टेस
दिक्तेल– नेपाली जनताको लागि अहिलेको गठबन्धन फलिफाप नभएको नेपाली काँग्रेसका नेता डा. शुनिल शर्माले बताउनु भएको छ । डा. शर्माले बिहिबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो व्यक्तिगत धारणा राख्नुहुदै उक्त अभिव्यक्ति दिनु भएको हो ।
प्रेस युनियन खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. शर्माले पुष्पकमल दाहाल प्रचन्डले गिरिजा प्रसाद कोइराला, सेरबहादुर देउवालाई ठगेको कारण यो गठबन्धन फलिफाप नभएको तर्क दिनु भएको हो । पत्रकारहरुको प्रश्नको उत्तरमा डा. शर्माले अहिले कोशी प्रदेशमा खड्कीएको पहिचानको समस्याको समाधान गरिनु पने धारणा राख्नु भयो । दुई नम्बर प्रदेशलाई मघेस प्रदेश नामाकरण गर्नु हुने एक नम्बर प्रदेशको नाम कोशी किरात राख्न किन नहुने उहाँको तर्क थियो । यो समस्या समाधान गर्न नेपाली काँग्रेस जिम्मेवार रहेको धारणा समेत डा. शर्माको थियो ।
अर्का नेपाली काँग्रेसका भोजपुर जिल्ला सभापती तथा प्रदेश संस्सद विनोद बान्तावा राईले भने पहिचानको बिषयमा पार्टीको धारणा राख्नु हुदै नेपाली काँग्रेस पूर्णरुपमा पहिचानको पक्षमा रहेको र आफु पनि पहिचानवादी भएको बताउनु भयो । तर कोशी प्रदेशमा भने अंक गणितीय हिसावले पहिचानको नामाकरण गर्नु सम्भावना नरहेको बिचार व्यक्त गर्नुहुदै यो किरात कोशी नामाकरणको लागि एमाले र माओबादीले बैमान गरेको समेत आरोप लगाउनु भयो ।
सोहि कार्याक्रममा खोटाङमा क्रियाशिल पत्रकारहरुलाई काठमान्डौ मेडिकल कलेजमा उपचार गराउदा लाग्ने खर्चको ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । तर उपचार गराउनको लागि प्रेस युनियन खोटाङको सिफारिस लिएर जानु पर्ने बाध्यता रहेको छ । २०८० माघ १८ गते ।
Category: समाचार
-

पहिचानको बारेमा शर्माको ब्यक्तिगत धारणा
-

साकेलाका स्वास्थ्यकर्मीलाई स्मार्टफोन
टेस
साकेला- स्वास्थ्य सेवालाई प्रभावकारी बनाई बनाउनका लागि साकेलाका स्वास्थकर्मीहरुलाई सिमकार्ड सहित स्मार्टफोन प्रदान गरिएको छ । सर्वसाधरणलाई सहज सुविधा पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पोष्पेड सिमकार्ड सहित स्मार्ट फोन उपलब्ध गराईएको हो ।
गाउँपालिका प्रमुख रवि प्रकाश राईको निर्देशन अनुसार एक वटा आधारभूत अस्पताल सहित तीन वटा स्वास्थ्यचैकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई एक समारोहमा सिम र फोनसेट उपलब्ध गराईएको हो । आवश्यक परेको बेला सम्पर्क गर्नको लागि उक्त फोन उपयोगी हुने गाउँपालिका प्रमुख राईले बताउनुभयो । वितरण गरिएको फोन स्वास्थ्य इञ्चार्ज र इञ्चार्ज नभएको अवस्थामा निमित्तको जिम्मेवारी पाएका स्वास्थ्यकर्मीसँग रहने छ ।
गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर रास्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको स्मार्ट फोन हस्तान्तरण गर्नुभएको छ । २०८० माघ १० गते । -

टाेलटोलमै वृद्धभत्ता वितरण गर्न सुरु
टेस
साकेला- खोटाङको साकेला गाउँपालिकाले वडा-वडा पुगेर बैंङ्किङ प्रणाली मार्फत वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिक बापत वृद्ध-वृद्धाले प्राउने भत्ता रकम उक्त गाउँपालिकाले मङ्गलबारदेखि भुक्तानी शिविरको आयोजना गरि वितरण सुरु गरेको हो ।
