्का गोर्खालीहरु देखा पर्न सुरु गरेका थिए । तिनै कन्सर्ट हेर्नका लागि हामी पनि चुल्है निम्तो अल्डरसट बजारमा पुगेका छौं । नत्रभने हामीबानबरी भन्ने सानो गाउँमा बस्छौं । अनि त्यो गाउँअक्सफोर्डसायर जिल्लामा पर्छ । जुन गाउँमा हामी बाहेक अन्य नेपालीहरु बसेका छैनन् होला जस्तो लाग्छ । नत्रभने बिगत ५ बर्षको समयभित्र हामीले कुनै न कुनै नेपालीलाई भेटनु पर्ने हो । तर कसैलाई नभेटेर पनि हामीलाई एक्लोपनमहसुस भएका छैन् । यदि त्यस्तो भयो भने पनि औसी पूर्णेमाहामी त्यसरी नै अल्डरसट पुगिहाल्छौं । र, धित मरिन्जेल नेपाली टोपी लगाएका मानिसहरु हेरेर आफ्नो प्यारो जन्मभूमीबुईपा, खोटाङको याद गर्दैगर्दै बानबरी फर्कन्छौं ।

    ‘रापा’ कन्सर्टको समय बेलुकि ७ बजे छ । तैपनि हामी सबेरै होटलमा चेकइन भइँसकेका छौ । यसपटक छोरीको काम होटल आरक्षण गर्नु थियो । त्यसैले उनको रोजाइ अनुसार नै उनले‘ट्राभल लज’ आरक्षण गरिन् र पैसा पनि उनैले तिरिसकेकी छिन् । भरै बेलुकी रेष्टुरेन्टमा खाना खाएको पैसा तिर्ने कामचाहिँ छोरोको अँशमा परेको छ । तर यसबेलासम्म उनको अनुहार अल्डरसटमा देखापरिसकेको छैन् । किनभने गत रात उसको रात्रीकालिन ड्यूटी थियो । बिचरा अस्पतालमा कामगर्ने मान्छे । सेन्ट मार्क अस्पताल लण्डनमा रातभरी दुईजना बिमारी गोराहरुको आन्द्राभुँडी चिरफार गरेर जोडेपछि सिधै ऊँ रेल यात्रामा लागेका छन् भन्ने कुरो उनले फोन मार्फत जानकारी गराएका छन् । आधुनिक जमानाका सर्जन । रातभरी काम गरयो । अनि दिनभरी रेल यात्रामा आखाको बिषमारयो । लण्डन जस्तो व्यस्त सहरमा यो नै उसको दिनचार्य बनेको छ ।

    हामी होटलमा चेकइन भएपछि, “म एकछिन आराम गर्छु है,किनभने समय पनि फालाफाल छ । फेरि मलाई गाडीले थोरै मातेको जस्तो भयो ।” ताराले सानो स्वरमा मलाई सुनाइँन,र थपक्कै खास्टो ओढेर आराम गर्न थालिन् । आधुनिक मटरहरु र तारा एक अर्कामा बिपरित धृवहरु जस्तै हुन् भन्ने कुरो मैले निक्कै अगाडीदेखि चाल पाएको छु ।त्यसैले यस बारेमा मैले केही भन्न चाहिनँ । नत्रभने मैले एक रफ्तारमा थोत्रो मर्सिडिज हाकिरहँदा कतै छाउरी कुकुर्नीझैं भुक्लुक्कै वान्ता गर्छिन कि भन्ने सुर्तामा थिए । धन्न त्यस्तो दुर्घटनाचाहिँ घटेन । त्यसैमा बिघ्न खुसी छु । तर अति आरामदायी बिस्तारा भेटेपछि कुकुरकोझैंखुट्टा कुङलिङ्ग बाङ्गो पारेर मज्जाले निदाइँ हालिन । मचाहिँ खै अलिक बूढो भएछु कि क्या हो? सुत्नेबेलामा किताब नपल्टाइँ छुसुक्क सुतेको रेकर्ड नै अहिलेसम्म छैन् ।

