Blog

  • जसपा सांसद लिम्बू रोष्टममै रोएपछि संसदमा सन्नाटा

    जसपा सांसद लिम्बू रोष्टममै रोएपछि संसदमा सन्नाटा

    विराटनगर । प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छिन् ।  प्रदेश १ को नामकरणको विषय भइरहेको बहसकाक्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै विताएकि छिन् । उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासे पाखिन।

    ‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु ।’ रातेपाटी डटकम

  • खोटाङमा ७७९ परिवार भूमिहिन पहिचान

    खोटाङमा ७७९ परिवार भूमिहिन पहिचान

    टेस
    खोटाङ जिल्लामा ७७९ परिवार पहिचान भएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले ७७९ भुमि व्यवस्था गर्नुपर्ने छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले मंगलबार पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गर्दै खोटाङमा तीन प्रकारको भुमिहिन रहेको जनाएको हो ।
    जिल्लाको १० वटै स्थानीय तहमा पुगेर संकलन गरिएको निवेदनका आधारमा आयोगले तथ्यांक सार्वजनिक गरेको हो । प्रत्येक स्थानीय तहमा सेवाकेन्द स्थापना गरेर आएको निवेदन तथा सिफारिसको आधारमा संख्या एकिन गरिएको जनाईएको हो । केही निवेदनहरुका निबेदन आवश्यक प्रकृया नपुगेकाले सच्याउन आवश्यक रहेकाले ती निवेदनहरु आउनेक्रममा रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
    जानकारी अनुसार सबै भन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुमिहिन परिवार पाईएको छ । भने सबै भन्दा कम भुमिहिन ऐसेलुखर्क गाउँपालिकामा रहेका छन् ।
    जिल्लामा भूमिहिन सुकुम्बासी १४९, भूमिहिन दलित ५० परिवार र अव्यवस्थित वसोवास गरिरहका ५८० परिवारलाई व्यवस्थापन गर्नुपर्ने देखिएको छ । हाल सम्म प्राप्त निवेदनका आधारमा सबै भन्दा बढी २६७ परिवार भूमिहिन रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको छ भने सबै भन्दा कम ऐसेलखर्क गाउँपालिकामा १० परिवारमात्र रहेको छ ।
    यसैगरी हलेसी तुवाचुङ नगरपालिकामा १६२, खोटेहाङ गाउँपालिकामा २४, केपिलासगढी गाउँपालिकामा १२, जन्तेढुँगा गाउँपालिकामा ४६, बाराहा पोखरी गाउँपालिकामा ५५, रावावेसी गाउँपालिकामा ५७, दिपूङचुईचुम्मा गाउँपालिकामा ७२ र साकेला गाउँपालिकामा ७४ परिवारको निवेदन भूमि आयोग जिल्ला समितिमा आईसकेको छ ।
    प्राप्त निवेदनको आधारमा आवश्यक प्रक्रिया अगाडि बढाईएको र उनिहरुलाई व्यवस्थापन गर्न अब पहल गरिने भुूमि आयोगका जिल्ला संयोजक सुरेश राईले बताउनु भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आथित्यतामा भएको पत्रकार सम्मेलनमा भूमि आयोग जिल्ला समितिका सदस्यहरु तथा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधीहरुको समेत उपस्थितिमा कार्यक्रम भएको थियो । फागुन १६ गते मङ्गलबार ।

     

  • जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पाले चुम्यो

    जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पाले चुम्यो

    जुनु परियार टेस

    सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा आज (शनिबार) भएको फाइनल खेलमा सोही नगरपालिकाको वडा नं.-११ खार्मीलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले उपाधि चुमेको हो । दर्शकका लागि निक्कै रोचक भएको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल नभएपछि ट्राइब्रेकरमार्फत प्रतियोगिताको उपाधि छिनोफानो गरिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडी सहभागी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् । प्रतियोगिताका विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्रथम, द्धतीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमलाई क्रमशः रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ नगदको साथमा ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताको अनुशासित टिममा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा तथा बेष्ट प्लेयरमा नेर्पाका सुरज राई घोषित भएका छन् । अनुशासित टिम र बेष्ट प्लेयरलाई क्रमशः नगद रु पाँच हजार ५५५ प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभरका बेष्ट किपरमा खार्मीका निशान विश्वकर्मा, बेष्ट डिफेण्डरमा खार्मीकै ध्रुव विश्वकर्मा, बेष्ट मिड फिल्डरमा नेर्पाका पारश कार्की, हाइ स्कोररमा नेर्पाकै विदेश राई, बेष्ट कोचमा नेर्पाका वीरेन गुरुङ र योङगेष्ट प्लेयरमा नेर्पाकै प्रज्वल गुरुङ घोषित भएका छन् । बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिएको क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता समापनको अवसरमा युट्युबर एवम् पत्रकार मनोज आचार्यलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गरिएको आयोजकले जनाएको छ । युट्युबर एवम् पत्रकार आचार्यले तेस्रो सँस्करणको प्रतियोगिता सफल पार्न उल्लेख्य भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको आयोजकले जनाएको छ । खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले दोस्रो सँस्करण वि.सं. २०७५ वैशाखमा सञ्चालन गरेको थियो । दोस्रो सँस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलले उचालेको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले यही फागनु-६ गते सोल्मा स्पोर्टस क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको थियो । सोल्माका स्थानीय समाजसेवी एवम् सिङ्गापुर प्रहरीका पूर्व प्रहरी निरीक्षक रुद्र राईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलो पटक आफ्नै खेलमैदान निर्माण गरेको छ । सोल्मा स्पार्टस् क्लबको खेलमैदान मध्यपहाडी लोकमार्गभन्दा करिब तीन किलोमिटर टाढा रहेको छ । प्रतियोगिता समापन कार्यक्रममा सितोरियो कराँतेका राष्ट्रिय खेलाडी विद्याकला राईलाई उहाँका ‘मावली विक्रम परिवार’ले नगद रु एक लाखसहित सम्मान गरेको छ । खेलकद्को माध्यमबाट आफ्नो जिल्ला तथा परिवारलाई विश्वमा परिचित गराएको भन्दै मावली परिवारले सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-७९ मा विद्याकलाले ५५ केजी तौल समूहमा रजत पदक हाँसिल गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा घर भएकी विद्याकलाले जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा दर्जनौँ पदक प्राप्त गर्नुभएको छ ।  २०७८ फागुन १३ गते ।

  • खार्मी र नेर्पा सेमीफाइनलमा प्रबेश

    खार्मी र नेर्पा सेमीफाइनलमा प्रबेश

    परिता तामाङ टेस

    खोटाङको सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगितामा दिक्तेल, बाक्सिला, नेर्पा र खार्मी सेमिफाइनल प्रवेश गरेका छन् । खोटाङका स्थानीय तहका वडालाई मात्र सहभागी गराइएको वडास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडीले सहभागिता जनाएका छन् । सोल्मास्थित सोल्मा स्पार्टस् क्लबको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटर फाइनल खेलमा आयोजकलाई ४-० ले हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा नेर्पाका खेलाडी जर्सी नं. १४ का सुरज राई म्यान अफ द म्याच घोषित भएका छन् । यस्तै, बिहीबार भएको क्वाटर फाइनलको अन्तिम खेलमा खोटेहाङ गाउँपालिका-६ इन्दे्रणीपोखरीलाई ३-१ ले हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा खार्मीका खेलाडी जर्सी नं. १३ का अमिन राई म्यान अफ द म्याच घोषित भएका छन् । यसअघि बुधबार भएको क्वाटर फाइनल खेलमा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडालाई ट्राइब्रेकरमा हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, बुधबार भएको क्वाटर फाइनलको दोस्रो खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङलाई २-१ ले हराउँदै केपिलासगढी गाउँपालिका-४ बाक्सिला सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनल खेल भोलि (शुक्रबार) मध्यान्ह साढे १२ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । सेमिफाइनलको पहिलो खेल दिक्तेल र नेर्पा तथा दोस्रो खेल खार्मी र बाक्सिलाबीच प्रतिस्पर्धा हुने आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धतीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ । वडास्तरीय फुटबल प्रतियोगिता समापनको अवसरमा एकजना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गर्ने क्लबले जनाएको छ । खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले ‘दिक्तेल नगरपालिका कप २०७२’ सञ्चालन गरेको थियो । प्रतियोगिताको अवसरमा आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र सोल्मा स्पोर्टस क्लब सोल्माका भेट्रान टिमबीच भएको मैत्रीपूणर् खेल बराबरीमा टुङ्गिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले यही फागनु-६ गते सोल्मा स्पोर्टस क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको हो । सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलो पटक आफ्नै खेलमैदान निर्माण गरेको छ । २०७९ फागुन ११ गते ।