पालिकामा रहेकाे नेपाल एसबिआई बैंक र साकेला गाउँपालिकाले पालिकाको छ स्थानमा भुक्तानी शिविर सञ्चालन गर्ने याेजना अनुसार वडा नम्बर १ को बाँझेच्यानडाँडाबाट भत्ता वितरण सुरु गरेको हो । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म आएर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरको पहिलो दिन आज मङ्गलबार वडा नम्बर १ बाँझेच्यानडाँडाका ८२ जना लाभग्राहीहरुलाई नौ लाख त्रियत्तर हजार रुपैंया रकम वितरण गरिएको छ ।
भोली बुधबार सोही वडाको डाँडागाउँ, पर्सी बिहीबार २ नम्बर वडा कार्यालय रतन्छा र शुक्रबार ३ नम्बर वडा कार्यालय खिदिमामा शिविर मार्फत भत्ता वितरण गरिने तयारी गाउँपालिकाले गरेको छ । त्यस्तै माघ ७ गते आईतबार ५ नम्बर वडा कार्यालय र ९ गते मङ्गलबार ४ नम्बर वडा कार्यालयमा भत्ता वितरण गरिने बताईएको छ ।
भौगोलिक कठीनाईका कारण जेष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा तथा अशक्त भएका नागरिकहरु नसक्ने भएकाले सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर गाउँमै सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको बताउनुभयो ।
गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ । टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको उहाँको भनाई छ । २०८० माघ ४ गते । -

साकेला अध्यक्षको उदाहरणीय काम
टेस
साकेला- अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल र साकेला गाउँपालिकाबीच सम्झौता भएको छ ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष रवि प्रकाश राई, निमित प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई तथा करुणा फाउण्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे र वरिष्ठ कार्यक्रम अधिकृत गिता त्वानावासु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको कार्यक्रममा तीन पक्षीय लागत साझेदारी रहने छ ।
कार्यक्रममा साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपाल ३३%, ३३% लागत साझेदारी हुने छ भने राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुने छ ।
यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने बताईएको छ । ३ वर्ष अवधिको सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भई २०८३ पुष मसान्तसम्म संचालन हुनेछ ।
यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाईछ । सम्झौता अवधि समाप्त भएपश्चात दीर्घकालीन रूपमा कार्यक्रम यस गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै लगिने उहाँको भनाईछ । यही कार्यक्रमले अपाङ्गता भएका व्याक्तिहरुको निःशुल्क उपचार समेत हुनेछ । यस कार्यक्रमको सञ्चालन भने सम्बन्धित पालिकाहरूले नै गर्ने बताईएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ । राष्ट्रिय जनगणना-२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । 2080 माघ ४ गते । -

खिदिमामा जताततै डष्टबिन
साकेला
साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ खिदिमामा जतातै डष्टबिन राखिएको छ । गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रम मार्फत वडाका विभिन्न २९ वटा स्थानहरुमा डष्टबिन राखिएको हो । गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हरेक वर्ष बजेट बिनियोजन गरि सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।
गाउँपालिकालाई केही वर्षभित्रनै सरसफाईको क्षेत्रमा उत्कृष्ट बनाउने योजना मुताबिक विभिन्न सरसफाईको कार्य गरिँदै आईएको छ । सरसफाई अन्तर्गत पालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, बजारक्षेत्र, पार्क, धार्मिकस्थल, विद्यालय र संघसंस्थाहरुमा फोहोरमैला व्यवस्थापन गर्नका लागि डष्टबिन राखिएको छ ।