    उनी निन्द्रामा परेपछिमहातेझोला उघार्छु । एकछिनखत्र्याकखुत्रुक चकचक गर्छु । झोलादेखिलैनसिंह बाङदेलको “स्पेनको सम्झँना” पुस्तक निकाल्छु । र, तिनै पुस्तकलाई सरसर्ती पढन थाल्छु । मैले ध्यान दिएर खुरुन्धार त्यस पुस्तक पढनुको मूख्य कारण कुनै परिक्षा उतिर्ण हुनको लागिचाहिँ कदापि हुँदै होइन । आगामी जनवरी महिनामा हामी स्पेन जादै छौं । अनि मैले एउटा कुरो यहाँ नढाँटी भन्नुपर्छ । पहिले पहिलेम स्पेन त्यतिक्कैपुगेको रहेछु । केही नपढि,केही नबुझि । अझ त्यो पनि एकचोटी मात्र कहाँ हो र ? तीन तीन चोटि । पहिले स्पेनको मूख्यभूमी बार्सोलोना (क्याटोलोनिय) क्षेत्र, त्यसपछि मार्लोका (बलेरिक टापुहरु) अनि अन्तमा लान्जारोटी र फियोर्टभेन्चुरा (क्यानरी टापुहरु) पुगेको सम्झन्छु ।

    स्पेनदेखि हुरुरु मन उडाएर अल्डरसटमा ल्याउँछु । हामी होटलको दोश्रो तलामा छौं । होटलको कोठा एकदम सुनसान वा प्रायः मृत अवस्थामा छ । त्यति सुनसान कोठामा म एक्लै घुटुकघुटुक चिया पिउँछु । तर चियाको कप टेबलमा राख्दा निस्केको टक्क आवाजले घरिघरि म झस्कन्छु । म त्यसरी झस्केपछि किताबका पानाहरुदेखि नजर भगाएर होटल बाहिरतिरडुलाउछु । अनि बेलायती सेनाको घर (होम अफ द ब्रिटिस आर्मी) अल्डरसटलाई दूरसम्म नियाल्छु । त्यसपछि मुन्टोलाई १ सय ८० डिग्री घुमाउँछु र किताबका पानाहरुमा पुनः ठोकाउँछु । किताबमा भएका कलापारखीहरु पिकासो, एल ग्रे र भेलास्कीका नामहरु कण्ठस्त बनाउनको लागि मन्त्रमुग्ध हुन्छु । अझै भिन्सी, भ्यान गग, मोनेट, रेम्ब्रान्ड र माइकल एन्जेलोको कला हेर्न म लण्डनदेखि एउटा थोत्रो झोला बोकेर न्यूयोर्क, पेरिस, आम्सटर्डम, रोम, बार्सोलोना र सेन्ट पिटर्सबर्ग कहाँकहाँ र कतिचोटी पुगेँ होला भनेर एकछिन स्मंरण गर्छु ।

    साँच्चै मानिसको मन आकासभन्दा फराकिलो हुन्छ रहेछ भनेर एकछिन सोच्छु । तर त्यसरी सोच्दै गर्दा अचानक मेरो मोबाइलको घण्टी बज्छ । फोनबाट आएको किरिङकिरिङ आवाजले मेरो ध्यान भङ्ग हुन्छ । कस्ले फोन गरेछ भनेर एकझलक स्क्रिनमा हेर्छु । ए…अरुण भान्जा पो रहेछ भनेर हतारहतारफोन उठाउछु ।