  • प्रजातान्त्रिक योद्धा राईको शालिकसहितको पार्क स्थापना

    प्रजातान्त्रिक योद्धा राईको शालिकसहितको पार्क स्थापना

    जुनु परियार

    खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा तथा क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश सरकार, १ नं. प्रदेशको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको स्मृति पार्क तथा पूणर्कदको शालिक आज (सोमबार) उद्घाटन एवम् अनावरण गरिएको हो । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडीखेललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ शालिकसहितको स्मृति पार्क निर्माण गरिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो । “ऐतिहासिकस्थल टुँडीखेलमा जननायक रामप्रसाद राईको शालिक, बगैँचा, घेराबारा लगायत संरचना निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “क्रान्ति नायक रामप्रसाद राईको नाममा स्मृति पार्क तथा उहाँको शालिक आफ्नो गाउँपालिकामा स्थापना गर्न पाउँदा हर्षित भएका छौँ ।” फाइवरबाट निर्माण गरिएको जननायक राईको शालिक नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन तथा अनावरण गर्नुभएको हो । स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणा राई ‘दीक्षा’, खोटेहाङ गाउँपालिका उपप्रमुख रुपेश राई, साकेला गाउँपालिका उपप्रमुख बिर्सिका राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । खोटाङको पुरानो सदरमुकाम (वि.सं. २०२० सालसम्म जिल्लाका सम्पूणर् प्रशासनिक कार्यालयहरु रहेको) खोटाङबजारमा स्थानीय युवाले फुटबल खेल्न प्रयोग गर्दै आएका टुँडिखेलमा तत्कालीन गाउँपालिका प्रमुख प्रदीप राईको पालामा गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेर क्रान्ति नायक राईको स्मृति पार्क निर्माणको काम अघि बढाएको थियो । पर्खाल, प्रतीक्षालय लगायतका संरचनाहरु यसअघि नै निर्माण गरिएको टुँडिखेलमा वर्तमान जनप्रतिनिधि निर्वाचित भएर आएपछि आवश्यक बजेट व्यवस्था गरेर क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्कलाई पूणर्ता दिएर सञ्चालनमा ल्याएको हो । ब्रिटिस सेना (बेलायती सेना)को जागिर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालीन राणा सरकारले क्रान्ति नायक राईको कमाण्ड (नेतृत्व)मा खोटाङबजारमा सेना खटाएको थियो । सो टुँडिखेलमा क्रान्ति नायक राईले वि.सं. २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माविको प्राङ्गणमा करवीर फूल रोप्नुभएको प्रधानाध्यापक कुमार पराजुलीले बताउनुभयो । क्रान्ति नायक राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोप्नुभएको जनाइएको छ । क्रान्ति नायक राई राणाविरोधी सशस्त्र सङ्घर्षमा पूर्वी नेपालमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर रहनुभएको थियो । वि.सं. २००७ सालमा क्रान्ति नायक राईकै कमान्डमा भोजपुर अड्डा कब्जा भएको इतिहासमा उल्लेख छ । नेपाल सरकारले वि.सं. २०७५ पुस- १५ क्रान्ति नायक राईको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरिसकेको छ । जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बन्नुभएका राईले खोटाङबजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि शुरू गर्नुभएको थियो । खोटाङबजार छाड्नुअघि क्रान्ति नायक राई ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन् । क्रान्ति नायक राई छिमेकी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिका-७ बासिखोरामा बाबु धोजवीर राई र आमा रत्नमायाँ राईको कोखबाट वि. सं. १९६५ फागुन-१८ गते जन्मनुभएको थियो । प्रजातन्त्र स्थापनापछि वि. सं. २००८ साल अन्तरिम प्रधानमन्त्री मोहनशमशेर राणाको निर्देशनमा पक्राउ पर्नुभएका क्रान्ति नायक राई हालसम्म बेपत्ता हुनुहुन्छ । २०७९ फागुन ९ गते ।