पाँच वटा वडा भएको साकेला गाउँपालिकामा फोहोरमैलाको दिगो व्यवस्थापनका लागि वडा नम्बर ३ खिदिमामा सटिङ साईड समेत निर्माणको क्रममा रहेको छ । विभिन्न स्थानहरुबाट निस्किएको फोहोरलाई उक्त स्थानमा पुर्याई कुहिने, नकुहिने, प्लाष्टिक र सिसाजन्य फोहोरहरुको व्यवस्थापन गरिने छ । अन्य वडाहरुमध्ये रतन्छा, मात्तिम र बाँझेच्यानडाँडाका विभिन्न स्थानहरुमा यसअघिनै डष्टबिन राखिसकिएको छ ।
गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने गाउँपालिकाको भावि लक्ष्य छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा सरसफाईको क्षेत्रमा हरेक गतिविधि हुँदै आएको छ । पालिकाले सुरु गरेको फोहोरमैला व्यवस्थापनको कार्यमा स्थानीय नागरिकदेखि जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुको महत्वपूर्ण साथ मिलेको छ । पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पुरा हुन्छ,-अध्यक्ष राईले भन्नुभयो- सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ यसका लागि नागरिकले साथ दिनुपर्छ ।
अहिले हामी हरेक कुराबाट पालिकालाई समृद्ध बनाउने कोशिष गरिरहेका छौं, संघ र प्रदेशको मात्र भर पर्ने हैन आफै आत्मनिर्भर बन्ने प्रयत्नमा लागिरहेका छौं, त्यसका लागि स्थानीय सरकार मात्र हैन नागरिक पनि संवेदनशिल बन्नुपर्छ –अध्यक्ष राईले भन्नुभयो -हरेक विकासका कार्यहरुलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नुपर्छ । अध्यक्ष राईले विकास र परिवर्तनका लागि आफू केन्द्रित नभई समग्र विकासको क्षेत्रमा कार्य गर्नुपर्ने बताउँदै आउनुभएको छ । २०८०/०९/२४ -

आर्थिक लाभ र अनैतिक सम्बन्धले पवित्राको हत्याः दुइ पक्राउ
उजुर राइ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं. १२ जालपाका वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती वर्षीया सिर्जना श्रेष्ठ (राई) काठमान्पडाैबाट पक्राउ परेका छन् । यहि मङ्सिर १९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पुस–३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले पवित्राको हत्या आरोपमा श्रेष्ठ दम्पतीलाई पक्राउ गरिएकाे हाे ।
आफ्ना श्रीमानसग सम्बन्ध बिच्छेद गरेर माइती घर बस्दै आएकी पवित्रा मङ्सिर १९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बस्नुभएको र त्यतिबेलै देखि हराएकि थिइन् । भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि आफन्तले खोजी शुरु गरिएको थिए । बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले मङ्सिर–२३ गते प्रहरीलाई खबर गरेका थिए । पवित्रा १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र मृत फेला पर्नुभएको थियाे ।
पबित्रालाइ शङ्कास्पद आवस्थामा मृत फेला परेपछि आफन्तले प्रहरीमा जाहेरी दिएसँग अनुसन्धान गर्नेक्रममा आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस–११ गते पक्राउ गरेर पुस–१२ गते जिल्ला ल्याइएको जनाइएको प्रहरीले जनाएकाे छ । श्रेष्ठ दम्पतीलाई पक्राउ परेको आठ दिनपछि बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे ।