    फोन उठाउने बितिक्कै, “मामा ! कता हुनुहुन्छ ?” भान्जाको पातलो स्वर सुनिन्छ ।

    “होटलमा नै छु,” छोटो उत्तर दिन्छु ।

    “यतै आउनोस है,” अनुरोध गर्नुहुन्छ ।

    “हस् हस्,” भनेर फोन मार्छु ।

    त्यसबेलासम्म तारा बेडमा लम्पसार परेर सुतिरहेकी छे । म उनलाई नजिकदेखि एक झलक नियाल्छु । त्यसपछि हतार हतार शरिरमा एकसरो कपडा उन्छु । र,हिड्नको लागि तयारभइँहाल्छु । तर म कोठामा त्यसरी चलमलाएको सुनेर उनी अचानक ब्युझँन्छिन् ।

    “सात बजेको कार्यक्रम हेर्न पाँच बजेनै जानु हुन्छ कि के हो ?” अनायसै उनको मुख खोलिन्छ ।

    “भान्जाले बोलाउनु भएको छ । त्यसैले अबउतै जान्छु । भरै कार्यक्रम स्थलमा नै भेटौला नि,” भन्छु । त्यसपछि ड्याम्मै ढोका बन्द गर्छु । र, ठमठम हिडिहाल्छु ।

    होटल छाडेपछि सडकको बाया किनारै किनार हिड्न थाल्छु ।एकछिन हिडेपछि एम्पाएर हलको सामुन्ने पुग्छु । हलको ढोका छेउँमा अरुण भान्जासँग भेट भइँहाल्छ । भान्जाले भेट हुने बितिक्कै नेपालको राजनैतिक गफ सुरु गर्न खोज्नु हुन्छ । किनभने अर्को हप्ता नेपालमा व्यवस्थापिका संसद र प्रदेशको मतदान हुन गइँरहेको छ । मलाई बेलायत बसेर के नेपाली राजनैतिक गफ गर्ने भन्ने मनमनै लाग्छ । तर भान्जालाई त्यसो भनिहाल्न पनि सक्त्तिनँ । धन्न अहिलेसम्म परदेश पसेर त्यति कुटनीतिसम्म जानेको रहेछु भन्ने भान हुन्छ । अझै त्यतिले मात्र मेरो मन कहाँ मान्छ र ?

    “हिड्दा पाइतालाले किरा फटेङ्ग्रा नमरोस, र बोल्दा मानिसको अनुहार नजलोस,” भन्ने मनमनै सोच्छु ।

    साँच्चै साँच्चै भन्नुपर्दा हामीलाई राजनैतिक बिज्ञानको ज्ञान छैन भने पनि हुँदोरहेछ । मैले आफू पूर्व गोर्खा सैनिक भएकोले मात्र त्यसो भनेकोचाहिँ निश्चय पनि होइनँ । नेपाली राजनीतिलाई नै व्यावसाय बनाएका र देशभित्र बसिरहेका मानिसहरुको मनगढन्ते बिचार सुनेर त्यस्तो चाल पाएको हुँ । हुनत मैले राजनीति बुझ्नको लागि पटकपटक रहर गरेको हुँ । तर प्रत्यक्ष भाग लिनको लागि होइनँ । त्यसैले पटकपटक रोम र एथेन्स पुगेर केवल दिमागलाई दुःखमात्र दिएको छु । प्राचिनकालकाराजनीति शास्त्रका पिता अरिस्टोटलदेखि आधुनिक राजनीति शास्त्रका पिता निकोला म्याकाभेलियाको बिचारहरु यूरोपमा बसेर अध्यान गर्ने अवसर जुरेका छन् । तरपूर्विय र पश्चिमी दर्शनहरु अध्यान गरेपछि झन धेरै अलमल्ल परेर कुहिरोभित्रको कागझैं बनेको छु । त्यसैले अहिले त्यस बिषयलाई चट्टै भुलेर साधरण जिन्दगी बिताउदै छु । नत्रभने सतहिमा बोल्यो, अनि अनुहार खुम्च्याउनु बाहेक केही नहुने रहेछ जस्तो लाग्छ ।