  • वडास्तरीय फुटबल प्रतियोगितामा नेर्पाको विजयी शुरुवात

    वडास्तरीय फुटबल प्रतियोगितामा नेर्पाको विजयी शुरुवात

    जुनु परियार

    सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेल मैदानमा शुरु भएको खेलको उद्घाटन कार्यक्रममा शुभम् फाउण्डेशनका विद्यार्थीले साँस्कृतिक कार्यक्रम तथा तेक्वान्दो खेलको डेमोस्ट्रेशन प्रर्दशन गरेका थिए । प्रतियोगिताको शुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र सोल्मा स्पोर्टस क्लब सोल्माका भेट्रान टिमबीच भएको मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ ।
    निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेललाई पछि निर्णय गर्ने गरी टुङ्ग्याइएको आयोजकले जनाएको छ । मैत्रीपूर्ण खेलको पुरस्कार राशि नगद रु दश हजार राखिएको आयोजक सोल्मा स्पोर्टस् क्लबका सल्लाहकार समिति सदस्य गङ्गाबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
    उद्घाटन खेलपछि सोल्मा स्पोर्टस क्लब सोल्माले युवा समाजसेवी हटमिलन राईलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सोल्मामा हुने गरेका सबैखाले सामाजिक कामहरुमा अग्रभाग रहेर आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएकोमा उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
    प्रतियोगिताको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र वडा नं. १४ बुइपाबीच भएको थियो । खेलको मध्यान्तरसम्म कुनै पनि गोल नभएको खेलको मध्यान्तरपछि भने, नेर्पा स्पोर्टस क्लबले लगातार तीन गोल गरेको छ ।
    नेर्पाका लागि १० नं. जर्सीका मिङ्मार तामाङ, ९ नं. जर्सीका विदेश राई र ८ नं. जर्सीका विशाल पाण्डेले गोल गर्दा बुइपा स्पोर्टस क्लब पराजित भयो । प्रतियोगितामा नेर्पाका ४ नं. जर्सीका आशिष राई म्यान अफ दि म्याच घोषित भएका छन् ।
    प्रतियोगिताको दोस्रो खेल भोलि (आइतबार) खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरबीच हुने भएको छ । जम्मा तीनवटा खेलमध्ये दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र वडा नं. ४ खाल्ले साथै अन्तिम खेल वडा नं. १० पाथेका र वडा नं. ३ बाम्राङबीच हुने आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम, द्धतीय र सेमीफाइनलिष्ट हुने दुईवटा टोलीले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ ।
    खोटाङभित्रका स्थानीय तहका वडालाई मात्र सहभागी गराइएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १८ वटा टिम सहभागी छन् । वडास्तरीय फुटबल प्रतियोगिताको अवसरमा एक जना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गर्ने क्लबले जनाएको छ ।
    खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले ‘दिक्तेल नगरपालिका कप २०७२’ सञ्चालन गरेको थियो । पाँच वर्षअघि सञ्चालन गरिएको प्रतियोगितामा वडा नं. १ दिक्तेलले उपाधि चुमेको थियो  । २०७९ फागुन ७ गते।

     

  • नेराकस (निजामती) को अध्यक्षमा सुवेदी

    नेराकस (निजामती) को अध्यक्षमा सुवेदी

    परिता तामाङ टेस
    नेकपा (माओवादी केन्द्र) निकट कर्मचारीहरुको सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी चयन हुनुभएको छ । सङ्गठनको शनिबार दिक्तेलमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा सविना मगर र कल्पना तोलाङ्गे, सचिवमा पङ्कज आचार्य, सहसचिवमा करुना श्रेष्ठ र कोषाध्यक्षमा युवराज कालीकोटे चयन हुनुभएको छ । समितिको सदस्यहरुमा काँशीराज कार्की, विष्णु श्रेष्ठ, सयन्द्र राई, विवश राई, सम्झना माझी, दीपक राई, प्रदीप पोखरेल, कमला विश्वकर्मा, रामबहादुर नेपाली र विष्णु अधिकारी रहनुभएको छ ।
    सदरमुकाम दिक्तेलको जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले १७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा धर्मराज आचार्य, मोहन महासेट, दीपकचन्द्र आचार्य, मनकुमार राई, विमलकुमार देव, मीना राई, कृष्णप्रसाद बास्तोला, ध्यानबहादुर राई, तुलसी गुरागाईँ, मोहन मगर, सुनिल पन्थी, तेजप्रकाश देवकोटा, कान्ती श्रेष्ठ, रामसागर मण्डल र नीरकुमार बस्नेत रहनुभएको छ ।
    यस्तै, सङ्गठनको प्रदेश प्रतिनिधिमा उत्तम आचार्य, बाबुराम बस्नेत, युवराज कालीकोटे, प्रेमकुमार राई, धनकुमार खत्री, सुजन राई, तोसल भट्टराई र प्रविणा तोलाङ्गे छनौट हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा राजकुमार राई, सुजन भण्डारी, तीर्थ विश्वकर्मा र होमनाथ ढकाल चयन हुनुभएको छ ।