श्रेष्ठले पवित्राको गत मङ्सिर–१९ गते राति नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिनुभएको छ । “आरोपित दीपकले आर्थिक लाभ तथा अनैतिक सम्बन्धका कारण पवित्राको हत्या गरेको पुष्टि भएको छ । दीपक आफैले पनि घटनाका विषयमा स्वीकार गरिसकेका छन्”, उहाँले भन्नुभयो, “आरोपित श्रेष्ठ दम्पतीबाट सबुत प्रमाणहरु समेत बरामद गरिएको छ । दोषी पत्ता लगाउनमा मृतकका परिवारको ठूलो सहयोग रह्यो । उहाँहरुका कारण बेलैमा दोषी पत्ता लगाएर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ ।”
घटनापछि मङ्सिर–३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठ दम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । मृतक पवित्राले कानमा लगाउनुभएको सुनको रिङ, नाकको सुनकै फुली र पवित्राकाे मोबाइल हत्यामा प्रयाेग भएकाे किला ठाेक्ने मार्ताल प्रहरीले बरामद गरेर पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।
दीपकले पवित्राको हत्यामा प्रयोग गरेको मार्ताल भने परीक्षणका लागि राष्ट्रिय विधि विधान प्रयोगशाला काठमाडौँ पठाइएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । “कसुरदार दीपकले योजनावद्ध तरिकाले पवित्राको हत्या गरेको देखिन्छ । मृतक पवित्राको शव भेटिएकै ठाउँ नजिक रगताम्मे भएको एउटा हम्मर फेला परेको थियो । त्यो हम्मर दीपक आफैले घरबाट लगेर गएको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे हाे ।
कानमा लगाइने रिङ जालपास्थित सहकारीमा ऋण लिनका लागि रु ४० हजारमा धितो राखेको अवस्थामा, फुली दीपकको भाइ डम्बर श्रेष्ठबाट रु चार हजार ५०० मा धितो नै राखेको अवस्थामा र मोबाइल सिर्जनाको बुबा राजबहादुर राई (केपिलासगढी गाउँपालिका–७ सुङ्देल)बाट बरामद गरिएको प्रहरीले जनाएको छ । मृतक पवित्राले प्रयोग गर्दै आउनुभएको सिमकार्ड भने ललितपुरस्थित उनीहरु (श्रेष्ठ दम्पती)को कोठाबाटै बरामद गरिएको प्रनाउ खड्काले पत्रकारसम्मेलनमा जानकारी दिनुभएको छ ।
मुख्य कसुरदार मानिएका दीपक मङ्सिर–१९ गते दिउँसो श्रीमती सिर्जनाको लागि अनलाइन अडर (इन्टरनेटमार्फत मगाउने काम) गरिएको साडी लिन भन्दै घरबाट हिँडेर दिक्तेल आएपछि सिधै मृतक पवित्राको घर पुगेर हत्या गरेको पुष्टि भएको प्रनाउ खड्काले बताउनुभएको छ । “पवित्रासँग पहिलेबाटै अनैतिक सम्बन्ध रहेको दीपकले स्वीकार गरेका छन् । त्यो दिन पनि बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, अनुसन्धान जारी छ”, उहाँले भन्नुभयो, “सिर्जनालाई विवाह गरेर ल्याइसकेपछि पवित्रासँगको अनैतिक सम्बन्ध खुल्ने डरले हत्या गरेको देखिन्छ । सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।”
चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौँ महिनाअघि सम्बन्ध बिच्छेद गरेर माइती घर नाखाम फर्कनुभएको जनाइएको छ । तीन छोरी श्रीमानसँग छाडेर कान्छी छोरीसँगै लिएर माइती घर बस्दै आउनुभएकी पवित्राको शव पत्करले छोपेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिनुभएको छ ।
पवित्राको शव शङ्कास्पद अवस्थामा भेटिएकाले घटनाको विषयमा अनुसन्धान गर्दा श्रेष्ठ दम्पती दोषी देखिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिनुभएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन । बाँस ढुवानीको काम गर्दै आएका आरोपित दीपकले तीन श्रीमती विवाह गरेको स्थानीय बासिन्दाले बताएका छन् । सिर्जनालाई तेस्रो श्रीमतीको रुपमा गत असोजमा मात्रै दीपकले घर भित्र्याएको अनुसन्धाटबाट खुलेको प्रहरीले जनाएको छ । घरमा जेठी श्रीमतीसहित उनीपट्टीको एक छोरी रहेको जनाइएको छ । जेठी श्रीमती घरमा हुँदाहुँदै माइली ल्याएपनि उनी अहिले सम्पर्कमा नरहेको बुझिएको छ । २०८० पुस २० गते -