    आखिर कुरो संक्षिप्तमा हुनुपर्छ भन्ने सोच्छु । त्यसपछिसानो स्वरमा, ‘भान्जा ! राजनीतिज्ञले मानिसलाई दुई भागमा धृविकरण गर्छन् “ट्रुप्स अथवा इनेमी”नित्सेको भनाई सुनाउछु र प्रसङ्ग बदल्छु ।

    “अ…बरु भट्टी पशल खोलियो कि छैन?” भनेर सोध्छु ।

    “अघि नै खोलिसकेको छ, भित्र जाने हो र ?”सोध्नु हुन्छ । त्यसपछि हामी दुईजना सुस्तरि हिड्दै कार्यक्रम हुने हलतिर जान्छौं । तर मूख्य द्वारमा पुग्दा २-३ जना महिला स्वंयसेविकाहरुलेधमाधम टिकट बिक्री गरिरहेकोरमाईलो दृश्य देख्छौं । अन्य स्वंयसेविकाहरुलाई मैले चिन्न सकिनँ । तर एकजनाचाहिँमेरी बुहारी हुन्–‘अनिता’ । रात दिन केहि नभनि अहोरात्र सामाजिक सेवामा खटिरहने बुहारीलाई देखेर अति प्रसन्न हुन्छु । उनलाई देखेपछि म उनको नजिकै पुग्छु रसंक्षिप्तमा बोल्न थाल्छु, –

    “जेठी ! मैले टिकटबोकेको त छैन् । अग्रिम टिकट खरिद गरेका छौं । तर मसँग छैन्, नमिताले पो बोकिरहेकी छिन् ?” बिस्तारै सुनाउछु । (नमिता गायक राजेशपायलको आफ्नै दिदीहुन् र, उनी आफ्नो परिवारको साथमा अल्डरसटलाई गृह नगर बनाएर यतै घरजम गरेकी छिन् )

    मेरो कुरो सुनेर, “काका ! हस् हस्,” मात्र भन्दै थिइँन् । तर उनको हातमा भएको फोन अचानक बजिहाल्छ । त्यसबेला बुहारी र म सानो टेबलको वारिपारी उभिरहेका थियौं । त्यति नजिक भएको हुनाले फोन भतिज गजेन्द्रको रहेछ भनेर मैले ठहर गरें । अझै उनले ठूल्ठूलो स्वरमा, “मेरो कालो कोट कता राखेकी छौं ?” भन्दै बुहारीलाई थर्काएको पनि सुनें । मैले पनि तारालाई त्यसरी थर्काउने भए, मैले यहाँ बोकिहिडेकी छु र ? भन्ने उत्तर पाउँथे हुँला । धन्न मेरो अगाडी बुहारीले त्यसोचाहिँ भनिनन् ।

    तैपनि भतिजको कुरो सुनेर म एकछिन छक्क परें । किनभने उनको हजुर बाबुले शखुँ खोलाको सिरदेखि छसुङ खोलाको दोभानसम्म दुई गाउँ जग्गा जमिन जोडिदिनु भएको छ । आलमारी भित्रको कोट नदेख्नेले त्यतिका धेरै जग्गा जमिन भविष्यमा कसरी हेरचाह गर्छ होला भनेर एकछिन पिर परें । त्यतिले मात्र कहाँ हुनु र ? मेरो भतिज ज्यादै भाग्यमानी रहेछ । किनभने उनको छोरी ‘अमेरिकन ल फर्म’ लण्डनमा सोलिसिटर हुँदै छिन् र ३० बर्ष भन्दा सानी उमेरमा ६ अङ्क वेतन खानेवाला छिन् । त्यो सुनेर गर्वले मेरो कुखुरे छाती पनि फुलेर सगरमाथाझैं अग्लो हुन खोज्छ ।