    सङ्गठनको जिल्ला अधिवेशन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै १ नं. प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका पासाङले कर्मचारीले सत्य, निष्ठा र विश्वसनीयताका आधारमा काम गर्नुपर्ने बताउनुभयो ।
    कर्मचारी जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका व्यक्ति भएकाले राष्ट्रसेवक कर्मचारीहरुसँग जनताले धेरै आशा राख्ने गरेको उहाँले बताउनुभयो । नेपाली जनताको लामो त्याग, तपश्या र बलिदानबाट प्राप्त वर्तमान व्यवस्थालाई थप प्रभावकारी बनाउन राष्ट्रसेवक कर्मचारीको सबैभन्दा ठूलो दायित्व रहेको पनि उहाँले बताउनुभयो ।
    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले जनतासँग रातदिन सँगै काम गर्ने कर्मचारी र नेताहरुको बीचको सम्बन्ध समधुर रहनु पर्ने बताउनुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीहरुको सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीमा आवद्ध कर्मचारीहरुले पार्टीले हाँकेर ल्याएका आन्दोलनको उपलब्धीको रक्षार्थ उभिनुपर्ने बताउनुभयो ।
    नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश समिति सदस्य टंक थापा, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)का केन्द्रीय उपाध्याक्ष अम्बादत्त भट्ट लगायत पार्टीका नेता तथा कार्यकर्ता पार्टी निकट जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको रहेको थियो ।
    उद्घाटन कार्यक्रममा सङ्गठनका पूर्वकेन्द्रीय उपाध्याक्ष विनोद थापामगरलाई दोसल्ला ओडाएर सम्मान गरिएको सङ्गठनका निवर्तमान अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा सहयात्री सङ्गठनका प्रतिनिधीहरु निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुव कार्की, नेपाल निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष रेखा राई, नेपाल निजामती कर्मचारी युनियन खोटाङका जिल्ला सचिव शम्भु तामाङ लगायतको उपस्थिति रहेको थियो  । २०७९ फागुन ६ गते सनिबार ।

  • भोली देखि सोल्मामा फुटबल धमाका

    भोली देखि सोल्मामा फुटबल धमाका

    परिता तामाङ(टेस)
    भोली सनिबार देखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मामा फुटबलको धमाका हुदैछ । सोल्ला स्पोर्टस क्लवको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुनेछ ।
    वडा स्तरमा खेलाईने उक्त प्रतियोगितामा १२ बिधामा पुरस्कारहरु प्रदान गरिने क्लवका अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष ध्रुवबिक्रम राईले बताउनु भयो । उक्त खेलमा प्रथम र द्धतिया हुने टिमलाई क्रमश १ लाख ११ हजार १११ रुपियाँ, ६६ हजार ६६६ रुपियाँ प्रदान गरिने छ ।
    उक्त प्रतियोगितामा १८ टिमको सहभागिता रहेके र खेल तालिका समेत सार्बजानिक गरिसकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेर्पा, बुईपा, लप्mयाङ, नुनथला, सोल्मा आयोजक, सोल्मा, बाहुनीडाँडा, दिक्तेल, खाल्ले, पाथेका, बाम्राङ, रतन्छा, बाक्सिला, खार्मी, हलेसी, ईन्द्रेणीपोखरी, सावाकटहरे, सप्तेश्वरले सहभागीता जनाएको छ ।
    जिल्ला भित्रका टाढा÷टाढा गाउँपालिकाका टिमहरु पनि उत्साहजनक सहभागिता रहेकोले निकै रोमान्चक खेल हुने आयोजकको दावी रहेको छ । खेलमा सहभागी टिममा सम्बन्धित वडाका बाहेक तीनजना बाह्य खेलाडीहरु पनि सहभागी गराउन पाउने भएकोले बाह्य खेलाडीहरुको खेल खेल्ने शिप र जाँगर स्थानीय खेलाडीहरुले सिको गरि खोटाङका खेलाडीहरुको खेल कौशलमा बृद्धि हुने आशा गरिएको अध्यक्ष ध्रुबबिक्रम बताउनु भयो ।
    खेलमा सेमिफाईनललिष्ट दुईटिमलाई ३३ हजार ३३३ रुपियाँ, अनुशासित, बेष्ट ल्पेयरलाई ५ हजार ५५५ रुपियाँ, बेष्ट किपर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, हाई ईस्कोरर, बेष्ट कोच र योङ्ग एप्ट ल्पेयरलाई ३ हजार ३३३ रुपियाँ प्रदान गरिने छ ।