बैंकिङ कसुर सम्बन्धी जिल्लामा पहिलो पटक मुद्दा दायर
टेस
जिल्ला प्रहरी खोट्टाङले पहिलो पटक बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ गरी मुद्दा चलाएको छ । सो मुद्दाका फरार अवस्थामा रहेका प्रतिवादी सुनिता खड्कालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।
जिल्ला अदालत खोटाङबाट पक्राउ अनुमति जारी गरी फरार रहेका ४१ वर्षीया खड्कालाई प्रहरी वृत सातदोवाटो ललितपुरको समन्वयमा ललितपुर महानगरपालिका–१४ थसिखेलबाट पुस १७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुस १८ गते प्रकाशित प्रेस विज्ञाप्ती मार्फत जनाएको छ।
खड्का उदयपुरको चुहाडे गाविस–४ मा जन्मिएका खड्का हाल दोलखा फस्कु गाविस–६ स्थायी वतन भई काठमाण्डौ महानगरपालिका–३१ का वासिन्दा हुन्।
विभिन्न प्रलोभन देखाई विभिन्न मितिमा निर्मला भुजेलबाट ३५ लाख २५ हजार लगेकोमा सोही रकम बराबरको बैंक अफ काठमाण्डुको चेक काटीदिई साट्न जाँदा निज खड्काको खातामा मौज्दात नभएको भनि जिल्ला प्रहरी कार्यालयमा भुजेलले जाहेरीको जाहेरी आधारमा खड्कालाई पक्राउ गरिएको हो।
जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी खड्कालाई अनुसन्धान गरीरहेको छ। बैंकिङ कसुर मुद्दामा प्रहरीले प्रतिवादी पक्राउ गरेको यो पहिलो हो। यस अघिसम्म यही प्रकृतिको मुद्दा हेर्ने अधिकार जिल्ला अदालत खोटाङलाई नहुँदा विराटनगर उच्च अदालत पठाउने गरिएको थियो। २०८० पुस १९ गते -

‘नेर्पा भुलभुले अन्तरवडास्तरीय फुटबल प्रतियोगिता’ पुस–२२ गते देखि
टेस
फुटबल खेलमा जिल्लालाई महत्वपूर्ण योगदान दिदै आएको नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले यही पुस–२२ गतेबाट नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन गर्ने भएको छ । क्लबले मङ्गलबार दिक्तेलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी दिएको थियो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको संसारीडाँडास्थित क्लबको आफ्नै खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद रु एक लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा दोश्रो हुने टिमले नगद रु ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताका सेमीफाइनलिस्ट दुईवटा टिम (टोली)ले नगद रु २५÷२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका विद्यागत पुरस्कार अन्तरगत सर्व उत्कृष्ट खेलाडीले नगद रु पाँच हजार, बेस्ट कोच (उत्कृष्ट प्रशिक्षक)ले नगद रु दुई हजार ५००, सर्वाधिक गोलकर्ताले नगद रु चार हजार, बेस्ट डिफेन्डरले नगद रु दुई हजार ५००, बेस्ट स्ट्राईकरले नगद रु दुई हजार ५००, बेस्ट मिडफिल्डरले नगद रु दुई हजार ५००, उदयमान खेलाडीले नगद रु दुई हजार ५०० र उत्कृष्ट गोल रक्षकले नगद रु दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा टिमलाई सहभागी गराइने क्लबका अध्यक्ष शरद राईले जानकारी दिनुभयो । “खेल फिफाको नियमअनुसार सञ्चालन गरिन्छ । प्रतियोगितामा नौँजना मात्र खेलाइने, “एउटा टिममा कम्तिमा पनि छजना खेलाडी आफ्नै वडाको हुनुपर्ने । तीनजना बाहिरका खेलाडीसमेत सहभागी गराउन पाउने अद्यक्ष राईले जानकारी दिनुभयो छ ।