    बुहारीलेफोन राखेपछि उनी थोरै व्यस्त भइँन् । म त्यहाँदेखि अलिक पछाडी सरें र भित्ताको नजिकै अडेस लगाएर उभिरहें । केहीबेरमाहस्याङ फस्याङ गर्दै नमिता आइँपुग्छिन्। उनी आउने बितिक्कै, ‘काका ! यी टिकटहरु लिनुहोस,’ भन्दै उनले मलाई टिकटहरु दिन्छिन् ।मैले ५ वटा टिकटहरु खरिद गर्नको अग्रिम जानकारी गराएकोथिएँ । त्यसपछि हामी दुईजना त्यहिँ कुनामा एकछिनकमिला गन्थन गर्न थाल्छौं । ठीक त्यहिँबेला तारा, उनकी आमा, र छोराछोरीहरु सँगसँगै कार्यक्रम स्थलमा आइँपुग्छन् ।

    उनीहरु आएपछि हामी सरासर कार्यक्रमस्थलभित्र छिर्छौं । र, सुस्तरी हिड्दैभट्टिपशलमा पुग्छौ । त्यहाँ पुगेर छोराले नाती र बजुको लागि एक-एक पाइन्ट बियर मगाइँ हाल्छन् । त्यसपछि हामीलाई के के पिउँनु हुन्छ भनेर सोध्छन् । ताराले एक गिलास वाइन पिउने रहर गरिन् । छोरीले जिन एण्ड टोनिक पिउँछु भनिन् । म अलिक कमजोरी मान्छे । तैपनि किराँतीको छोराले जाडरक्सी छोएन भने गरिखान्छ भन्ने सपना देखेर मादक पदार्थको नजिक नपुगेको दुई दशक भएको छ । बरु धेरै बोलेर हरहर तिर्खा लागिरहेको थियो । त्यसैले एक बोतल पानीपिउछु भनें । त्यसपछि हामी हातमा पेय पदार्थ बोकेर बस्ने स्थानको खोजिमा लाग्छौं । हलभित्र रङ्गिचङ्गी बलिरहेको बत्तिमा झुमुस खाँदैखाँदै अगाडी बढ्छौं ।

    निक्कै अगाडी पुगेपछि बाटैमा ठिङ्गै उभिरहेको एकजना स्वयंसेवकसँग हाम्रो भेट हुन्छ । उनले भेटने बितिक्कै, “अगाडिको तीनलहरमा राखिएका कुर्सीहरु अल्डरसटकाअति महत्वपूर्ण (भिआइपी) मानिसहरु बस्नको लागि हुन् । त्यसपछिका अन्य कुर्सीहरुदोश्रो दर्जाका मानिसहरुका लागि । ती कुर्सीहरुमा झुसमुस र गिरिधारीलालहरु जतासुकै बसेपनि हुन्छ,” पल्टने भाषा प्रयोग गरेर उनले आफ्नो वाक्यांशलाई बिट मार्छ । उनको भनाइँ सुनेर मलाई हाइगेटमा लम्पसार परेर सुतिरहेको कार्ल मार्क्सको बेस्सरी याद आउछ । उनले समस्त मानव जातिलाई ‘कुलिन र सर्वहारा’ दुई बर्गमा बिभाजन गरेका थिए । अबमलाई यहाँनेर, “पैसा सबै चिज होइनँ, तर केही चिज हो,” भन्ने महसुस हुन्छ ।स्वयंसेवकको भनाइले म अक्क न बक्क भएर उभिरहेको देखेर ताराले, “ल ! ठीक्छ, हामी यतै बसौं कि कसो ?” भन्छिन् । मैले प्रति उत्तर नफर्काएपछि उनको कुरोलाई आमाले सहि थाप्छिन् र हामी त्यहिँ आसन गर्छौं ।