    एकसाता सम्म सोल्मा खेलमैदानमा सञ्चालनहुने उक्त प्रतियोगितामा संघीय सांसद तथा नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार राई पासाङको प्रमुख आतिथ्य रहने आयोजकले जनाएको छ । २०७९ फागुन ०५ गते ।

  • खोटाङ निर्माणको लागि सबै एकै ढिक्का हुनु पर्छ– सांसद राई

    खोटाङ निर्माणको लागि सबै एकै ढिक्का हुनु पर्छ– सांसद राई

    जुनु परियार(टेस)
    खोटाङका सांसद रामकुमार राई (पासाङ)ले निर्वाचनको बेला हामी खोटाङे जनताहरु बैचारीक हिसावले फरक÷फरक तरिकाले लागेता पनि अब खोटाङ निर्माणको लागि एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भएको छ ।
    उक्त कुरा सांसद राईले बिहिबार प्रेस सेन्टर खोटाङले जिल्लाको सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बताउनु भएको हो । सांसद राईले आपूmले खोटाङ जिल्लामा निर्माणाधिन अबस्थामा रहेका अधुरा योजनाहरु पुरा गर्नकोलागि लागिपरिरहेको जानकारी गराउनु भयो । जिल्लामा निर्माणधिन अबस्थामा रहेका मध्ये पहडी लोकमार्ग अन्तर्गत सेखुवा—चखेवा मन्ञ्याङ सडक, रसुवाघाट—पान्धारे सडक, सावाखोला मोटरेवल पुल, बंसिलाघाट पुल र अन्य धेरै बिकास निर्माणका कामहरु तिव्र गतिमा भईरहेको समेत पत्रकारहरुलाई जानकारी दिनुभयो ।
    सांसद राईले आफु प्रदेश सिंचाई तथा उर्जामन्त्री हुदा खोटाङ
    जिल्लामा मत्रै ८४ वटा सानाठूला योजानहरु पार्न सफल भएको बताउनु भयो ।
    मुलुकमा अहिले बाह्य हस्तक्षेप र बिगतका राजनिति घटनाक्रमलाई हेर्दा राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनु पर्ने अबस्था आएको समेत सांसद राईले बताउनुभयो । सांसद राईले अहिले सभामुखसमक्ष ४६ वटा बिद्येयक थन्किएर रहेको बताउनु हुदै उक्त बिद्येयक पारित भएमा मुलुक सहजरुपमा अगाडी बढ्ने दावा गनुृ भयो ।
    हाल बहालीमा रहेका सांसदहरुले नै संबिधान बिपरित अभिब्यक्ति दिईरहेको कारण प्रधानमन्त्रीले त्यस्ता अभिव्यक्तिलाई रोकथाम गर्नु भएको सांसद राईले बताउनु हुदै राष्ट्र यो मुलुकमा राजतन्त्र कहिले नर्फकने बताउनु हुदै यो अभिव्यक्तिलाई भनेको निभ्ने बेलाको बत्तिको संज्ञा दिनु भयो ।
    कार्यक्रम दिक्तेलको भवनगैराको श्रेष्ठ होटलको सभाहलमा प्रेस सेन्टरका केन्द्रिय सदस्य उजुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । २०७९ फागुन ४ गते