प्रतियोगितामा सहभागी हुने टिमले पुस–१६ गतेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने निर्णय गरिएको प्रतियोगितामा पहिले आउने टिललाई सहभागिताका लागि प्राथमिकता दिइने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ५ हजार ५०० निर्धारण गरिएको अन्तरवडास्तरीय फुटबल प्रतियोगिता चन्दा सङ्कलन र दाताको सहयोगमा सञ्चालन गर्ने आयोजकको तयारी छ । पुस–२८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र समापन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकुमार राई पासाङले गर्नुहुने आयोजकले जनाएको छ ।
खेलमा सहभागी भएर बहिस्कार गरेको खण्डमा रु २० हजार जरिवाना गरिने प्रतियोगितामा दाबीबिरोध गर्न परेमा रु दश हजार धरौटी राख्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रत्येक प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने तयारी गरिएको प्रतियोगितामा समूह चरणको खेलमा रु एक हजार र सेमिफाइनलका खेलहरुलाई २ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिता समापन कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा रहेर नेर्पा र देशका लागि योगदान पु¥याउनुहुने नेर्पाका सातजनालाई सम्मान गरिने आयोजकले जनाएको छ । विद्यावारिधि प्राप्त गर्नुहुने डाक्टर धनप्रसाद सुवेदी र डाक्टर रमेश रिजाल, नेपाल सरकारका सहसचिव उद्धव रिजाल, अधिकृतहरु दीलकुमार खड्का, सीताराम राई र रामकुमार आचार्य तथा एकजना अग्रज खेलाडीलाई सम्मान गर्ने तयारी गरिएको छ ।
यो क्लब.सं. २०७६ सालमा स्थापना गरिएको नेर्पा स्पोर्टस क्लबले वि.सं. २०७७ सालमा पहिलो संस्करण सञ्चालन गरेको थियो । २०८० पुस ५ गते ।
-

दिक्तेलमा पहिचानवादी नेताहरु पक्राउ
टेस
आठजना पहिचानवादी नेताहरु दिक्तेलको किरातचोकबाट आइतबार पक्राउ परेका छन् ।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मंसिर ३० र ३१ गते प्रदेशभर यातायात बन्द घोषणा अन्तर्गत दिक्तेलको रत्नपार्कमा आईतबार बिहान यातायात बन्द गराउने क्रममा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङ संयोजक युगसन किरात, निर्मल राई, लक्ष्मी राई, संगीता किरात, मेलिना राई, सोनामहाङ राई, सुनिल राई, उपार्जुन चाम्लिङ राईलाई पक्राउ गरिएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बतए।
पहिचानवादी नेताहरुले दिप्रुङबाट दिक्तेल हुँदै काठमाण्डौ जाने गाडीको पहिचानवादी नेताहरुले रत्नपार्कमा चाँबी खोसेपछि र प्रहरीसँग सामान्य भनाभन भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पहिचानबादी नेताहरुलाई जर्वजस्ती धकेलेर गाडीमा हालेको र गाडीभित्र बसेका महिला प्रहरीले पहिचानवादीको झण्डालाई फालिदिएका छन् ।
एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म गरिएको अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती र संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरुलाई सरकारले नछाडेपछि प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले शनिबार र आईतबार प्रदेशभरी यातायात बन्द घोषणा गरेको थियो। २०८० पुस १ गते । -

प्रहरीद्वरा पूर्वमन्त्रीसहित पाँचजना पहिचानवादी नेता पक्राउ
टेस
एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्नक्रममा पूर्व संस्कृति मन्त्री गोपाल किराती सहित पाँच पहिचानवादी नेता तथा कार्यकर्ता पक्राउ गरेकाे छ । प्रहरीले पहिचावादी नेता राजेश राई, गन्धमान राई, विजय राईलाइ हलेसीबाट नियन्त्रणमा लिएका छन भने नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई नुनथलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले एमालेको संकल्प यात्रालाई अवरोध गर्न मंगलबारबाट उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द घोषणा समेत गरेको छ।