    हामी कुर्सीमा आसन गरेपछि बिस्तारै बिस्तारै हल भरिनँ सुरु गर्छ । एकछिनपछि त भरिभराउ मात्र नभएर खचाखच भइँहाल्छ । एउटै स्थानमा त्यतिका धेरै नेपाली मूलका मानिसहरु देख्दा अल्डरसटलाई त्यतिक्कै मिनी नेपाल भनेको होइनँ रहेछ भन्ने महसुस हुन्छ । त्यतिका धेरै मानिसहरु देखेपछि हाते घडिलाई एकझलक हेर्छु । बेलुकिको समय ७ बज्नै लागेको थियो । सोहि बेला अचानक स्टेजमा ज्यादै आकर्षक शरिरकी धनि एकजनाउद्घोषिका देखा पर्छिन् । उनले आफ्नो नाम प्रमिला लाबुङ बताएपछि बहुचर्चित गायक राजेशपायललाई स्टेजमा आमन्त्रण गर्छिन् । हुनत त्यो कार्यक्रम बेलायती गृष्मकालिन मौसम जुलाईमा निर्धारित गरिएको थियो । तैपनि बिबिध कारणहरुले गर्दा अनिश्चितकालसम्मका लागि स्थगित भयो । त्यसैले लामो समयको प्रतीक्षापछि कार्यक्रम गरिएको हुनाले कार्यक्रम स्थलभित्र खुट्टा टेक्ने ठाउँ नै थिएन ।

    उद्घोषिकाले राजेशपायललाई बोलाएपछि भिडको बिचमा सानो बाटो खुल्छ । तिनै बाटोमा अजङ्गका तीनजना अश्वेत सुरक्षाकर्मीहरुले घेरा हालेर अति सुरक्षित तरिकाले राजेशलाई स्टेजतर्फ लान्छन् । उनलाई त्यसरी डोहोर्याउँदै लैजादा दर्शकहरुले गडगडाहत तालीले भव्य स्वागत गर्छन् । हलभित्र स्वागत गर्ने दर्शकहरुमध्ये मेरो आदरणिय दाजु र भाउज्यू अथवा उनका आमा र बाबु पनि हुनुहुन्छ । त्यति जोडदार होहल्ला र तालिको साथमा हलभित्र उनी छिर्दा मैले नजिकबाट दाजु र भाउजूको अनुहार पढिरहेको हुन्छु ।उहाँहरुलाई यतिबेला कस्तो अनुभूती भइँरहेको छ होला भनेर म मनमनै कल्पना गर्छु । अब त्यो वातावरण र उत्साह देखेर म आफै त त्यति उत्साहित छु भने उहाँहरु आफ्नो छोरालाई देखेर झन कति धेरै उत्साहित एबम गौरवान्तित भएका होलान् भनेर झन सोच्न बाध्य हुन्छु ।

    राजेशपायलले स्टेजमा पुग्ने बितिक्कै, “कृपया ! तपाईहरुको सिटको बेल्ट बाँध्नुहोला, अब सांगीतिक यात्रा सुरु हुनै आँटेको छ,” ध्वनिप्रसारक यन्त्र हातमा लिएर पहिलो वाक्यशँ छाड्दा म कताकता हर्षले बिभोर भइँरहेको हुन्छु । मैले जीवन जिउने क्रममा लगभग छ दशक जिन्दगी पार गरिसकेको छु । तैपनि जीवनमापहिलो चोटि नेपाली सांगीतिक कन्सर्ट हेर्न गइँरहेको छु । ताराले त पहिले पनि अल्डरसटमा उनको कन्सर्ट हेरिसकेकी थिइनँ । तैपनि मभन्दा अझै बढि उनी नै खुसि देखिन्थिन् ।कारण के छ भने उनको माइती घरमा हिउद बर्खा पारिवारिक राजनैतिक खिचातानी भइँरहन्छ । जस्ले गर्दा यस बर्षको दशै तिहार उनलेआफ्नी आमासँग मनाउन पाएकी थिइँनन् । बल्लबल्ल कन्सर्टको समयमा आज काकताली परेको छ । त्यसैले आमाको छेउमा बसेर केटाकेटीझैं पुल्पुलिरहेकी छिन् । र, उनको खुट्टा भुइँमा नभएर माथिमाथि उडि हिडेको छ ।