  • बाम्राङ समाजको दुईलाख ९० हजार सहयोग

    बाम्राङ समाजको दुईलाख ९० हजार सहयोग

    परिता तामाङ (टेस)
    बाम्राङ परिवार हङकङले आगलागि पिडीतहरुलाई २ लाख ९० हजार ८१३ रुपियाँ नगद सहयोग गरेको छ । गत पुस नौ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङको झिसेपु नेवारगाउँमा आगलागि हुदा तीन घर जलेर नष्ट भएको थियो ।
    बाम्राङबाट कर्मथलो बनाई हङकङ ब
    स्दै आएका २० जना ब्यक्तिहरुले उक्त रकम दैवी प्रकृति प्रकोप खोटाङ र वडा कार्यालय मार्फत आगलागि पिडीतहरुलाई बुधबार एक कार्यक्रम गरि पिडीतहरुलाई उपलब्ध गराएको हो ।
    सहयोग गर्नेहरुमा हङकङबासी किन्दर राई सामातुङ काभ्रेटोल १२ हजार ११०, किन्दर राई सामातुङ सुविदारटोल १७ हजार ३००, गम्भिर राई खाल्ले ८६ हजार ५००, मेनुका राई सामातुङ ८ हजार ६५०, कमला राई ८ हजार ६५०, सरला राई चुप्ला १० हजार ३९७, पिताम्बर राई सामातुङ काभे्रटोल ८ हजार ७७१,१७ हजार ३००, कबिता राई समातुङ ८ हजार ६५०, लिला राई सामातुङ ८ हजार ६५०, सन्जय राई सामातुङ ८ हजार ६५०, किसान राई सामातुङ ८ हजार ६५०,रुपियाँ रहनु भएका छन् ।
    त्यस्तै अन्य सहयोगीहरुमा हृदय राई चुप्ला १७ हजार ३००, माला राई सामातुङ ८ हजार ६५०, लोकनारायण जोशी झिेसेपु नबिन राई कट्टी, ८ हजार ६५० दिलकुमार राई संखु ८ हजार ६५०, योगेस राई काहुले ८ हजार ६५०, मनोज राई सिरिसे ८ हजार ६५० र बिकि राई संखु ८ हजार ६६७ रहेका छन् । हङकङबाट उठाईएको सहयोग रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप—प्रमुख बिसन राईले हस्तान्तरण गर्नुभएको थियो ।
    सोहि अबसरमा दिक्तेलको भवनगैराका बिभिन्न ब्यक्तिहरुबाट उठेको सहयोग रकम भबनगैराका केशब श्रेष्ठद्धयले पिडीत परिवारहरुलाई ३२ हजार ६० रुपियाँ हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै काठमान्डौबाट बिभिन्न ब्यक्तिहरुबाट पठाईएको सहयोग रकम ५१ हजार ५ रुपियाँ समेत हस्तान्तरण गर्नु भएको थियो ।
    पिडीत परिवारहरुलाई रकम हस्तान्तरण कार्यक्रममा उप–प्रमुख राईले पिडीत परिवारहरुलाई सान्त्वना तथा सहयोगीहरुलाई धन्यबाद प्रदान गर्नुभएको थियो । २०७९ पुस २७ गते ।

  • आयोजकलाई हराउदै नेर्पाले जित्यो ‘अनुप स्मृति गोल्डकप

    आयोजकलाई हराउदै नेर्पाले जित्यो ‘अनुप स्मृति गोल्डकप

    जुनु परियार(टेस)
    आयोजक टिम खोटाङ फुटवल क्लवलाई हराउदै ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले जितेको छ ।
    एकसाता अघि देखि दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो ।
    यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले नै जितेको थियो । खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल खेलको मध्यान्ह पछि गर्न सफल भयो ।
    विजेता टिम नेर्पालाई नगद २ लाख ५१ हजार रुपियाँको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका उपविजेता डिएफसीलाई नगद रु एक लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
    विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले पुरस्कार हस्तान्तरण गरेका थिए । सेमिफाइनलिस्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस् क्लब ओखलढुंगाले नगद रु २५÷२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
    खेलको विद्यागततर्फ डिएफसीका तर्फबाट उत्कृष्ट गोलरक्षक सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्स टेकेन रानामगर, उत्कृष्ट मिडफिल्डर विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेस्ट प्लेअर अफ द टुर्नामेन्ट दिक्तेलका भूषण ताम्राकार खेलभरिकै उत्कृष्ट खेलाडी मनीष लिम्बू, घोषित भएका छन् भने, अनुशासित टिमको उपाधि (डिएफसी)लाई प्रदान गरिएको छ ।
    यस्तै, खेल अबधिभर सर्वाधिक गोलकर्ता नेर्पाका बिकी राई, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङलाई प्रदान गरिएको छ । विद्यागत उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र टिमले जनही नगद रु पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
    माउण्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा भएको प्रतियोगितामा खोटाङका विभिन्न सातवटा क्लब तथा ओखलढुंगा, सुनसरी र इलाम जिल्लाका खेलाडीको सहभागिता थियो ।
    माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोकनजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थी अनुपको सम्झनामा माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको छ । प्रथम संस्करणमा रु एक लाख ११ हजार १११ र दोस्रो संस्करणमा रु एक लाख ५१ हजार १११ पुरस्कार राशि राखिएको थियो। यसअघिका दुई संस्करण गोल्डकपकोरूपमा सञ्चालन भएको अनुप स्मृति अनुप स्मृति गोल्डकपको तेस्रो संस्करण गत वर्षहरूको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छख । २०७९ पुस २४ गते