बन्दका कारण मङ्गलबार बिहानै देखि खोटाङबाट छुट्ने लामो दुरीका यातायातका साधन ठप्प बनाइकाेछ । बन्दकर्ताहरुले ठाउँ–ठाउँमा टायर बालेर सडक अबरुद्द गरेका थिए। दिक्तेल घुर्मी सडक खण्डकाे नुनथला, नाँगी, कदुवा र छापडाँडामा रुख ढालेर सडक अवरोध गरेका थिए । तर अबराेध रुखलाई प्रहरीले जेसिभीको सहायताले पन्छाएर दिक्तेलबाट एमाले नेताहरु चढेको गाडीहरु प्रहरीकाे स्कटिङमा हर्कपुर पुगेको थियाे।
‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा अभियानकाक्रममा नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मङ्लबार ओखलढुंगाको हर्कपुर आउने भएपछि पहिचानबादीहरुले अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् । हर्कपुरको सभालाई सम्बोधन गरेर ओली खोटाङ आएर एक रात बसेर भोजपुर जानुहुने कार्यक्रम छ। २०८० मङ्सिर २६ गते । -

लालुपाते सहकारीको साढे चार करोड ठगी प्रकरणमा क्याप्टेन जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान
खोटाङको सदरमुकाम दिक्तेलमा रहेको लालुपाते बहुउद्देश्यीय सहकारीको बचत ठगी गरेको अभियोगमा सौर्य एयरलाइन्सका क्याप्टेन (पाईलट)सुनील जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
खोटाङ जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु गिरीको एकल इजलासले सहकारीका तत्कालीन अध्यक्ष (मृतक) अनिल जोशीका सहोदर भाइ क्याप्टेन सुनील, सुनीलकी श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनीहरू बिहीबार कारागार चलान भएका हुन् ।
तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ । सुनील र सुनीलकी श्रीमती रविना गत १३ असोजमा काठमाडौंस्थित आफ्नै घरैबाट पक्राउ परेका थिए ।
उनीहरूमध्ये सुनीलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्ना नाममा पास गरेको तथा रविनाले दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ । प्रबन्धक रुकु सञ्चालक समितिको जाहेरीका आधारमा १७ असोजमा काठमाडौंबाट पक्राउ परेकी थिइन् ।
तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको, तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले १५ कात्तिकमा चितवनबाट पक्राउ गरेको थियो ।
सहकारीका लेखा समिति संयोजक प्रीतम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य १०–१० लाख तथा उपाध्यक्ष अर्जुन चौलागाईं र सचिव मनोज राई पाँच–पाँच लाख धरौटीमा रिहा भएका छन् । लेखापाल सुमना राईलाई अदालतबाट दश लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएको प्रहरीले जनाएको छ ।
बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीको सञ्चालक समितिका उपाध्यक्ष चौलागाईं, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले १२ कात्तिकमा पक्राउ गरेको थियो ।
बचतकर्ताको रकम ठगी प्रकरणमा सञ्चालक समितिका पदाधिकारी, ऋणी र तत्कालीन अध्यक्ष जोशीका परिवारका सदस्य गरी ३५ जना प्रतिवादी रहेको स्रेस्तेदार सीताराम खड्काले जानकारी दिए ।
बचतकर्ता पदमकुमारी सैंजूसमेत दुई सय ६५ जनाको जाहेरीमा सरकारी वकिलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अभियोगपत्र अदालतमा दर्ता गरिएको थियो । खड्काका अनुसार प्रतिवादीमध्ये २६ जना फरार सूचीमा छन् । -

ओलीलाई व्यंग्य : रेल पोखरा आइसक्यो कि डिमुवामा माछा चिउरा खाँदैछ ?