    राजेशपायल उर्फ ‘राई इज किङ’ले स्टेजमा पुगेर सबैभन्दा पहिले ‘नमाग मसँग सहारा नमाग, भूइँमा छु आकासका जुन तारा नमाग’ भन्ने गित गाउदा म भावुक बनिसकेको छु । त्यो गित सुन्दैगर्दा मेरो तन त्यतिका धेरै मानिसहरुको बिचमा भएतापनि मन हुरुरु उडेर उनको जन्मघरबुईपा, लेक्पाको बेसीडाँडा पुग्छ । मैले यहाँ गर्वको साथ के भन्नु पर्छ भने उनको घर मुनी एउटा फाटिलो जमिन छ र जस्लाई टारी खेत भन्ने गरिन्छ । तिनै टारी खेतमा फलेको मार्सी धानको भात खाएर मात्र होइन टारी खोलाको पानी पिएर हुर्केको एकजना बालकले जगतभरि पुगेर बसोबास गरिरहेका हरेक नेपाली भाषीहरुको मन र मुटु जित्न सफल भएको छ । जुन सौभाग्य जो कोहीलाई मिल्न त अवश्य सक्त्तैन । केवल राजेशलाई जुरेको छ भन्ने सोचिरहन्छु ।

    करिब ८ सय दर्शकहरुको उपस्थिति रहेको त्यस कन्सर्ट हलमा उनले जीवनकै पहिलोपटक लाइभ ब्याण्डका साथ कन्सर्ट गरिरहेका छन् । विश्वको अलौकिक सहर लण्डनलाई क्रमशः साढे दुई घण्टा थर्काइरहँदा, “तिमी शक्त्ति पाएर जन्मेको रहेछौ- भाई,” रुन्चे स्वरमा ताराको मुख खोलिन्छ । दर्शन नमस्ते, मत मर्छु कि क्या हो, ठूली ? बैगुनि रैछौ मायालु, दिक्त्तेल बजार भन्ने कर्णपृय गितहरु गाउदा बैसालु जवानहरुदेखि केस पाकेका बुढापाकाहरुले पनि कम्वर हल्लाएका देखिन्छ ।

    ‘हौवा हौ हौवा’ भन्ने गित सुन्दा भने मेरो मन हाम्रै गाउँको बुईपा, पन्चरबाटोको हटिया भर्न पुग्छ । बिहे गरेर धेरै टाढा पुगेकी चेलीले लामो समयपछि आफ्नो माइतीलाई तिनै हटियामा भेट्दा एक बोतल रक्सि राखेर चाम्लिङ् भाषामा ‘दाजै, स्या मुइँ – हौवा है हौवा,’ भनेको सुन्दा चाम्लिङ्गेहरु बाहेक अरुले ‘बाहुनले च्याउँ खावस न च्याउँको स्वाद पावस’भन्ने आभाष हुन्छ । त्यति धेरै भाषा र संस्कृती बोकेका उनको गितहरुले हामीलाई भरपुर मनोरन्जन त यस्सै दिइँरहेकै छ । तैपनि त्यति रमाइलो समयले हामीलाई बिदाइ गर्छ ।

    त्यसपछि हामी सुस्तरी हलबाट बाहिर निस्कन खोज्छौ । तर बारको नजिकै मात्र के पुगेको हुन्छौं । एक हुल पूर्व गोर्खा यातायात रेजिमेन्टका सदश्यहरुसँग हाम्रो जम्काभेट भइँहाल्छ । १५-१६ बर्षपछि भेटिएका रेजिमेन्टमा सदश्यहरुसँग ‘पेचाउ, पेचाउ’ (क्यान्टोनिज भाषामा बियर) भन्दै सम्झना स्वरुप तस्विर लिएपछि मात्र बिदा हुन पाइन्छ ।