  • दुईलाख एकउन्न हजारको लागि नेर्पा र दिक्तेलको भिडन्त

    दुईलाख एकउन्न हजारको लागि नेर्पा र दिक्तेलको भिडन्त

    परिता तामाङ (टेस)
    दिक्तेलमा भइरहेको तेस्रो संस्करणको ‘अनुप स्मृति आमन्त्रित गोडकप’का लागि उपाधिका लागि नेर्पा स्पोर्टस क्लब र दिक्तेल फुटबल क्लब (डिएफसी) बीच भिडन्त हुने भएको छ ।
    गत बिहीबार देखि माटिकोरे खेलमैदानमा सुरु भएको सेमिफाइनलमा खेलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पाले हराएको थियो भने मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई डिएफसीले हराएर दुइ टिम फाइनलमा पुगेका थिए ।
    बिहिबार भएको सेमि फाइनल खेलमा नेर्पाले इलामलाई ६-२ गोलान्तरले र डिएफसीले ओखलढुंगालाई पेनाल्टी सुटआउटमा ५-४ को गोलान्तरले पराजित गरेको थियो । नेर्पाकातर्फबाट साइमन लिम्बू र बिकी राईले दुई/दुई तथा सुदीप श्रेष्ठ र बिजु भुजेलले एक-एक गोल गरे । इलामकोतर्फबाट सञ्जय रम्तेलले दुई गोल गरे ।
    अर्को सेमिफाइनलमा निर्धारित समयमा दुवैतर्फबाट एक-एक गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । डिएफसीका मनिष लिम्बू र ओखलढुंगाका मनकृष्ण राईले गोल गरे । थपिएको समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो ।
    नेर्पा र डिएफसीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेबाट सुरु हुने खेल संयोजक युधीर शाक्यले जानकारी दिए । नेर्पा डिफेन्डिङ च्याम्पियन हो ।
    माउन्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह-आयोजनामा भइरहेको गोल्डकपका विजेताले नगद दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक सागर जोशीले जानकारी दिए । प्रतियोगिताका उपविजेताले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र दिक्तेल भिड्ने
    दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) भिड्ने भएका छन् ।
    माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पा र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई हराउँदै डिएफसी फाइनलमा पुगेका हुन् ।
    नेर्पाले इलामलाई ६-२ तथा डिएफसीले ओखलढुंगालाई पेनाल्टी सुटआउटमा हरायो । नेर्पाकातर्फबाट साइमन लिम्बू र बिकी राईले दुई-दुई तथा सुदीप श्रेष्ठ र बिजु भुजेलले एक-एक गोल गरे । इलामकोतर्फबाट सञ्जय रम्तेलले दुई गोल गरे ।
    अर्को सेमिफाइनलमा निर्धारित समयमा दुवैतर्फबाट एक-एक गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित समयमा डिएफसीका मनिष लिम्बू र ओखलढुंगाका मनकृष्ण राईले गोल गरी खेल बराबरी भएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो ।
    नेर्पा र डिएफसीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेबाट सुरु हुने खेल संयोजक युधीर शाक्यले जानकारी दिए । नेर्पा डिफेन्डिङ च्याम्पियन हो ।
    माउन्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह-आयोजनामा भइरहेको गोल्डकपका विजेताले नगद दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक सागर जोशीले जानकारी दिए । प्रतियोगिताका उपविजेताले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
    खेल सम्पन्न गर्नको लागि बिभिन्न संघसंस्था, नगरपालिका, वडाकार्यालयहरु र ब्यक्तिगत आर्थिक तथा नैतिक सहयोग गरेको थिए । २०७९ पुस २२ गते ।