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेता कार्यकर्ता लिएर लावालस्कर सहित मध्येपहाडी लोकमार्गको संकल्प यात्रामा छन् । उनी बिहीवार बागलुङबाट कुश्मा हुँदै पोखरा आइपुगेर बास बसेका छन् । शुक्रवार विहानैदेखि उनको जनभेटघाट र यात्रा छ । ओलीले बिहीवार साँझ हेमजामा सम्बोधन गरे । त्यहाँबाट मध्येपहाडी छोडेर उनी पोखरातिर लागेका हुन् ।
पश्चिमदेखि पूर्वसम्म पूरै मध्येपहाडीको यात्रा गर्ने भनिएपनि कास्कीको एउटा खण्डमा ट्रयाक खुलेको छैन । त्यसैले उनी सीधै लमजुङ पुगेर मध्येपहाडी भेट्छन् । ओली पोखराबाट लेखनाथ, शिशुवा हुँदै लमजुङ निस्किने कार्यक्रम छ । यहाँका प्रभाव क्षेत्रका नागरिकहरुसँग सम्वाद गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । खासगरी याम्दीदेखि भैंसेसम्मको ट्रयाकमा टेण्डर भैसकेर पनि काम अघि बढ्न सकेको छैन ।
अहिले पोखरामा बास बसेका ओलीलाई आलोचकहरुले ६ वर्षअघि गरेको भाषणका आधारमा व्यंग्य गर्न थालेका छन् । उनले अघिल्लो आम निर्वाचनका समयमा रेलमार्गको बारेमा आफ्ना वक्तव्य राखेका थिए, पोखराको भेलामा ।
काठमाडौंबाट आउने रेल पोखराबाट कुश्मा हुँदै आसपासका जिल्ला पुग्ने र कुश्मामा रेलको स्टेशन राखिने बताएका थिए । सोही भाषणलाई लिएर अहिले व्यंग्यात्मक तस्वीरहरु सहित उनको आलोचना भैरहेको छ । ‘कोरलादेखि जोमसोम, कुश्मा स्टेसनबाट पोखरा झरिसकेको हो कि डिमुवामा माछा चिउरा खाँदैछ रेलले ?’ कांग्रेस नेता प्रकाश मोहन खनालको व्यंग्य छ । ओलीकै भाषणका आधारमा गण्डकीको संस्थापक सरकारले पहिलो ५ वर्षमा ८० किलोमिटर रेलमार्ग निर्माण गर्ने पञ्चवर्षीय योजनामा समेटेको थियो । तर उक्त योजना ‘फुस्सा’ भइसकेको छ ।
त्रकार कमल पौडेल अथकले तस्विर सहितको व्यंग्य फेसबुकमा पोष्ट गरेका छन्, ‘रेल आज पोखरामा आइपुगेको छ ।’ उनले केपी ओलीले डोकोमा रेल बोकेको व्यांग्यात्मक चित्र पनि पोष्ट गरेका छन् ।राष्ट्रिय संगीतकर्मी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद गौतमले सडक निर्माण समेत हुन नसकेको अवस्थामा रेलको सपना देखाउनु हाँस्यास्पद भएको तर्क गरे ।
‘एउटा मुल बाटो बन्न सकेको छैन, रेल । अबको ५०÷६० वर्ष पछि आएछ भने नि केपीले नै ल्याएका हुन् भने मात्रै हो । नत्र त सम्झने मात्रै हो,’ उनले भने ।अहिले पर्वत र हेमजाको सभामा ओलीले रेलका कुरा उठाएनन् । उनले मध्येपहाडी लोकमार्ग आफ्नै सरकारले तीव्र निर्माण गरेको दावी गरे । देशैभरी विकास निर्माण गरेको दावी गरे ।
ओलीले भने, ‘हाम्रो पालामा धेरै विकास भएका छन् । तपाईं उभिएकै ठाउँमा बसेर हेर्दा देखिनेजति विकास एमालेले गरेको हो ।’ तर मध्येपहाडी लोकमार्गमा देखिएका समस्याहरुबारे भने उनले कुनै सम्बोधन गरेका छैनन् । साभार: रातोपाटी