    होटलको लबिमा पुग्दा समय रातको ११ बज्छ । तर हामी त्यहाँ पुग्दा राजेशपायल र नमितात्यहिँ हुन्छ । अझै हामी पुग्ने बितिक्कै, –

    “काका ! अब राजेशसँग हाम्रो घरमा आउनोस है । मैले कालिजको मासु पकाएकी छु,” उनले अनुरोध गर्छिन् ।

    बेलायती सैनिक अधिकृत मेसकी अनुभवी भान्से छोरीको अनुरोधलाई अस्विकार गर्न त यो मन मान्दैन तैपनि, “म बुढो भएको मान्छे । यसोत्यसो गरेर ११ बजे त सुति हाल्छु, आज रात पनि धेरै गइसक्यो,” भन्छु ।

    “ल ल हामी काकासँग आउछौं,” उल्टो राजेशले जबाफ फर्काउछ ।

    त्यति बोलिसकेर नमिता आफ्नो बाटो लाग्छिन् । ‘अरुलाई के को धन्दा, घर जुवाइँलाई खानेको धन्दा’ भनेझैं जेशन बारमा जान्छ र नाति बजुलाई एक-एक पाइन्ट बियर लिएर आइहाल्छ । राजेशले अल्कोहल पिउँदिन भन्छ । तर, “मेरो कोठामा बर्गर छ लिएर आउछु है,”भनेर ऊ बसिरहेको ठाउँदेखि जुरुक्कै उठछ् । जेशनले, “मामा ! म पनि सघाउनको लागि आउनु कि ?” भनेर एक पटक सोध्छ । त्यसपछि उनीहरु दुवैजना सँगसँगैकोठातिर लाग्छन् । हुनत उसको र हाम्रो कोठा एउटै तलामा छ । अझै कोठाहरु पनि जानेको जस्तै ठ्याक्कै वरतिर र परतिर नै परेका रहेछन् ।

    एकछिनपछि दुईजनाले बर्गरहरु लिएर लब्बिमा उपस्थिति जनाउँछन् । बर्गरहरुको साइज हेर्दा बेलायती नभएर अमेरिकन हो कि भन्ने मलाई भान पर्छ । त्यसरी म छक्क परिरहेको बेला, “काका ! यो मेरो साथिले स्पेशल बनाइदिएको हो,” राजेशले भन्छ । हामी तिनै बर्गरलाई लब्बिमा बसेर टोक्न थालिहाल्छौं । उनलेबर्गरलाई केवल दुई गाँस पनि खान पाएको थिएनँ । तस्विर लिने भनेर एक हुल मानिसहरु सरासर होटलभित्र छिरिहाल्छन् । अब मानिसहरु उनलाई खोज्दै आएपछि खानुको सट्टा ऊँ उतैतिर लाग्छ । ऊँ हामीदेखि बिलय भएपछि हामीलाई पो मिनी दशैं सुरु हुन्छ । अब केहिबेरमा आउला भन्दा झन हुलका हुल फोटो खिच्ने मानिसहरुकोताँती लाग्छ ।

    ठीक त्यहिँबेला नमिताले मलाई किरिङकिरिङ फोन गर्छिन् ।

    “काका ! आउने होइनँ र ?” सोध्छिन् । म सानो स्वरमा, “छोरी ! आउदै छौं है,” भनेर फोन मार्छु । तर दुई टुक्रा रोटीलाईमज्जाले चपाउन पाउदा नपाउँदै त्यतिका धेरै मानिसहरुलाई समय दिनु पर्दा तारालेटाउको हल्लाउँदै अचानक मुख खोल्छिन्, –

     “साच्चै ! सेलिब्रेटीको जिन्दगी कति चर्को रहेछ, हगि ।”

     बानबरी, बेलायत ।